Advertisement
Advertisement
Advertisement
Advertisement

गण्डकी प्रदेशले जटिल सुत्केरी समस्या समाधानका लागि बर्थिङ सेन्टर स्थापना गर्ने

  |      19:24:00   |  
गण्डकी प्रदेशले जटिल सुत्केरी समस्या समाधानका लागि बर्थिङ सेन्टर स्थापना गर्ने

फागुन १४, पोखरा । गण्डकी प्रदेशले गर्भवती सेवाअन्तर्गत सुत्केरी हुने क्रममा देखिने जटिल समस्या समाधान गर्न हवाई उद्धारलाई प्राथमिकता दिएको छ । यस क्रममा सामाजिक विकास मन्त्रालयले कार्यविधि स्वीकृत गरी त्यसका लागि आर्थिक वर्ष २०७५/०७६ रु २० लाख विनियोजनसमेत गरेको छ । 

गत हप्तामात्र उच्च रक्तचापका कारण मस्तिष्क तथा मिर्गौलामा समस्या देखिएकी एक महिलालाई सुत्केरी गराउन कठिन भएकाले यहाँस्थित मणिपाल शिक्षण अस्पतालबाट हवाई उद्धार गरेर काठमाडौँ पठाइएको उक्त मन्त्रालयका सूचना अधिकृत तथा वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माले राससलाई जानकारी दिनुभयो । 


यस प्रदेशका जिल्लाबाट पोखराका सुविधसम्म अस्पतालमा कति गर्भवतीको हवाई उद्धार गर्नुपर्छ भन्ने यकिन तथ्याङ्क मन्त्रालयसित नभए पनि विशेषगरी मनाङ, मुस्ताङ, गोरखा, म्याग्दी, लमजुङ, पर्वत र बागलुङका माथिल्ला क्षेत्रबाट गर्भवतीलाई हवाई उद्धार गर्नुपर्ने बताइन्छ । सूचना अधिकृत शर्माले प्रदेशअन्तर्गतका सबै जिल्लाका सबै वडातहसम्म बर्थिङ सेन्टर स्थापना गर्ने लक्ष्य मन्त्रालयको रहेको बताउनुभयो । बर्थिङ सेन्टर स्थापनाका लागि रु एक करोड ९९ लाख विनियोजनसमेत गरिएको छ । 
- रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement