Advertisement
Advertisement
Advertisement
Advertisement

पतिविरुद्ध बलात्कार मुद्दा बढे

  |      12:44:00   |  
पतिविरुद्ध बलात्कार मुद्दा बढे

नवलपरासी - पतिले बलात्कार गरेको भन्दै पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा दुई वटा मुद्दा दर्ता भएका छन्। मुद्दा दर्ता गराउनेमा रामग्राम नगरपालिका र सरावल गाउँपालिकाका दुई महिला छन्। पुस दोस्रो साता उनीहरूले प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। इच्छाविपरीत जबर्जस्ती यौन सम्बन्ध राखेको भन्दै मुद्दा परेपछि अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको भट्टले बताए।

 

बलात्कारका मुद्दा दिने श्रीमती र श्रीमानबीच अदालतमा अंश मुद्दा र सम्बन्ध विच्छेदका मुद्दा चलिरहेका छन्। मुद्दा दिने दुवै जनाका सन्तान छन्। मुद्दा दिनेमा ३० देखि ४० वर्षसम्मका महिला छन्। एक दम्पतीका दुई छोरी छन् भने अर्को दम्पतीका एक छोरा छन्। उनीहरूको ८ वर्षअघि विवाह भएको हो। छोराछोरीलाई समेत हेरचाह नगरी आफूखुसी हिँड्ने गरेका कारण छुट्टै बस्ने गरेको पीडित महिलाले जनाएका छन्।

 

हेरचाह पनि नगर्ने र उल्टै सम्बन्धविच्छेद र अंश दिएर छुट्ट्याउने भन्दै श्रीमानले अदालतमा मुद्दा दिएको महिलाले जनाएका छन्। त्यसरी मुद्दा दिएपछि महिलाहरू श्रीमानप्रति आक्रोशित भएको प्रहरीको बुझाइ छ। त्यसरी मुद्दा दर्ता गराएका महिलाले तत्काल स्वास्थ्य परीक्षण९मेडिकल जाँच० गराउने गरेको पाइएको छ। प्रमाणका आधारमा जबर्जस्ती करणीको मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

 

उजुरीबाहेक पनि केही महिला इच्छाविपरीत श्रीमानले यौन सम्बन्ध राख्ने गरेको भन्दै प्रहरी कार्यालयमा आउने गरेको प्रहरीले जनाएको छ। लामो समयदेखि श्रीमान््सँग अलग बस्दै आए पनि इच्छाविपरीत धम्क्याएर यौन सम्पर्क गर्ने गरेको पीडित महिलालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। आफूहरूलाई हेरचाहसमेत नगर्ने र कोठामा एक्लै भएको मौका छोपेर जबर्जस्ती गर्न आउने गरेको पीडित महिलाको भनाइ छ।

 

मुलुकी अपराध संहितामा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरे ५ वर्षसम्म कैद हुने व्यवस्था छ। तर, कानुनअनुसार दर्ता भएका दुई मुद्दा भने वैवाहिक सम्बन्ध कायम नभएको अवस्था रहेको प्रहरीले जनाएको छ।

 

सामाजिक बहिष्कार

श्रीमान विरुद्ध बलात्कार आरोपमा मुद्दा दिएपछि गाउँलेले पीडित महिलालाई सामाजिक बहिष्कार गर्न थालेको पाइएको छ। पतिरपत्नीबीचको यौन सम्बन्धलाई बदनाम गराउने प्रयास गरेको भन्दै गाउँले महिलाप्रति आक्रोशित बन्न थालेका हुन्। पतिलाई अनाहकमा दुःख दिएको भन्दै गाउँले प्रहरी कार्यालयमा आउने गरेको प्रहरी उपरीक्षक भट्टले बताए।

 

प्रहरी कार्यालयमा आफूविरुद्ध गएको जानकारी पाएपछि पीडित महिलाले गाली गलौज गर्न थालेपछि गाउँले आक्रोशित भएका हुन्। पीडित महिला पसलमा सामान किन्न र छिमेकीकहाँ नुन, तेललगायत सामान सापट माग्न जाँदासमेत नदिने गरेको गाउँलेलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । अन्नपूर्ण पोष्ट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement