Advertisement
Advertisement
Advertisement
Advertisement

बालबालिकाका लागि इन्टरनेट हानिकारक

  |      20:48:00   |  
बालबालिकाका लागि इन्टरनेट हानिकारक

भदौ १६, काठमाडौं। बालबालिका मामिलासम्बन्धी एकजना ब्रिटिश आयुक्तले अभिभावकहरुले आफ्ना सन्तानलाई सामाजिक सञ्जाल र इन्टरनेटमा बढी समय बिताउनबाट रोक्नुपर्ने सुझाव दिएकी छन्।

 

अब्जर्भर पत्रिकालाई दिएको अन्तरवार्तामा एन लङफिल्डले बालबालिकाको बढी समय बिताउन भनेर ठूला सामाजिक सञ्जालहरुले अवलम्बन गरिरहेका विधिको ‍आलोचना गरिन्।

 

उनले बिदाको समयमा केटाकेटीलाई इन्टरनेटमा टाँसिरहन नदिन अभिभावकहरु आफैं अग्रसर बन्नुपर्ने उनको भनाई छ।

 

बालबालिका मामिलासम्बन्धी आयुक्त लङफिल्डले यो विषयमा अभिभावकहरुलाई मद्दत पुर्याउन अभियानकै घोषणा गरेकी छन्।

 

अस्वस्थकर
उनले भनिन्, "लामो बिदाको समयमा यसबारे सबै अभिभावकले ध्यान दिनैपर्छ, नत्र बालबालिकाले सामाजिक सञ्जाललाई आफ्ना सबैभन्दा प्रिय साथी र अनलाइनमा बिताएको समयलाई अस्वस्थकर तयारी खानेकुरा ठान्न सक्छन्।"

 

कोही पनि अभिभावकले आफ्ना बालबच्चाले सधैं अस्वस्थकर खानेकुरा खान दिन चाहंदैनन्।

 

"त्यही कारणले हाम्रा बालबालिकाले अनलाइन पनि त्यसरी प्रयोग नगरुन् भनेर हामीले ध्यान दिनैपर्छ।"

 

आयुक्त लङफिल्डले थपिन्, "जब फोन, सामाजिक सञ्जाल र अनलाइन खेल सामाग्रीले हामीलाई चिन्ता, तनाव र नियन्त्रण बाहिर पुर्याउँछ त्यसको अर्थ हामीले सन्तुलन मिलाउन सकिरहेका छैनौँ भनेर बुझ्नुपर्छ।"

 

"जसरी तपाईले आफ्नो खानेकुराका कारण त्यति सञ्चो महसुस गर्नुहुन्न, सामाजिक सञ्जाल पनि त्यस्तै हो।"

 

निष्कर्ष
अघिल्लो वर्ष अनलाइन उद्योगको निगरानी गर्ने एउटा समूह अफकोमले संयुक्त अधिराज्यमा टेलिभिजनभन्दा बालबालिकामाझ इन्टरनेट लोकप्रिय भएको र उनीहरुले इन्टरनेटमा बढी समय बिताउन थालेको निष्कर्ष निकालेको थियो।

 

पाँचदेखि १५ वर्षको उमेर समूहका केटाकेटीले हप्ताको १५ घण्टासम्म इन्टरनेटमा बिताइरहेको उक्त अध्ययनले देखाएको छ।

 

लङफिल्डका अनुसार बालबालिकाहरुलाई इन्टरनेट वेवसाइटहरुले विगतमा उनीहरुले अनलाइनमा व्यक्त गरेका रुचि अनुसार नै इन्टरनेटको प्रयोग गरिरहन प्रोत्साहन गर्छन् भनेर बुझाउनु जरुरी छ।

 

यसै वर्षको शुरुमा गरिएको एउटा अध्ययनले सामाजिक सञ्जाल र इन्टरनेटको मध्यमस्तरको प्रयोगले किशोरकिशोरीलाई फाइदा पुर्‍याउने निचोड निकालेको थियो।

 

साइकोलिजकल साइन्स नामक जर्नलमा छापिएको उक्त अनुसन्धानमा १५ वर्ष उमेर भएका ब्रिटेनका १ लाख २० हजार जना किशोरकिशोरी सहभागी थिए। बीबीसीबाट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement