Advertisement
Advertisement
Advertisement
Advertisement

गुगलको कार्यालयमा समेत महिला सहकर्मीमाथि दुर्व्यवहार, सर्वत्र विरोध

  |      14:31:00   |  
REUTERS
REUTERS

कात्तिक १६, काठमाडौं । विश्वभरि कार्यरत गुगलका कर्मचारीहरूले कम्पनीले महिलाहरूसँग गर्ने व्यवहारको विरोधमा शृङ्खलाबद्ध रूपमा हड्ताल गरेका छन्। उनीहरूले कम्पनीमा यौनदुर्व्यवहारका आरोपको सुनुवाइ लगायत अन्य विषयमा महत्त्वपूर्ण परिवर्तनको माग गरिरहेका छन्।

 

गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईले कर्मचारीलाई उनीहरूसँग त्यसो गर्ने अधिकार भएको बताएका छन्। सबै कर्मचारीलाई इमेल पठाउँदै उनले भनेका छन्त - पाईँहरू धेरैको आक्रोश र निराशा म बुझ्न सक्छु।

 

प्रतिबद्ध
आफूले पनि त्यो त्यस्तो अनुभूति गरेको भन्दै उनले सुधार गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएका छन्। यौनदुर्व्यवहारको आरोप लागेका एक वरिष्ठ कार्यकारीलाई कम्पनी छाड्दा नौ करोड डलर भुक्तानी दिएको विषयले गुगलभित्र व्यापाक आक्रोश देखिएको छ।

 

तर एन्ड्रोइड सफ्ट्वेयर निर्माता एन्डी रुबिनले आफूविरुद्ध लागेको आरोप अस्वीकार गरेका छन्। मंगलवार कम्पनीको अनुसन्धान प्रयोगशालाका अर्का कार्यकारीले पनि राजीनामा दिए। 
 

 

रिचर्ड डिभलले एउटा पदका लागि अन्तर्वार्ता लिइएकी एउटी महिलासँग अवाञ्छित सम्बन्ध राख्ने प्रयास गरेको बताएको छ।


त्रुटि
राजीनामा दिएपछि डिभलले त्यसबारे केही टिप्पणी गरेका छैनन्। तर यसअघि उनले त्यो घटनामा आफ्नो 'त्रुटि' भएको बताएका थिए। बिहीवारको हड्तालमा सहभागी भएका कर्मचारीले आफ्ना टेबलमा एउटा सन्देश लेखेका छन्- 'म मेरो टेबलमा छैन। किनकि म अन्य सहकर्मीसँगै यौनदुर्व्यवहार, पारदर्शिताको अभाव र सबैका लागि सहज नभएको कार्यालयस्थलको संस्कृतिको विरोधमा छु।

 

उनीहरूले व्यवस्थापनसमक्ष औपचारिक रूपमै आफ्ना माग राखेका छन्। तिनमा सार्वजनिक रूपमै यौनदुर्व्यहारसम्बन्धी एउटा पारदर्शी प्रतिवेदनु बनाइनुपर्ने र बोर्डमा कर्मचारीहरूका एक प्रतिनिधि नियुक्त हुनुपर्ने विषय छन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement