Advertisement
Advertisement
Advertisement
Advertisement

गर्भवती महिलामा मधुमेह, रक्तचापसम्बन्धी समस्या बढ्दो

  |      11:14:00   |  
वेब तस्विर
वेब तस्विर

साउन ७, काठमाडौं ।  गर्भवती महिलामा रक्तचाप बढ्ने र मधुमेह देखिने समस्या पछिल्लो समय केही बढेको स्त्रीरोग विशेषज्ञहरूले बताएका छन्।

उनीहरूका अनुसार वंशाणुगत कारणबाहेक बिहे गर्ने उमेर बढेको र मानिसको जीवनशैलीमा आएको परिवर्तनले पनि त्यसो भएको हो।

समयमै उपचार नगराए आमा र बच्चा दुवैका लागि घातक हुन सक्ने चिकित्सकहरूको चेतावनी छ। गर्भधारण गर्नुअघि र गर्भवती भएपछि नियमित स्वास्थ्य परीक्षण गराएको खण्डमा यस्ता स्वास्थ्य समस्या समाधान हुने उनीहरू बताउँछन्।

समस्या
गर्भ रहनुअघि सामान्य रहेको रक्तचाप गर्भवती भएपछि करिब १५ प्रतिशत महिलाहरूमा बढ्ने गरेको पाइएको चिकित्सकहरू बताउँछन्। गर्भ रहेको २० हप्ता जति अवधिपछि उच्च रक्तचापको समस्या देखिने बताइन्छ।

यसमध्ये धेरैजसो समस्या सामान्य हुने भएपनि केहीमा भने आमा र बच्चा दुवैका लागि घातक हुने गरी रक्तचाप बढेको पाइएको वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. जागेश्वर गौतमको अनुभव छ। उनी भन्छन्, उच्च रक्तचापका कारण कहिलेकाहीँ गर्भवती महिला काँप्न सक्छन्। यसलाई हामी इक्लाम्सिया भन्छौं। यो संसाभरि हुने मातृ मृत्युदरको मुख्य कारण हो। यसले आमा र बच्चा दुवैको ज्यानै जान सक्छ। बच्चा सानो हुनसक्छ वा आमा काँपेको कारण समय नै नपुगी बच्चा निकाल्नुपर्ने हुनसक्छ।

सङ्केत
गर्भवती भएपछि केही महिलाहरूमा मधुमेहको समस्या पनि देखिन्छ। गर्भमा बच्चा आएपछि आमाको रक्तसञ्चारमा आउने व्यापक परिवर्तनका कारण यस्ता स्वास्थ्य समास्या देखा पर्ने डा. उमा श्रीवास्तव बताउँछिन्। उनका अनुसार खुट्टा धेरै सुन्निने, गर्भवती महिलाको अस्वाभाविक रूपमा तौल बढ्नु र अत्यधिक भोक लाग्नु यस्ता समस्याको सङ्केत हुन सक्छन्।

वंशाणुगत
उनका अनुसार गर्भवती महिलाको आमा र बाबु दुवै मधुमेहको बिरामी रहेको खण्डमा यस्तो समस्या हुने सम्भावना बढी हुन्छ।नियमित स्वास्थ्य परीक्षणद्वारा यस्ता स्वास्थ्य समस्या समाधान हुने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योति अग्रवाल बताउँछिन्।

परीक्षण
तर प्रायः समस्या गम्भीर भएपछि मात्र गर्भवती महिलाहरू चिकित्सक कहाँ पुग्ने गरेको उनले बताइन्। नियन्त्रणमा राख्न सक्यो भने सामान्य गर्भावस्था र यस्तो समस्यामा खासै फरक पर्दैन। तर सबै महिलाहरूले नियमित स्वास्थ्य परीक्षण गराउँदैनन् र समस्या विकराल भएपछि मात्र अस्पताल पुग्छन्। यो बच्चा र आमा दुवैका लागि घातक हुन्छ। 

गर्भवती भएपछि बढेको रक्तचाप र मधुमेह दुवै सामान्यतयाः सुत्केरी भएको छ हप्ताभित्र पहिलेकै सामान्य अवस्थामा पुग्ने चिकित्सकहरूको भनाइ छ। तर केहीको भने यो नघटेको पनि देखिएको चिकित्सकहरू बताउँछन्। यस्ता महिलाले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने उनीहरूको सुझाव छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement