Advertisement
Advertisement
Advertisement
Advertisement

सगरमाथा आरोही पत्रकार रोशा बस्नेत सम्मानित

  |      23:13:00   |  
सगरमाथा आरोही पत्रकार रोशा बस्नेत सम्मानित

भदौ २, सुन्दरहरैँचा, मोरङ ।  विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेवापत महिला पत्रकार रोशा बस्नेतलाई सम्मान गरिएको छ । 

आठ हजार ८४८ मिटर अग्लो हिमालको सफल आरोहण गरी मोरङ जिल्ला तथा सुन्दरहरैँचा नगरपालिकाको झण्डा तथा नक्सालाई चुचुरोमा फहराएर देखाएको अदम्य साहसको प्रशंसा गर्दै सुन्दरहरैँचा नगरपालिकाले उहाँलाई सम्मान गरेको हो । 

 

सुन्दरहरैँचा नगरपालिकाद्वारा आज यहाँ आयोजित समारोहमा नगरप्रमुख शिवप्रसाद ढकालले खादा, माला तथा सम्मान पत्रबाट उहाँलाई सम्मान गर्नुभएको छ । मोरङ सुन्दरहरैँचा नगरपालिका¬–१० स्थित विराटचौककी २९ वर्षीया रोशा बस्नेत राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत पत्रकार हुनुहुन्छ । प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका पाँच सदस्यमध्ये उनीसहित चार जनाले यसै वर्षको जेठ ९ गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । 


सो अवसरमा नगरप्रमुख ढकालले प्रदेश नं १ कै गौरव तथा गरिमाका रुपमा रहेको सगरमाथाको यसै नगरकी चेली रोशा बस्नेतले सफल आरोहण गरेकाले आफूलगायत सम्पूर्ण नगरवासी गौरवान्वित भएको बताउँदै यो कार्यले नगरको गरिमा र पहिचान पनि थप उच्च भएको छ भन्नुभयो । 

 

यसैगरी नगर कार्यपालिका सदस्य भक्तकिरण राईले बस्नेत आरोहणमा जानुअघि ‘गर्विलो पहाड चढ्दैछौँ’ बोलको गीत गाएर बिदाइ गरेको स्मरण गर्दै आफूले गाएको गीतलाई सार्थक बनाएकामा हर्ष व्यक्त गर्नुभयो । 

 

सम्मानित बस्नेतले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रवद्र्धनसँगै महिला सशक्तीकरण र युवा जागरणको क्षेत्रमा समेत कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement