Advertisement
Advertisement
Advertisement
Advertisement

स्तन क्यान्सर लागेको यसरी समयमै थाहा पाउन सकिन्छ !

  |      21:37:00   |  
वेब तस्विर
वेब तस्विर

डा. राजेन्द्र बराल क्यान्सर रोग विशेषज्ञ ►

महिलामा स्तन क्यान्सर हुने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । स्तन क्यान्सर लागेको समयमै थाहा पाउन पनि सकिन्छ । उचित समयमा नै उपचार गर्न सकिएमा यसको उपचार पनि सम्भव छ । क्यान्सर शरीरको एउटा अंगबाट फैलिएर अर्को अंगमा पुग्छ । तर, महिलालाई मात्र नभएर पुरुषमा पनि स्तन क्यान्सर देखिएको छ । विश्वमा एक प्रतिशत पुरुषमा स्तन क्यान्सर भेटिएको छ । स्तनको मुन्टा दायाँबायाँ ढल्केको वा भित्र घुसेको छ भने क्यान्सरको जोखिम हुन सक्छ । स्तनमा क्यान्सर भए/नभएको हामी आफैँले पनि परीक्षण गर्न सक्छौँ । स्तनमा हुने सामान्य परिवर्तनलाई मात्र ध्यान दिने हो भने स्तन क्यान्सरको जोखिमबाट सजिलै बच्न सकिन्छ । स्तन क्यान्सरको पहिलो चरणमा नै थाहा पाउन सकिएमा उपचार गरेर सजिलै जोगिन सकिन्छ । स्तन क्यान्सर लागेको होरहोइन पत्ता लगाउन गरिने परीक्षणबारे क्यान्सर रोग विशेषज्ञ डा। राजेन्द्र बरालको सुझाब यस्तो छ स्

स्तन परीक्षण गर्ने तरिका
आफ्नो स्तनमा सामान्य परिवर्तन भएको तथा क्यान्सरको सम्भावना रेहको शंका लागेमा शरीरको माथिल्लो भागको कपडा फुकालेर ऐनामा आफ्नो स्तन हेर्नुपर्ने हुन्छ । यसरी ऐनामा हेर्दा आफ्ना दुईवटै स्तन बराबरी भए/नभएको राम्रोसँग निरीक्षण गर्नुपर्छ । स्तनमा सामान्य फरक भने सबैको हुन सक्छ । तर, दुईवटा स्तनको आकारमा धेरै नै फरक छ भने क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

स्तनको आकार परीक्षण गरिसकेपछि दुवै हात माथि उठाएर काखीमा हेर्ने गर्नुपर्छ । धेरैजसो क्यान्सर शरीरमा गिर्खाबाट सुरु हुन्छ । दुवै हात माथि उठाएर हेर्दा काखीमा गिर्खा भएरनभएको थाहा पाउन सजिलो हुन्छ । यदि गिर्खाजस्तो डल्लो देखिएमा क्यान्सको जोखिम रहन्छ ।

गिर्खाको निरीक्षण गर्ने क्रममा काखीमा हेरेपछि कम्मरमा मज्जाले थिच्नुपर्छ । यसरी कम्मरमा मज्जाले थिच्दा भित्र लुकेका गिर्खाहरू बाहिर स्पष्ट देखिन्छन् । यसरी गिर्खा देखिएमा शंका मान्नुपर्ने हुन्छ । उचित उपचार र सल्लाहका लागि चिकित्सककहाँ जान सकिन्छ ।

दाहिने हातले देब्रे स्तन र देब्रे हातले दाहिने स्तन छाम्ने । यसरी छाम्ने क्रममा हातले बिस्तारै स्तनको वरिपरि परीक्षण गर्नुपर्ने हुन्छ । यसरी स्तनको वरिपरि छाम्दा वा थिच्दा गिर्खाहरू पत्ता लागेमा क्यान्सर पहिचान गर्न सजिलो हुन्छ । 

दाहिने हातले देब्रे स्तनको मुन्टा र देब्रे हातले दाहिने स्तनको मुन्टा निचोरेर पनि परीक्षण गर्न सकिन्छ । यसरी मुन्टा निचोर्दा पिप निस्कन पनि सक्छ । मुन्टाबाट पिप निस्किनु भनेको क्यान्सरको जोखिम निम्तिनु हो । त्यसैले हामीले स्तन परीक्षण गर्दा यस्ता कुराहरूमा ध्यान पुर्‍याउनुपर्छ ।

महिनावारीको समयमा यस्तो कुनै पनि परीक्षण गर्नुहुँदैन । सामान्यतया महिनावारीको अवधिमा शरीर सुनिएको हुन्छ । स्तन पनि सुनिएको हुन्छ । त्यसैले यस्तो अवस्थमा गिर्खाहरू छन् भने पनि देखिँदैनन् । महिनावारी भएको ५–६ दिनपछि मात्र स्तन परीक्षण गर्नुपर्छ । यसरी परीक्षण गर्दा सही जानकारी पाउन सजिलो हुन्छ । नयाँ पत्रिकाबाट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement