मंसिर २८, काठमाडौं । जिल्लाको रेसुंगा नगरपालिका–३ बेहोरेस्थित पृथ्वी प्राथिमक विद्यालयमा सबै ५ जना शिक्षक र एक जना कार्यालय सहयोगी महिला छन् ।
त्यहाँ ३ जना स्थायी दरबन्दी, एक जना बालविकास शिक्षक र एक जना शिक्षक र कार्यालय सहयोगी निजी स्रोतका छन् । यो विद्यालय २०४५ सालमा स्थापित भएको हो । विद्यालयमा दुई वर्षदेखि विष्णुमाया पोखरेल प्रधानाध्यापक छिन् ।
विद्यालय व्यवस्थापन समितिले हरेक कुरामा सहयोग गरेकाले सजिलो भएको प्रधानाध्यापक पोखरेलले बताइन् ।
विद्यालयलाई सुधार्न हरेक कुरामा छलफल गरेरै आगाडि बढ्दै आएको पोखरेलले बताइन । ‘सबैले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुहुन्छ’, उनले भनिन्।