Advertisement
Advertisement
Advertisement
Advertisement

न्याय हराएको देश

न्याय हराएको देश

साधना प्रतीक्षा

सडक–गल्लीमा टाँसिएका पोस्टर उक्काइए पनि न्यायका लागि उर्लेको जनलहर रोकिने छैन, घरघरमा नानीहरूले नै सिसाकलमले उतार्नेछन् निर्मलाको तस्बिर ।

 

मंसिर २५, काठमाडौँ । विद्यालयको अतिरिक्त क्रियाकलापमा मेरी छोरीले एउटा चित्र बनाएर ल्याई । मलाई लाग्यो, सधैंझैं यसपालि पनि फूल, प्राकृतिक दृश्य, हिमाल यस्तै केही होला । जब उसको चित्रमा नजर लगाएँ, झस्कें । चित्र त्यही अबोध बाला निर्मला पन्तको थियो जसमाथि भएको अत्याचारविरुद्ध चार महिनादेखि आम नागरिकले आवाज उठाइरहेका छन् ।

 

उनै तेह्रवर्षे निर्मलालाई मेरी तेह्रवर्षे छोरीले सिसाकलमद्वारा सेतो कागजमा उतारेर देखाउँदा म अर्थात् एउटी आमालाई मन थाम्नै गाह्रो भयो । निर्मला र निर्मलाजस्ता असंख्य छोरीहरू यौनहिंसाको सिकार भएर मारिइँदा ती आमाहरूको कलेजो कति छिया–छिया भयो होला रु यही प्रश्नसँगै म पुनस् दुख्न थालें ।

 

मजस्तै असंख्य आमा यसरी नै दुखिरहेका होलान्, निर्मला र निर्मलाहरूले न्याय नपाएको राज्यभित्र ।

 

यौनहिंसापीडित बालिकालाई न्याय र दोषीलाई सजायको माग राख्दै उनको तस्बिर भाइरल भइरहेछ, अर्कातिर विदेशी पाहुनालाई सुसन्देश नजाने भन्दै सरकारले उक्त तस्बिर उक्काउने अभियान चलायो । किन सरकारको टाउको दुखाइ बन्यो अन्यायमा परेकी ती निर्दोष बालिकाको तस्बिर रु एउटी अबोध बालिकालाई न्याय दिन नसक्ने सरकारबाट जनताले के अपेक्षा गर्ने रु जनमानसमा अहिले यही र यस्तै प्रश्न सल्बलाइरहेका छन् ।

 

पशुपतिनाथका सयौं छोरीमाथि यौनहिंसा र ततपश्चात् हत्या भइरहेको, अपराधीहरू उन्मुक्त भएर हिंडिरहेको अवस्थामा न्याय माग्दै आवाज बुलन्द पारिरहँदा सरकारले भने त्यसलाई दबाउँदै ‘इशुकी एक्ली छोरी’ को भव्य स्वागत गर्‍यो । देशभित्र महिला तथा बालिकामाथि हुने हिंसाविरुद्ध सडकमा अनशन भइरहेका बेला हाम्रा प्रधानमन्त्री भने विदेशी धार्मिक संस्थाले पाँचतारे होटलमा गरेको कार्यक्रममा त्रिदिवसीय अतिथि बने ।

 

संघीय गणतान्त्रिक संविधानले सुनिश्चित गरेको धर्म निरपेक्षताको धज्जी उडाउँदै भएको उनको यस्तो सहभागिता तथा आशीर्वाद ग्रहण उपयुक्त थियो वा थिएन, सम्बन्धित विज्ञमाझ बहसको विषय हो । तर, प्रश्न उठिरहेछ गाई, गंगा र गायत्रीले पनि पवित्र पार्न नसकेर लैंगिक हिंसा र बलात्कारले दिनानुदिन आक्रान्त हाम्रो समाज इसाई ‘पवित्र माता’ ले अभिषेक गरेको ‘पवित्र जल’ ले शुद्धीकरण होला र ?

 

‘होली वाइन महोत्सव’ मा नेपाली जोडीले आपसमा जुठो मदिराको चुस्की लिइरहेको बेला गाउँगाउँका आमा समूहहरू भने मदिराले सामाजिक विकृति र महिला हिंसा बढाएको भन्दै आफ्नो गाउँलाई मदिरा निषेधित गर्न लागिपरेका थिए ।

 

सहर–बजारका महिलाहरू व्यभिचारीहरूको यौनप्यासको सिकार भएर मारिएका बालिका तथा किशोरीलाई न्यायको माग राख्दै सडकमा सुतिरहेका थिए । सत्ता र शक्तिको आडमा सम्पन्न र प्रतिष्ठित बनेका कथित पहुँचवालाहरू मदिरालेलठ्ठिएर आसुरी उन्मादमा आई अबोध बालिकाहरूको सिकार गरिरहेका बेला मदिराले आचमन गर्ने संस्कृति भित्र्याइनुले सुखद भविष्यको संकेत गरेको छैन । हाम्रा छोरीहरूलाई सुरक्षित भविष्य चाहिएको छ, बाइबलको आशीर्वाद होइन ।

 

हरेक वर्ष लैंगिक हिंसाविरुद्ध अभियान चलिरहँदा म सोच्ने गर्छु यो नै अन्तिम अभियान होस् । समाजबाट हिंसा अन्त्य हुने हो भने अभियान चाहिँदैन । हामीकहाँ लैंगिक हिंसा घट्नुको सट्टा दिनानुदिन बढ्दै गएको देखिन्छ । सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक आदि सवै क्षेत्रमा महिला, किशोरी तथा बालिका शारीरिक तथा मानसिक हिंसा खेप्न बाध्य बनिरहेका छन् ।

 

युगौँदेखि समाजमा स्थापित पुरुषसत्तात्मक मानसिकताले महिलालाई वस्तुका रूपमा हेर्ने गर्छ । यसले नारीको उपयोगिता पुरुषको कामावेग मेटाउने साधनका रूपमा सीमित पार्न खोज्छ । पुँजीवादी संस्कृतिभित्रको पुरुषसत्ताले सौन्दर्य प्रतियोगिताको बजार थापेर नारीको प्रकृतिप्रदत्त सौन्दर्यलाई कामुकताको यन्त्रले परीक्षण गर्ने गर्छ ।

 

तिनै उपभोक्तावादी पुरुषहरूको वाहवाहीमा मख्ख पर्दै हामी ‘राम्रा’ महिलाहरू अनेक भावभंगिमामा आफ्नो यौवनित सौन्दर्य पस्किने गर्छौँ । विगतमा सौन्दर्यको यस्तो बजारीकरणप्रति विमति राख्ने वामपन्थी खेमाका बौद्धिक तथा राजनीतिक महिलाहरूको खबरदारी देख्दा केही आशा लागेको थियो तर अहिले उनीहरूको मौनता देख्दा विस्मात लागिरहेको छ ।

 

पुँजीवादी संस्कृतिलाई गाली गरेर नथाक्ने कमरेडहरू नै अहिले सौन्दर्य प्रतियोगिताका सर्वाधिक प्रचारक बने । करणी र कथनीबीचको यस्तो विपर्यास सायद हामी नेपालीको दुर्भाग्य हो । अर्कातिर महिला तथा बालिकामाथि हुने यौनजन्य तथा अन्य हिंसाका घटनाप्रति सरकार तथा राज्यको सुरक्षा संयन्त्रको उदासीनताका कारण दण्डहीनताले प्रश्रय पाउने गर्छ ।

 

समाजमा दूधे नानीदेखि वृद्ध आमाहरूसमेत यौनहिंसाका सिकार भइरहेका र अपराधीहरू खुलेआम हिँडिरहेका छन् । महिला हिंसाविरुद्ध कानुनी उपचार भए पनि सत्ता र शक्तिको आडमा लुक्ने अपराधीहरू पुलिस–प्रशासनको नजरमै पर्दैनन् । यस्ता अपराधी पत्ता लगाएर तिनलाई हदैसम्मको सजाय गर्न राज्यका संयन्त्र लागि नपरेसम्म सरकारले जति नै आदर्शका कुरा गरे पनि विश्वसनीय हुँदैन।

 

निर्मलाजस्ता नेपाली चेलीहरूले न्याय नपाएसम्म एक मात्र होइन, अनेक ‘पवित्र माता’ हरूले विश्वशान्तिको सन्देश दिँदै जतिसुकै आशीर्वाद दिए पनि हिंसाविरुद्धको अभियान र आक्रोश शान्त हुन सक्दैन ।

 

अचेल म जताततै हिंसा मात्र देख्ने गर्छु । श्रम बजार, कार्यालय, विद्यालय, विश्वविद्यालय आदि सबैतिर स्थापित पुरुषश्रेष्ठताको मानसिकताका कारण महिलाहरूले मानसिक हिंसा खेपिरहेका देखिन्छन् । यस्ता घटनालाई महिलाको चरित्रसँग जोडेर बदनाम गराउने परम्पराका कारण पीडितहरू खुलेर बोल्न सक्दैनन् ।

 

कार्यक्षेत्रमा महिलालाई योग्यताभन्दा यौनिकताका आधारमा हेर्ने, सम्बन्धित पुरुषको चाहनाअनुरूप बन्न नचाहने महिलाको कार्यसम्पादन प्रक्रियालाई असहज बनाएर अक्षम साबित गराउने, वृत्तिविकासमा बाधा पुर्‍याउनेजस्ता घृणित कार्यहरूसमेत हुने गर्छन् । यसप्रकारको मानसिक प्रताडनाविरुद्ध कानुनी उपचारका लागि प्रमाण हुँदैन । त्यसैले यो झनै घातक हुने गर्छ । हालै मी–टु अभियान मार्फत पीडित महिलाले आफूमाथि भएको हिंसा र उत्पीडनबारे बोलेका छन् ।

 

हाम्रो सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता पुरुषनिर्मित भएको हुनाले पुरुष तथा पुरुष मानसिकता बोकेका महिलाबाटै पनि यसबारेमा अलोचना भएको देखियो । मी–टुमार्फत महिलाले देखाएको साहस प्रशंसनीय छ । यो महिलाहरूबाट हिंसाविरुद्ध गरिएको प्रतिकारको द्योतक हो । प्रतिष्ठाको आवरणमा लुकेर अपराध गर्नेहरूका लागि यो चुनौती पनि हो । हामी महिलाहरूले सहनशीला–सुशीलाका आदर्शहरू भत्काउँदै यसरी नै विद्रोह गर्नुपर्छ ताकि भविष्यमा महिलाप्रति गलत मनसाय राख्नेहरू प्रतिष्ठित बन्ने संस्कार अन्त्य होस् ।

 

अचेल म प्रत्येक चेलीका अनुहारमा निर्मला मात्र देख्न थालेकी छु । घरकी छोरी, कक्षाका छात्राहरू, बाटोमा हिँडेका बालिका–किशोरी सबैमा ‘सरकार भेटियो न्याय भेटिएन’ अंकित उही निर्मलाको छवि देख्छु अनि कतै म बहुलाएकी त होइन भन्दै आफूलाई जाँच्न थाल्छु । कक्षामा नाटककार समको ‘स्वास्नीमान्छे’ नाटक पढाउने क्रममा उनको काल्पनिक प्रमिलापुरी नारी राज्यप्रति गर्व गर्छु ।

 

नारीलाई केवल भोग्याका रूपमा हेर्ने हिंस्रक मुचुकुन्नको शल्यक्रियाद्वारा भाव परिवर्तन गरी सज्जन बनाउन सफल चिकित्सक कादम्बिनीको सफलतामा गदगद हुँदै पुकार्न थाल्छु ‘कादम्बिनी, मेरो देशलाई तिम्रो आवश्यकता छ । बालादेखि वृद्धासम्मका महिलालाई केवल भोग्या देख्ने हजारौं मुचुकुन्नहरू छन् यहाँ । आऊ, यी सबैको भाव परिवर्तन गरेर भद्र देवनन्दन बनाइदेऊ । आऊ, तिम्री ऋषिका ऋतालाई पनि साथ लिएर ।’

 

सरकार तथा प्रहरी–प्रशासनको उदासीनताका कारण निर्मलाले न्याय पाउने आशा क्षीण हुँदै गए पनि उनको न्यायका लागि बुलन्द यो आवाज अझै बुलन्द हुँदै जानेछ । यो आवाज ती हिंस्रक नरपशुहरूप्रति खबरदारीको हुँकार हो जसले गर्दा भविष्यमा अबोध बालिकाप्रति अभियान र आक्रोश शान्त हुन सक्दैन ।

 

अचेल म जताततै हिंसा मात्र देख्ने गर्छु । श्रम बजार, कार्यालय, विद्यालय, विश्वविद्यालय आदि सबैतिर स्थापित पुरुषश्रेष्ठताको मानसिकताका कारण महिलाहरूले मानसिक हिंसा खेपिरहेका देखिन्छन् । यस्ता घटनालाई महिलाको चरित्रसँग जोडेर बदनाम गराउने परम्पराका कारण पीडितहरू खुलेर बोल्न सक्दैनन् ।

 

कार्यक्षेत्रमा महिलालाई योग्यताभन्दा यौनिकताका आधारमा हेर्ने, सम्बन्धित पुरुषको चाहनाअनुरूप बन्न नचाहने महिलाको कार्यसम्पादन प्रक्रियालाई असहज बनाएर अक्षम साबित गराउने, वृत्तिविकासमा बाधा पुर्‍याउनेजस्ता घृणित कार्यहरूसमेत हुने गर्छन् । यसप्रकारको मानसिक प्रताडनाविरुद्ध कानुनी उपचारका लागि प्रमाण हुँदैन । त्यसैले यो झनै घातक हुने गर्छ । हालै मी–टु अभियान मार्फत पीडित महिलाले आफूमाथि भएको हिंसा र उत्पीडनबारे बोलेका छन् ।

 

हाम्रो सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता पुरुषनिर्मित भएको हुनाले पुरुष तथा पुरुष मानसिकता बोकेका महिलाबाटै पनि यसबारेमा अलोचना भएको देखियो । मी–टुमार्फत महिलाले देखाएको साहस प्रशंसनीय छ । यो महिलाहरूबाट हिंसाविरुद्ध गरिएको प्रतिकारको द्योतक हो । प्रतिष्ठाको आवरणमा लुकेर अपराध गर्नेहरूका लागि यो चुनौती पनि हो । हामी महिलाहरूले सहनशीला–सुशीलाका आदर्शहरू भत्काउँदै यसरी नै विद्रोह गर्नुपर्छ ताकि भविष्यमा महिलाप्रति गलत मनसाय राख्नेहरू प्रतिष्ठित बन्ने संस्कार अन्त्य होस् ।

 

अचेल म प्रत्येक चेलीका अनुहारमा निर्मला मात्र देख्न थालेकी छु । घरकी छोरी, कक्षाका छात्राहरू, बाटोमा हिँडेका बालिका–किशोरी सबैमा ‘सरकार भेटियो न्याय भेटिएन’ अंकित उही निर्मलाको छवि देख्छु अनि कतै म बहुलाएकी त होइन भन्दै आफूलाई जाँच्न थाल्छु । कक्षामा नाटककार समको ‘स्वास्नीमान्छे’ नाटक पढाउने क्रममा उनको काल्पनिक प्रमिलापुरी नारी राज्यप्रति गर्व गर्छु ।

 

नारीलाई केवल भोग्याका रूपमा हेर्ने हिंस्रक मुचुकुन्नको शल्यक्रियाद्वारा भाव परिवर्तन गरी सज्जन बनाउन सफल चिकित्सक कादम्बिनीको सफलतामा गदगद हुँदै पुकार्न थाल्छु ‘कादम्बिनी, मेरो देशलाई तिम्रो आवश्यकता छ । बालादेखि वृद्धासम्मका महिलालाई केवल भोग्या देख्ने हजारौं मुचुकुन्नहरू छन् यहाँ । आऊ, यी सबैको भाव परिवर्तन गरेर भद्र देवनन्दन बनाइदेऊ । आऊ, तिम्री ऋषिका ऋतालाई पनि साथ लिएर ।’

 

सरकार तथा प्रहरी–प्रशासनको उदासीनताका कारण निर्मलाले न्याय पाउने आशा क्षीण हुँदै गए पनि उनको न्यायका लागि बुलन्द यो आवाज अझै बुलन्द हुँदै जानेछ । यो आवाज ती हिंस्रक नरपशुहरूप्रति खबरदारीको हँुकार हो जसले गर्दा भविष्यमा अबोध बालिकाप्रति गिद्धेनजर लगाउनुअघि उनीहरू एकचोटि पक्कै झस्किनेछन् ।

 

पुरातन मूल्यमान्यताले जति नै आलोचना गरे पनि मी–टुका अनुयायीहरू आफूमाथि भएका हिंसाविरुद्ध खुलेर बोल्नेछन् । सहनशीलताले नै दण्डहीनतालाई बढाइरहेको हुन्छ । सडक–गल्लीमा टाँसिएका पोस्टर उक्काइए पनि न्यायका लागि उर्लेको जनलहर रोकिनेछैन, घरघरमा नानीहरूले नै सिसाकलमले उतार्नेछन् निर्मलाको तस्बिर । यो लडाइँ एक्ली निर्मलाका लागि होइन, यौनहिंसापीडित असंख्य नेपाली चेलीहरूको न्यायका लागि हो । बालिकाप्रति गिद्धेनजर लगाउनुअघि उनीहरू एकचोटि पक्कै झस्किनेछन् ।

 

पुरातन मूल्यमान्यताले जति नै आलोचना गरे पनि मी–टुका अनुयायीहरू आफूमाथि भएका हिंसाविरुद्ध खुलेर बोल्नेछन् । सहनशीलताले नै दण्डहीनतालाई बढाइरहेको हुन्छ । सडक–गल्लीमा टाँसिएका पोस्टर उक्काइए पनि न्यायका लागि उर्लेको जनलहर रोकिनेछैन, घरघरमा नानीहरूले नै सिसाकलमले उतार्नेछन् निर्मलाको तस्बिर । यो लडाइँ एक्ली निर्मलाका लागि होइन, यौनहिंसापीडित असंख्य नेपाली चेलीहरूको न्यायका लागि हो ।

कान्तिपुरमा प्रकाशित खबर 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement