Advertisement
Advertisement
Advertisement
Advertisement

'दलितसँग बिहे गरेँ भनेर वर्षौंदेखि माइती बोल्दैनन्'

  |      17:02:00   |  
'दलितसँग बिहे गरेँ भनेर वर्षौंदेखि माइती बोल्दैनन्'

असोज १४, काठमाडौं । दलित भनिएका पुरुषसँग बिहे गरेका तर अन्य समुदायमा जन्मेका कतिपय महिलाहरूले अहिलेसम्म माइतीपक्षले आफूहरूलाई जातका आधारमा विभेद गरिरहेको दुखेसो पोखिरहेका छन्। 

 

त्यस्ता कयौँ महिलाहरूले आफूहरू वर्षौंसम्म आफू जन्मेको घर फर्केर जान नपाएको बताएका छन्। जातीय विभेद गर्न नपाइने कानुन बने पनि मानिसहरूको मानसिकता अझै नबदलिएको मानवशास्त्रीहरू बताउँछन्। झापाको अर्जुनधारा नगरपालिका ७ की राधिका थापाले अर्जुनधारा ५ का युवराज रसाइलीसँग केही महिनाअघि भागेर बिहे गरिन्।


'बोलचाल नै हुँदैन'

तर उनलाई माइतीपक्षले अहिलेसम्म बोलाएका छैनन्। उनी भन्छिन्, 'हामी भागेर बिहे गरेपछि प्रहरीमा लगियो। मैले श्रीमानसँगै जान्छु भने। अहिलेसम्म माइतीले बोलाएका छैनन्। बोलेका पनि छैनन्।'


मेचीनगर नगरपालिका ११ की अञ्जु प्रसाईँले २०४७ सालमा मेचीनगर ११ कै केशर बर्देवासंग बिहे गरेपछि १० वर्षसम्म माइतीपक्षका कोहीसँग बोल्न समेत पाइनन्। अहिले पनि उनले माइती घरको आँगन टेक्न पाएकी छैनन्। तर उनको दाजुहरूसँग भने बोलचाल सुरु भएको छ। प्रसाईँले भनिन्, 'सहज छैन अझै पनि। माइतीमा कोहीले बोल्ने कोही नबोल्ने भएपछि झन् समस्या हुँदो रहेछ।'


झन् चाडबाडका बेला आफूजस्ता कयौँ महिला नयाँ नयाँ कपडामा सजिएर माइत गएको देख्दा आफूहरूलाई निकै पीडा हुने गरेको दलित भनिएको समुदायको पुरुषसँग २०५७ सालमा बिहे गरेकी सीता ढुंगानाले बताइन्। उनले भनिन्, हामीलाई पनि त माइत जान मनलाग्छ। मेरा बुवा हुनुहुन्छ। भेट्न मन लाग्छ। तर, अहँ, अहिलेसम्म त्यो वातावरण बनेन।'


मानसिकता
राजीखुशीका साथ दलित भनिएका समुदायका पुरुषसँग बिहे गरेर छोराछोरी हुर्काएर ठूला बनाइसकेका महिलाहरूले परिवारबाटै विभेद गरिएका उदाहरणहरू हुन् यी। जातका आधारमा विभेद गर्न कानुनले बन्देज लगाएको छ।

 

मेची बहुमुखी क्याम्पस भद्रपुरका मानवशास्त्र विषयका विभाग प्रमुख सुशील खनाल भन्छन् कानुन बने पनि मानिसको मानसिकता बदलिएको छैन। खनाल भन्छन्, 'कानुन आए पनि मानिसको सोचमा परिवर्तन आएन। राज्यले पनि के गर्नसक्छ र यस्तो विषयमा।' दलित भनिएका पुरुषसँग बिहे गरेका कतिपय महिलाका माइतीपक्षले छोरीको मृत्युपछि गरिने काज किरियासमेत जिउँदै गरेको उदाहरणहरू समेत आफूसँग रहेको खनाल बताउँछन्।

- बीबीसीबाट 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement