कार्तिक १३, काठमाडौं । आज सोमबार सुनको भाउमा गिरावट आएको छ । आज सुन प्रतितोला ५०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतिातोला १ लाख १६ हजार ५ सय र तेजाबी सनको मूल्य प्रतितोला १ लाख १५ हजार ९५० रुपयाँमा कारोबार भएको छ ।
हिजो सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदी प्रतितोला १ हजार ४ सय दश रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी १० रुपैयाँले घटेको छ । हिजोको दिन चाँदी प्रतितोला १४१५ रुपैयाँमा कारोबार भएको थियो ।