Advertisement
Advertisement
Advertisement
Advertisement

अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा पहिलो पटक ५१ वर्षीया अश्वेत महिला नियुक्त

  |      11:34:00   |  
Web Image
Web Image

चैत २६, काठमाडौं ।  इतिहासमै पहिलो पटक अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश पदमा अश्वेत महिला नियुक्त भएकी छन् । राष्ट्रपति बाइडेनले सिफारिस गरेकी ५१ वर्षीया केतान्जी ब्राउन ज्याक्सनलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि अमेरिकाको माथिल्लो सदनले अनुमोदन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था द गार्जियनले जनाएको छ । 

अमेरिकी सर्वोच्च अदालतका ८३ वर्षीय न्यायाधीश स्टेफेन ब्रेयरको कार्यकाल सकिएसँगै उनको स्थानमा ज्याक्सन आएकी हुन् । न्यायाधीशको रुपमा ज्याक्सन नियुक्त भइसकेपछि राष्ट्रपति बाइडेनले ट्विटरमार्फत उनीसँगको एक सेल्फी पोस्ट गर्दै ज्याक्सनको मनोनयन ऐतिहासिक भएको बताएका छन्।

जम्मा १ सय सदस्य रहेको अमेरिकाको माथिल्लो सदनमा ज्याक्सनको पक्षमा ५३ मत खसेको थियो भने उनको विपक्षीको पक्षमा ४७ मत खसेको थियो । प्रमुख प्रतिपक्षी पार्टी रिपब्लिकनका तर्फबाट सिनेटर मिट रोम्ने‚ लिसा मुर्कोस्की र सुसान कोलिन्सले समेत ज्याक्सनको पक्षमा मतदान गरेपछि उनी सर्वोच्च अदालतको न्यायाधीश बनेकी हुन् ।

नवनियुक्त न्यायाधीश ज्याक्सन यसअघि डीसी सर्किट अदालतकी न्यायाधीशको रुपमा कार्यरत थिइन् । उनी सर्वोच्च अदालतकी ११६औं न्यायाधीशसमेत बनेकी छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement