Advertisement
Advertisement
Advertisement
Advertisement

जब सगरमाथाको टुप्पोमा पुग्दा मासिक श्राव भयो .................!

  |      10:21:00   |  
जब सगरमाथाको टुप्पोमा पुग्दा मासिक श्राव भयो .................!

भदौ १४, काठमाडौं । महिनारी हुँदा घरभित्र टेक्नुहुँदैन् भनेर सुदुर पश्चिममा महिलाहरुलाई छाउगोठमा राख्ने चलन छ तर संसारकै अग्लो शिखर सगरमाथामा पाइला राख्दा फोटोपत्रकार पूर्णिमा श्रेष्ठ महिनावरी थिइन्  । कतिपय हाम्रै नेपाली समुदायमा अन्धविश्वासका कारण महिनावारी भएका महिलालाई घरमा राख्दा देवता रिसाएर परिवारमा उथलपुथल हुन्छ भन्ने भ्रम पालेर महिलाहरुमाथि अन्याय गर्नेहरुका लागि सफल सगरमाथा आरोही पूर्णिमा गतिलो पाठ हुन सक्छिन् ।

 

प्रकृतिक नियम अनुसार चल्ने महिनावारी चक्रलाई सुदुर पश्चिम लगायत  कतिपय नेपाली समुदायमा समस्याका रुपमा लिने चलन छ । यो विषयलाई शिक्षित परिवारमा पनि नजानिदो पाराले समस्याका रुपमा लिने र सोहि अनुसारको व्यवाहार गरेको पाइन्छ । पछिल्लो समय शहरी वस्तीमा भने महिनावारीलाई सामान्य रुपमा लिन थालिएको भए पनि पश्चिमका जिल्लाहरुमा अझै पनि महिनावारी हुँदा महिलाहरुले सकसको जीवन बिताउनु परेको छ । जस्कारण,  कति महिला तथा किशोरीले अकालमै ज्यान गुमाइरहेका छन् ।

 

महिनावारी हुँदा घरमा धेरै कुरा छुन नहुने भन्ने मानसिकताले गर्दा खानेकुरादेखि लिएर हर कुरामा महिलाहरु यो बेलामा अभावमा दिन काट्न वाध्य हुन्छन् । विशेषतः पहाडी क्षेत्रका महिलाहरुमा महिनावारीको अवस्थामा शरीरलाई चाहिने आवश्यक पोषणयुक्त खानाको अभावले विभिन्न रोग लाग्ने शरीर कमजोर हुने जस्ता विभिन्न कारणले अझै कति दिदीबहिनीको जीबन अध्यारोमा नै छोपिएको छ । 

 

कतिपय समुदायमा महिनावारी हुनु भनेको पाप जस्तै हो भन्ने मानसिकताले जरा गाडेको छ । शिक्षित परिवारमा पनि महिनावारीमा धेर थोर फरक किसिमको व्यवहार गरेको पाइन्छ । परिवारको यस्तो वातावरण ढाकछोप गरेरै कयौं शिक्षित महिलाहरु बाच्न बाध्य छन् । र कतिपय जाने बुझेकै भएपनि परम्परा हो मान्नुपर्छ भन्नेहरु पनि नभएका हैनन् । तर महिनावारीका कारण नचाहिने कुरामा बाँधिएर बाच्न बाध्य महिलाहरुको अवस्था छाउगोठ जस्तो असुरक्षित ठाँउमा बस्नु पर्ने पिडाका बारेमा जति भने पनि कम नै हुन्छ । यहि प्रसंगलाई जोड्दै सफल सगरमाथा आरोही पहिलो महिला फोटोपत्रकार पूर्णिमा भन्छिन् – ‘खै संसारकै अग्लो हिमाल अर्थात मदर गडका नामले चिनिने र विश्वभर पुजा गरिने सगरमाथाको चुचुरमा पुग्दा म महिनावारी थिए । मलाई पाप लागेन् । महिलाहरुको पाठेघरमा क्यानसर हुनुको प्रमुख कारण मध्य महिनावारी पर्छ । अन्धविश्वासका कारण महिनावारी हुँदा राम्रो हेरचाह गर्ने वातावरण नपाएका कारण अनहाकमा महिलाहरुले दुख पाइरहेका छन् । जसकारण घरमा बसेकी महिलालाई असुरक्षित स्थान अर्था घरदेखि परको छाउगोठमा लगेर राखेपछि रोग किन नलागोस त !

 

उनी भिन्छन् –‘जेठ महिनाको चार गते रातभर हिडियो  र विहान ८ बज्दा सगरमाथाको शिखरमा मैले पाहिला राखे । यदि महिनावारी हुँदा सगरमाथा जस्तो संसारकै देविलाई पाइतालाले टेक्दा मलाई श्राप लाग्नु पर्ने हो नि खै त त्यस्तो भएन त । यदि सफा र हाइजेनिक खाना खाने हो र स्वास्थ्यमा ध्यान दिने हो भने महिनावारी श्राप हैन संसारभरका महिलाहरुका लागि वरदान हो । यो कुरो अझै पनि हाम्रो समाजले बुझेको छैन् । बुझेकाले पनि बुझपचाएर बसेका छन् । अनि भगवानको नाममा महिनावारी हुनु पाप हो भनेर महिलाहरुलाई अन्धकारमा राखिएको छ ।’

 

यो भन्दा अगाडी २०१७ सेप्टेम्वर २६ तारिख अर्थात २०७४ साल असोज महिनामा संसारकै सातौं अग्लो हिमाल मनासलु चढ्दा पनि पूर्णिमा महिनावारी नै थिइन् । उनका लागि महिनावारी कहिल्यै बाधक भएन । त्यसतो अवस्थामा हिमाल चढ्न सक्नु आफैैमा गौरव र सहासको कुरा हो । महिनावारी सामान्य चक्र भएपनि महिलाहरुका लागि पिंडादायी क्षण हो । 

 

गोर्खा आरुघाटमा जन्मिएकी फोटोपत्रकार पूर्णिमाले पहिलोपटक सर्वाेच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरु’ नामक एकल फोटो प्रदर्शनीसमेत गरिन् । यसरी सगरमाथा आरोहण गर्दा पाठेघरसम्बन्धी क्यान्सरको रोकथामाका लागि सचेतना फैलाउने उद्देश्य बोकेर समिट गरेकी पूर्णिमाले महिनावारीसँग जोडिएको विषयलाई लक्ष्ति गरि उनले गरेको सचेतना स्रहना गर्न लायक थियो । आफूलाई समस्या हुँदासमेत डाक्टर तथा परिवारलाई लाज मानेर नभन्नाले उपचार नपाएर ज्यान गुमाइरहेका महिलाहरुको खबरले पूर्णिमाको मन खाइ रहन्थ्यो  । यहि कुरालाई मध्यनजर राख्दैे सचेतना जगाउने उद्देश्य बोकेर सगरमाथा चढ्न हिडेकी पूर्णिमा समिटकै दिन आफू महिनावारी हुनु उनी आफ्नो जीवनको अविस्मरणिय संयोग ठान्छिन् ।

 

अझैपनि महिनावारी हुँदा छाउगोठमा बसेर ज्यान गुमाएका परिवार अर्थात त्यो समुदायले पूर्णिमाको यो भोगाइबाट पनि पाठ सिक्नुपर्ने देखिन्छ । हो, संसरकै अग्लो शिखर सगरमाथा आफैमा शक्ति स्वरुपाका रुपमा मान्यता दिँदै हिमालीभेगमा बसोबास गर्नेले पूजा गर्छन् । यस्तै, महिनावारी हुँदा भगवानको पूजा गर्ने नहुने वा छुन नहुने भन्ने मान्यता राख्दै आएको समाजमा हुर्किएकी पूर्णिमा पनि भगवान मान्छिन् । तर उनी सगरमाथामा पाइला राख्दा महिनावारी थिइन् । उनलाई यो कुराले फरक पारेन् । यदि उनी महिनावारी भएका कारण सगरमाथामा पाइला राख्नु श्रापित पहिुन्थ्यो भने किन उनी सफल आरोही बन्न सकिन् त ? यो कुराको हेक्का राख्नु जरुरी छ । 

 

अन्धविश्वासलाई मानेर आफ्ना घरका महिलाहरुलाई महिनावारी भएकै कारण घरभन्दा परको गोठमा राख्नेहरुका लागि उनी गतिलो उदाहरण र प्रमाण स्वरुप पेश भएकी छिन् । भगवानको नाममा महिनावारीलाई पापका रुपमा हेर्नु सरासर गलत हो भनेर पूर्णिमाले प्रमाणित गरिदिएकी छिन् ।पूर्णिमा छाउपडी प्रथा अन्त्य होस भन्ने चाहान्छिन् । पाठेघरमको मुखमा हुने क्यानसरले महिलाको ज्यान नलियोस भन्ने उनको जीवनको अर्काे मुल उद्देश्य हो । यस्का लागि उनी जविनभर सचेतनाका लागि आफूले सक्ने अभियान जारि राख्ने बताउँछिन् । बरु महिनावारी महिलाहरुका लागि वरदान हो ।  यसकारण सुदरपश्चिमका महिलाहरु अब छाउ गोठमा हैन घरभित्रै राखिनुपर्छ तव मात्र महिला खुशी हुनेछन् । खुशी नै सत्य हो । अनि सत्य नै सबैले मान्ने र सबैका भगवान हुन् ।

 

(पूर्णिमा श्रेष्ठको सगरमाथा संस्मरण क्रमश.............)


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement