Advertisement
Advertisement
Advertisement
Advertisement

आनन्द

  |      14:30:00   |  
आनन्द


    कतै एउटा नयाँ मन्दिरको निर्माण हुँदै थियो । सयौं श्रमिक कार्यरत थिए । ठूला–ठूला ढुङ्गा फोरिंंँदै थिए । मूर्तिहरू बनाइँदै थिए । एउटा व्यक्ति घुम्दै–फिर्दै त्यहाँ आइपुग्यो । उसले ढुङ्गा फोर्दै गरेको एउटा श्रमिकलाई सोध्यो–‘हे मित्र के हुँदैछ यहाँ, के गरेको तिमीले ?’     
    त्यो मजदुरले आगन्तुकलाई हेर्दै भन्यो–‘अन्धो हौ कि क्या हो ? देख्दैनौ, ढुङ्गा फोर्दैछु ।’ यति भनेर त्यो श्रमिक आफ्नो काममा लाग्यो । काम यसरी गर्दै थियो मानौं कसैसँग बदला लिँदै थियो, ढुङ्गालाई यसरी हान्दै थियो मानौं कुनै शत्रुप्रति क्रोध उतार्दै थियो । 
    त्यो व्यक्ति अगाडि बढ्यो र अर्को ढुङ्गा फोर्दै गरेको श्रमिकलाई सोध्यो, ‘मेरो मित्र, के गरेको ?’ त्यो श्रमिकले आफ्नो उदास आँखा माथि उठायो र आगन्तुकलाई भन्यो–‘बालबच्चाका लागि रोजीरोटी कमाउँदै छु । जीविकोपार्जनको उपाय गर्दैछु यति भनेर फेरि उदासीपूर्ण ढंगबाट ढुङ्गा फोर्न थाल्यो । यो श्रमिकको जिन्दगीमा कुनै रस छैन, आनन्द छैन, कुनै गीत छैन, जिन्दगीमा उसको सौन्दर्य देखिँदैन, कुनै संगीत छैन, कुनै सुख छैन, उसको जीवन त केवल बोझ हो, जसलाई बोक्नुपरेको छ । बोक्दै जानुपरेको छ । अन्ततोगत्वा समाप्त हुनुपरेको छ । उसको ढुङ्गा फोराइबाट यस्तो लाग्थ्यो कि ऊ विवशतामा, मजबुरीमा जीवनको बोझ बोक्दैछ । 
त्यो व्यक्ति त्यहाँबाट पनि अगाडि बढ्छ र तेस्रो श्रमिकलाई सोध्छ जुन श्रमिक पनि ढुङ्गा नै फोर्दै थियो तर गीत पनि गाउँदै थियो । उसको आँखामा एउटा चमक थियो । एउटा खुसी थियो । उसको प्राणबाट सुगन्ध प्रवाहित भैरहेको आभास हुन्थ्यो । उसको कृत्य नृत्यझैं लाग्थ्यो । यो श्रमिकलाई पनि आगन्तुकले सोध्यो–‘मेरो साथी, के गर्दैछौ ?’ उसले आफ्नो प्रसन्न अनुहारलाई माथि उठायो र शब्दबाट फूल बर्साउँदै भन्यो–‘हे आगन्तुक, म परमात्माको मन्दिर बनाउँदैछु ।’ 
    यस कथाका पात्र ती तीनैजना श्रमिक सबै एउटै काम गर्दै थिए तर तिनीहरूको कामप्रतिको दृष्टिकोण अलग–अलग थियो । पहिलो श्रमिक क्रोध, दु:ख र पीडामा थियो । दोस्रो उदासी, बोझ र अर्थहीनतामा थियो भने तेस्रो आनन्दमग्नता र समर्पणमा थियो । एउटा ढुङ्गा फोर्दै थियो, एउटा जीविकोपार्जन गर्दै थियो, एउटा प्रभुको मन्दिर बनाउँदै थियो । ढुङ्गा फोर्ने काम आनन्दपूर्ण कसरी हुनसक्छ ? जीविकोपार्जनको कृत्यमा, नृत्य कसरी हुनसक्छ ? संगीतपूर्ण कसरी हुनसक्छ ? तर परमात्माको मन्दिर बनाउने काम निश्चय पनि आनन्दपूर्ण हुनसक्छ । 
    यो कहानीबाट आजको चर्चा सुरु गर्दैछु । जीवनको मन्दिरमा पनि तीनै किसिमका मानिस कार्यरत छन् । जीवनको मन्दिर निर्माणमा पनि तीनै किसिमका श्रमिक लागेका हुन्छन् । हामी यस्तो खालका श्रमिक हौंं यसको मूल्याङ्कन हुनु जरुरी छ । हामी ढुङ्गा फोर्दैछौं कि, जीविकोपार्जन गर्दैछौं कि ? प्रभुको मन्दिर बनाउँदैछौ ? स्वाध्याय गर्नु जरुरी छ । हामी जीवनलाई जसरी हेर्न सुरु गर्छौं जीवन त्यस्तै बन्दै जान्छ । यद्यपि भावना र जीवन आफैंमा खाली स्लेटजस्तै हो । यसमा हामी जे लेख्न सुरु गर्छौं त्यही लेखिन्छ । जीवन कोरा वा खाली कागजजस्तै हो । यसमा हामी जे लेख्छौं त्यही हाम्रो कथा बन्छ । 
जीवनलाई लिएर हामी जन्मिएका हुँदैनौं । जीवनलाई त दिनदिनै निर्माण गर्नुपर्छ । जीवनरूपी लामो यात्राको पात्र निर्देशक, निर्माता हामी स्वयं हौं । यति हुँदाहुँदै पनि आज सारा दुनियाँ दु:खको सागरमा डुबेको छ । मानिसको अन्तर्मनमा अन्धकार छाएको छ । जताततै अर्थहीनताको आभास हुन्छ । सारा दुनियाँमा मानिसको ह्दयबाट गीत हराएको छ । मस्ती र पुलक हराएको छ । आनन्द हराएको छ । किन हरायो ? कहँँ हरायो ? के भो दुनियाँलाई? 
    हजारौं वर्षको तथाकथित शिक्षाले मानिसलाई दु:खी हुन सिकायो । मानिसको विधायक दृष्टि खोसिदियो । आजसम्म पृथ्वीमा जीवनको आनन्दलाई स्वीकार गर्नेवाला शिक्षा अवतरण हुन सकेन । जीवनलाई विरोध गर्नेवाला, जीवनलाई निषेध गर्नेवाला, नकारात्मक दृष्टिकोण दिनेवाला, पलायनवादी दृष्टिकोण दिनेवाला शिक्षा मात्र पृथ्वीमा रह्यो । पृथ्वीको जीवनलाई नै मोक्षमा रूपान्तर गर्ने खालको, जे उपलब्ध छ त्यसलाई नै आनन्दमा परिवर्तित गर्ने खालको शिक्षा अहिलेसम्म पनि उत्पन्न हुन सकेन । त्यसकारण मनुष्यको यो दुर्दशा भएको हो । 
    हजारौं वर्षदेखि एउटै कुरा मानिसको मनमा लागिसकेको छ–जीवन व्यर्थ छ, जीवन माया हो, दु:खदायी छ, जीवन पाप हो । पापी मात्र जन्म–मरणको चक्रमा पर्छ । पुण्यात्मा भए त मुक्त भैहाल्थ्यो नि । 
    हरेक धर्मले एउटै कुरा सिकाउँछ कि आवागमनको चक्रबाट मुक्त हुनु छ, जीवन जंजीर हो, बन्धन हो । यस जीवनबाट मुक्ति पाउनु छ आदि–आदि । यस किसिमको शिक्षाले समाजलाई यति निष्क्रिय पारिदियो कि सम्पूर्ण मनुष्यको अन्तरात्माबाट आनन्द, उत्सवलाई खोसिदियो । यो जीवन वास्तवमा दु:खपूर्ण भएर हामी दु:खी भएका होइनौं, जीवनलाई आनन्दपूर्ण बनाउने क्षमता र पात्रता उपलब्ध नभएर जीवन दु:खपूर्ण बनेको हो । हामीले दु:ख दृष्टिबाट जीवनलाई हेर्ने प्रयास गरेको हुनाले जीवन दु:खपूर्ण बनेको हो । एउटा अन्धो मानिस प्रचण्ड सूर्य प्रकाशमा उभिएर पनि औंंसीको झैं अँध्यारो छ वातावरण भन्छ भने त्यसमा सूर्यको कुनै दोष हुँदैन र उक्त अन्धो व्यक्ति पनि दोषी हुँदैन किनकि ऊसँग दृष्टि क्षमता छैन । 
    जीवन आनन्दलाई नदेख्ने हामी आफैं दोषी छौं । हामी अन्धा होइनौं । आँखा त भएको तर चिम्लिएर बसेको स्थिति हो–हाम्रो । अन्धो भएका भए पनि क्षम्य हुन्थ्यौं । आँखा भएर पनि बन्द गरेर आफंैले एउटा धु्रवचक्र उत्पन्न गरेका छौं । जीवन हाम्रो दु:खपूर्ण किन छ भने, जीवनको आनन्दलाई देख्ने, हेर्नेवाला नै हामीलाई अवगत छैन । 
    मैले सुनेको थिएँ, एउटा घरमा धेरै पुरानो वीणा थियो । यो वीणा त्यस घरमा घाँडो अवस्थामा उपेक्षित थियो । कहिले बच्चाले चलाउँथे । कहिले चराचुरुङ्गी, मुसा आदिले बेसुरको चर्को लयको आवाज निकाल्थे । कहिले वीणा खस्थ्यो र त्यसको झन्कारले घरमा डिस्टर्व हुन्थ्यो । एकदिन सबै जना मिलेर निर्णय गरे कि यो उपद्रको जड वीणालाई फ्याकिदिऊँ । अनि लगेर फोहोर फाल्ने ठाउँमा फ्यँँकिदिए । 
    संयोगवश एउटा कुशल वीणा वादक त्यहींँबाट गुजं्रदै थियो । स्वस्थ वीणालाई देखेर अचम्मित भयो र त्यसलाई श्रद्धापूर्वक उठायो अनि उसका कुशल औंलाहरू वीणाको तारमा सल्बलाउन थाले । अद्भुत स्वर लहरी गुञ्जन थाल्यो । त्यस घरका मानिस बाहिर आएर हेर्न थाले र वीणावादकसँग भने–‘हामीलाई थाहा थिएन हजुर यो वीणामा यति गहिरो संगीत लुकेको छ भनेर हामीलाई क्षमा गर्नुहोस् । हामीले यसलाई सारा उपद्रवको कारण मानेर बाहिर फ्याँकेका थियौं । तपार्इंले त हाम्रो आँखा खोलिदिनुभयो ।’ वीणावादक भन्छन्–‘यो वीणामा केही लुकेको छैन । जस्तो औंला लिएर मानिस वीणा भएको ठाउँमा जान्छ त्यही नै वीणामा प्रकट हुन्छ ।’
    साधकवृन्द, यो जीवनरूपी वीणामा पनि केही लुकेको छैन । हामीजस्तो औंला लिएर अर्थात् दृष्टि लिएर जीवन निकट जान्छौंं त्यही नै जीवनबाट प्रकट हुन थाल्छ । तर हाम्रो दुर्भाग्य, जीवन वीणाबाट आनन्दको संगीत निकाल्न सक्दैनौं अनि दोष वीणालाई दिन्छौं । दोष दिएर वीणाबाट संगीत निस्कने होइन । बरु औंलालाई कुशल बनाउनतिर लागौं । आफ्नै औंला छन् अकुशल तर दोष वीणालाई दिन्छँैं । साथै अर्को कुरा जीवन वीणाको तार कहिले विलासितामा खुकुलो पारेर संगीत निकाल्ने प्रयास गर्छाैं र कहिले बेसरी कसेर अर्थात् अनावश्यक तप र शारीरिक कष्टको माध्यमबाट आनन्दको खोजी गर्छाैं । दुवै अतिबाट संगीत पैदा हुँदैन । जीवन वीणाको तारलाई साम्रोसँग कसे मात्र आनन्दको संगीत हाम्रो जीवनमा, समाज, राष्ट्र एवं अन्तर्राष्ट्रिय स्तरमा गुञ्जन सक्छ। 

प्रा. विनोद शर्मा (स्वामी आनन्द विनोद) 
संरक्षक–विश्व जागरण अभियान 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement