कार्तिक १६, काठमाडौं । सुनको भाउमा भइरहेको गिरावटबाट उकालो लागेको छ। आज सुनको भाउ प्रतितोलामा ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १५ हजार १५० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
यो दिन चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो।