Advertisement
Advertisement
Advertisement
Advertisement

लक्की शेर्पा अष्ट्रेलियाको लागि नेपाली राजदूतमा सिफारिस

  |      00:00:00   |  
लक्की शेर्पा, अष्ट्रेलियाको लागि नेपाली राजदूत
लक्की शेर्पा, अष्ट्रेलियाको लागि नेपाली राजदूत

काठमाडौं। अष्ट्रेलियाको लागि नेपाली राजदूतमा लक्की शेर्पालाई नियुक्त गर्न सरकारले सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको दोस्रो बैठकले अष्ट्रेलियासहित १४ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ ।


शेर्पा सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रको कोटामा परेकी हुन् । उनी एमालेको पूर्व सभासदसमेत हुन् । दोस्रो संविधानसभा चुनावताका उनी माओवादीमा प्रवेश गरेकी थिइन् । संघीयताको मुद्दामा एमालेसँग कुरा नमिलेपछि दोस्रो संविधानसभा चुनावभन्दा धेरै अगाडि नै एमाले छाडेको उनले बताउने गरेकी छन् ।

 

माओवादी कोटामा राजदूत नियुक्तिको सिफारिसमा परेका चारैजना केपी ओली नेतृत्वको सरकारको पालामा पनि सिफारिसमा परेका थिए । तर, ओली सरकार ढलेलगत्तै प्रचण्ड नेतृत्वको सरकारले सबै सिफारिस बदर गरेको थियो ।

 

को-को भए राजदूत ?

सरकारको नेतृत्वकर्ता दल माओवादीबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रबहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस भएका छन्।शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन् । उनी फोरम लोकतान्त्रिकबाट परेकी हुन् ।

 

कांग्रेसबाट ६ राजदूत भएका छन् । अर्जुनजंगबहादुर सिंह कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् । राप्रपाले तीन राजदूत पाएको छ । प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राजदूत सिफारिस भएका हुन् ।

 

स्पेनमा नेपाली दूतावास खुल्ने

सरकारले स्पेनमा नेपाली दूतावास खोल्ने निर्णय पनि गरेको छ । साथै स्पेनको राजदूतमा भरत रायमाझीलाई सिफारिस पनि गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको दोस्रो बैठकले स्पेनमा दूतावास खेल्ने निर्णयसँगै राजदूत सिफारिस गरेको हो । स्रोतका अनुसार रायमाझी सत्तारुढ राप्रपाको कोटामा राजदूत सिफारिस भएका हुन् ।  उनी नेपाली सेनाका पूर्वसहायक रथी हुन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement