भदौ ८, काठमाडौं । काठमाडौको भृकुटीमण्डपमा जारि तिज महोत्सवको दोस्रो दिन मेलाको रौनक निकै उत्कृष्ट देखिन्थ्यो । पहिलो दिनको तुलनामा आज दोस्रो दिन महोत्सव अवलोकन गर्न आउनेको संख्या धेरै नै पाइयो ।
आउँदो आइतबार १० गतेसम्म आयोजना हुने उक्त महोत्सवमा आफूले उत्पादन गरेका सामानहरुको बजार प्रवर्द्धन र आत्मविश्वास अभिबृद्दि गर्न गर्नलाई महिला उद्यमीहरु पनि व्यस्त भए ।
महिलाहरुका लागि आत्मविश्वास बढाउने र आफ्नो सिर्जनालाई बजार प्रवर्द्धन गर्न यसरी आयोजना गरिएका मेलाहरु सहयोगि सावित हुने महिला शिर्जनसिल केन्द्रिकी मिलु थापाले बताइन् । थापाले भनिन, ‘सुरुमा २० वटा स्टलबाट सुरुवात गरिएको तीज महोत्सव यसपाली २ सय बढी स्टल राखिएको छ ।
महिला सिर्जनशिल केन्द्रकी मिलु थापा
न्युनतम मूल्यमा सामानहरुको गुणस्तरीयता लाई पनि ध्यान दिएसंगै दशैतिहार लाई पनि लक्ष्ति मेला महोत्वसमा आउनेको संख्या हिजो भन्दा आज धेरै थिए ।
तस्विरमा तिज महोत्सवमको रौनक यस्तो देखिन्छ ।
तस्विरहरु : भक्तराज रसाइली