Advertisement
Advertisement
Advertisement
Advertisement

दक्षिण एशियाली महिलाहरूको तस्करीमा नेपाल ट्रान्जिटका रूपमा प्रयोग

  |      11:58:00   |  
वेब तस्विर
वेब तस्विर

साउन ९, काठमाडौं । मानवतस्कर र दलालहरूले नेपाल हुँदै भारत, बाङ्ग्लादेश र श्रीलङ्का महिलाहरूलाई तेस्रो मुलुक लग्ने गरेको हुनसक्ने अधिकारीहरूले बताएका छन्। तर आकर्षक रोजगारीको प्रलोभनमा विदेश हिँडेका दक्षिण एशियाली महिलाहरूको तस्करी भएको प्रमाण जुटाएर कारबाही गर्न भने गाह्रो देखिएको छ।

 

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्री भन्छन्, यसरी आउने महिलालाई दलालहरूले धेरै कुरा सिकाएर ब्रेनवाश गरेर ल्याउने भएकाले उनीहरूको तस्करी हुँदैछ भन्ने थाहा पाउन निकै कठिन छ। उनका अनुसार गन्तव्य मुलुकमा समस्यामा परेर कुरा खोलेपछि मात्र नेपाल ट्रान्जिटका रूपमा उपयोग भएको रहेछ भन्ने थाहा हुने गरेको छ।

 

उद्धार
केही महिनाअघि तीन श्रीलङ्काली महिलाहरूलाई काठमाडौंबाट उद्धार गरेर उनीहरूका परिवारसँग पुर्नमिलन गराएको शक्ति समूहकी सुनिता दनुवारले बताइन्। उनका अनुसार उनीहरूलाई दलालहरूले ठमेलको एउटा होटलमा अलपत्र छाडेर भागेपछि प्रहरी र नेपालस्थित श्रीलङ्काली दूतावासको सहयोगमा उद्धार गरिएको थियो। उनीहरूलाई क्यानडा लग्ने लोभ देखाएर लाखौँ असुलेर नेपाल ल्याइपुर्‍याइएको अनुसन्धानले देखायो।

 

त्यसैगरी भारतका महिलाहरूलाई ललितपुरको एउटा घर भाडामा लिएर यौनकर्ममा लगाएको फेला पारेपछि प्रहरीको सहयोगमा भारत फर्काइएको उदाहरण पनि दनुवारले दिइन्। यस्ता घटनाले नेपाल मानव बेचविखनको स्रोत मुलुकका रूपमा मात्र नभई ओसारपसारका लागि ट्रान्जिट मुलुक रूपमा समेत प्रयोग भएको सङ्केत गरेका छन्।

 

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्य मुलुक जाने र नेपाल भारत खुला सीमा हुँदै भारत प्रवेश गर्ने दुईथरी मानिसले ट्रान्जिटका रूपमा प्रयोग गरेको पाइएको बताइन्छ। तर समस्यामा नपरुन्जेल यसरी आउने महिलाहरूले तस्करबारे केही कुरा नखोल्ने र उनीहरूसँगै श्रीमान् या साथीभाइ का रूपमा यात्रा गर्ने भएकाले कसैमाथि शङ्का गर्न या पक्राउ गरिहाल्न सम्भव नभएको प्रहरी प्रवक्ता क्षेत्रीले बताए। 

 

अमेरिकी विदेश मन्त्रालयले सन् २०१७ मा प्रकाशित गरेको नेपालसम्बन्धी एउटा रिपोर्टमा नेपाल महिला बेचबिखनका लागि स्रोत मुलुक र ट्रान्जिटका रूपमा समेत उपयोग हुँदै आएको उल्लेख गरिएको छ। अमेरिकी सरकारको उक्त रिपोर्ट प्रकासित भएपछि त्यस्ता विषयबारे काम गर्न प्रहरी प्रधान कार्यालयमा विशेष एकाई गठन गरिएको क्षेत्री बताउँछन्।

 

मानव बेचबिखनका लागि नेपालको प्रयोग स्रोत मुलुक र ट्रान्जिट मुलुकका रूपमा भइरहेको देखिएकाले यसको नियन्त्रणका लागि सरकार गम्भीर बन्नुपर्ने सरोकारवालाहरू बताउँछन्।                           


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement