मंसिर १९, काठमाडौं । इटहरी निःसहाय बाल बालिका सेवा आश्रमकी संरक्षिका गीता गौतमलाई भारतको नयाँ दिल्लीमा नोम्वेर २६ मंसिर १० गते अन्तराष्ट्रिय नेल्सन मन्डेला मानव अधिकार अवार्ड प्रदान गरिएको छ ।
भारतको राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण ब्युरोको आयोजनामा भएको अन्तराष्ट्रिय मानव अधिकार अधिवशनमा नेपालको इटहरीमा रहेको अनाथ बालबालिका अधिकार महिला अधिकार र सामाजिक सेवामा आफ्नो जीवननै समर्पित गरेकी गिता गौतमलाई यो अवार्डबाट प्रमुख अतिथिको रुपमा रहेको फिलीस्तीनी काउन्सुर बेसेम एफ हेलिसले प्रदान गरेको थियो ।