चैत २७, काठमाडौं । उमा पौडेलको नयाँ पुस्तक ‘घुम्टी’ विमोचन भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिब एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टीम लिडर सीता घिमिरे, लेखक तथा पत्रकार होम कार्की लगायतले पुस्तकको विमोचन गरेका हुन् ।
‘घुम्टी’ पुस्तकमा श्रीमान्लाई कुरेर जीवन बिताएका श्रीमती र परिवारको दुःख समेटिएको छ । रोजगारीका शिलशिलामा विदेशिएका युवाहरू र उनीहरूको पखाईमा बस्ने परिवारको भावना समेटिएको वास्तविक कथा हो।
सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्ने क्रममा भेटिएका पात्र र उनीहरूका कथा लेखक पौडेललाई सुनेर चित्त नबुझेकाले पुस्तकका रूपमा सबै सामु ल्याएको बताइन् ।
पुरुषहरूलाई धन कमाउन विदेश पठाएका महिलाहरूले नेपालमा एक्लै संघर्ष गर्नुपर्दाका दुःख, अझ परिवारका भरोसा मानेका पुरुषलाई उतै गुमाउनुपर्दाको पीडाले विक्षिप्त महिला र उनीहरूको जीवन रक्षाको लागि सबै पक्षले काम गर्नुपर्ने लेखक पौडेलको भनाइ छ ।
लेखक पौडेलको यो पहिलो कृति हो ।