Advertisement
Advertisement
Advertisement
Advertisement

इमान्दार महिला कन्डक्टर सम्मानित

  |      22:33:00   |  
सम्मानित महिला कन्डक्टर
सम्मानित महिला कन्डक्टर

काठमाडौं। एक वर्ष हुन लाग्यो सविना घिमिरेले महानगर यातायातमा कन्डक्टरको काम गर्न थालेको । सिन्धुपाल्चोककी २८ वर्षीय घिमिरेमाथि तीनजनाको परिवार चलाउने जिम्मेवारी छ । उनी कपनबाट वनस्थली महानगरको कार्यालयमा एकाबिहानै पुगेर काममा खट्छिन् । कहिले बिहानको सिफ्ट पर्छ कहिले बेलुकाको । बिहानको सिफ्ट ५ देखि १२ र बेलुकाको दिउँसो १२ देखि राति ८ बजेसम्म महानगर यातायातको कन्डक्टरको रूपमा काम गर्छिन् ।
 

५ वर्षीय छोरा एलकेजीमा पढ्दै छ । उनलाई पनि समय दिने गर्छिन् । घरका काम पनि श्रीमान–श्रीमती दुवै मिलेर गर्ने हुँदा राम्ररी काम गर्न पाएकी छिन् । यस्तै मिल्दोजुल्दो दिनचर्या छ १९ वर्षीय सीता स्याङतानको पनि । ७ कक्षा पढ्दापढ्दै कारणवश पढाइ छोड्नुपर्‍यो । मकवानपुरकी स्याङतानले त्यसपछि गैर सरकारी संस्थामार्फत सिलाई कटाइको तालीम लिइन् । तर माईती नेपालबाट महानगर यातायातमा कन्डक्टरको खाँचो रहेको थाहा पाएपछि फारम भरीन्, छनोट भइन् । अहिले उनी साथीहरूसँग वनस्थलीमै बस्छिन् ।

 

घिमीरे र स्याङतान जस्ता महानगर यातायातमा कार्यरत ९ महिला कन्डक्टरलाई आज माईती नेपालले सम्मान गरेको छ । सम्मानित हुनेमा घिमिरे र स्याङतानका साथै उमा विश्वकर्मा, रेणुका अधिकारी, गोपीनी नेपाली, चेतकुमारी बस्नेत, कमला पौडेल, भीमा घिमिरे र रूबीना राई छन् । कार्यस्थलमा उत्कृष्ट प्रदर्शन गरेकोले उनीहरूलाई सम्मान गरिएको जनाइएको छ ।

 

‘कन्डक्टरको कामलाई त्यत्तिकै पनि सम्मानित पेशा मानिदैँन,’ चेतकुमारी बस्नेतले भनिन्, ‘यो पेशा अँगालेका कारण पहिलोचोटि सम्मान पाएकि हुँ । यो पेशाप्रतिको सम्मान पनि हो ।’ पहिले काम गर्दा गाडिमा लाज र डर लाग्ने भएपनि अहिले आँट आउने उनी बताउँछिन् ।

 

सिन्धुपाल्चोक घर भएकि २२ वर्षीय बस्नेतले काम गर्न थालेको एक वर्ष भयो । एसएलसि सम्म पढेकि उनको जुन गाडीमा आफूले कन्डक्टरको काम गर्ने गाडीको ड्राइभर बन्ने इच्छा छ । घरपरिवारबाट पनि साथ सहयोग पाएकी उनलाई अब कार्यरत कम्पनीले नै ड्राइभिङ सिकाउने भनेपछि उनी उत्साहित छिन् ।
 

स्याङतान पनि परिवारले हौसला बढाएकोले आफू यस क्षेत्रमा लागेको बताउँछिन् । ‘पहिले मान्छेहरू हेरिराख्थे, अनि नराम्रो लाग्थ्यो,’ घिमिरेले भनिन्, ‘अहिले यात्रुहरूमा पनि महिला कन्डक्टर इमान्दार हुन्छन्, छाडा शब्द बोल्दैनन् भन्ने परेको छ । त्यसैले पहिलेभन्दा राम्रो कार्यवातावरण बन्दै गएको छ ।’शिल्पा कर्णको कान्तिपुरमा प्रकाशित लेख  ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement