Advertisement
Advertisement
Advertisement
Advertisement

कसरी मेट्ने कलंक ?

वेब तस्विर
वेब तस्विर

गौरीबहादुर कार्की

असोज ८, काठमाडौं । किशोरी बलात्कार र हत्या घटनाले यत्रो रूप लेला भन्ने अनुसन्धान अधिकारीहरूले कहिल्यै सोचेनन् । यो घटनाले राज्य सञ्चालकहरूको नाकमा कालो लागेको छ । प्रहरी प्रशासनमात्र होइन, राज्यमाथि अविश्वास पैदा भइरहेको छ । यो अविश्वास र आशंकालाई राज्यले विश्वासमा परिवर्तन गर्न ढिलो गर्नु हुँदैन ।

 

साथीकहाँ पढ्न साउन १० गते घरबाट हिँडेकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट मृत फेला परिन् । बलात्कार गरी हत्या भएको देखियो । अपराधले प्रमाण छाडेर जान्छ भनिन्छ । तर निर्मला हत्याकाण्डमा घटनास्थलमा छाडेका सबै प्रमाण तहकिकात गर्ने प्रहरीले नियोजित रूपमा नष्ट गर्न खोजेको देखिन्छ ।

 

घुँडा–घुँडासम्म पानी भएको उखुबारीमा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो । मृतकको सुरुवाल धोइदिनु, योनि पखालिदिनु प्रमाण नष्ट गर्ने हर्कत थिए । अन्यत्र बलात्कार र हत्या गरेपछि शव त्यहाँ लगेर फालिएको देखिन्छ । शव नजिकै निर्मलाको ब्याग र कापी–किताब थिए । कापी, किताब, ब्यागको औंठाछाप लिइएन । धनगढीमा रहेका तालिम प्राप्त कुकुरलाई सुघाएर अपराधी खोज्ने काम गरिएन । विरोध प्रदर्शन हुँदा प्रहरीको गोलीले एक प्रदर्शनकारीको मृत्यु र केही घाइते हुनपुगे । निर्मलाका लागि न्याय माग्दै प्रदर्शन जारी छ । 

 

यो घटनाको अपराध अनुसन्धानमा प्रहरीको सुरुदेखिका तहकिकात विवादको भुमरीमा परे । रानीबारी हत्याकाण्ड, पद्म ठकुराठीको ज्यान मार्ने उद्योग मुद्दा लगायतका घटनामा प्रहरीले राम्रो सफलता प्राप्त गरेका छन् । तर यत्रो चर्चित घटनामा समेत हाम्रा प्रहरी र प्रशासनले अनुसन्धानमा सफलता पाउनसकेको छैन ।

 

प्रहरी महानिरीक्षक, गृहमन्त्री, संसद्, प्रधानमन्त्री र राष्ट्रपतिको समेत यो घटनामा ध्यान पुगिसकेको छ । सबै आश्वासन दिनमै व्यस्त छन् । संसद्मा समेत यो घटनाका अपराधी तुरुन्त पत्ता लगाउन आवाज आएको छ । निर्मलाको हत्यामा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसंँग राष्ट्रपति विद्यादेवी भण्डारीले समेत आग्रह गर्नुभएको देखियो । 

 

प्रत्येक जिल्लामा गुप्तचरी गर्न सरकारी निकाय राष्ट्रिय अनुसन्धान विभागको कार्यालय र पदाधिकारी हुन्छन् । जिल्ला प्रहरी प्रमुख, प्रजिअ र उनीहरूलाई सुराकी खर्च पनि दिइएको हुन्छ । पञ्चायत कालमा सुराकी र गुप्तचरलाई पञ्चायत विरोधी बहुदलीय विचारधाराका नागरिकको जासुसी गर्न लगाइन्थ्यो ।

 

बहुदल आएपछि सत्तारुढ दल बाहेकका दलहरूको क्रियाकलापको सुराकी गर्न लगाइन्छ । राष्ट्रिय सिमाना, राष्ट्र विरोधी क्रियाकलाप, हत्या अपराध, लागुऔषध, जीउ मास्ने–बेच्ने आदि राष्ट्रिय चासोका विषय र अपराधमा गुप्तचरले सुराकी गर्नुपर्दैन । जुन निर्मलाको घटनाले पुष्टि गरेको छ । 

 

गृह मन्त्रालयले कारागार विभागमा महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा भदौ ७ गते उच्चस्तरीय छानबिन समिति बनायो । समितिका सदस्य उपसचिव वीरेन्द्र केसीले शक्तिशाली अपराधीबाट जुनसुकै समयमा आफ्नो हत्या गर्नसक्ने सम्भावना रहेको भन्दै ज्यानको सुरक्षा माग गरी समितिबाट राजीनामा गरे । सरकारबाट आश्वस्त भई भोलिपल्टै राजीनामा फिर्ता लिए ।

 

यो समितिले दिएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले तत्कालीन अनुसन्धानकर्ताहरू डीएसपी ज्ञानबहादुर सेठी, सीआईबीबाट खटिएका डीएसपी अंगुर जीसी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट, एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको छ । कञ्चनपुरका एसपी डिल्लीराज विष्टलाई पहिल्यै निलम्बन गरिएको थियो ।

 

विष्टले गरेको अनुसन्धान ज्यादै विवादित हुनपुग्यो । अनुसन्धानमा सीआईबीको डीएसपी जीसीको टोली, प्रहरी प्रधान कार्यालयबाट पठाएको अर्को टोली पनि सफल भएनन् । अनुसन्धानमा प्रहरी चुकेकै हो भन्ने सीआईबीका पूर्वप्रमुख हेमन्त मल्ल ठकुरीको भनाइ छ । जिल्लाका प्रहरी नेतृत्वको चंगुलमा सीआईबी फँसेको स्थानीयको आरोप छ । प्रहरीको एउटा समूहलाई हत्यारा यो हो भन्ने थाहा पाएर बचाउन लागेको आरोप लागेको छ । 

 

पछिल्लो पटक सरकारले डीआईजी हाल एआईजी धीरु बस्नेतको अध्यक्षतामा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ । यसले प्रहरीबाट यो घटनामा सुरुदेखि भएका अनियमिता छानबिन गर्छ । अपराध अनुसन्धान भने कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले गर्ने भएछ । नवगठित समितिले समेत कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई सहयोग गर्ने बताइएको छ ।

 

प्रहरीले पहिले नै एसपी डिल्ली विष्ट, निजका छोरा किरण विष्ट, कञ्चनपुर मेयरका भतिजा आयुष विष्ट लगायतको डीएनए परीक्षाका लागि रगत लिइसकेको छ । डीएनए परीक्षणमा केहीको मेल नखाएको सार्वजनिक भइसकेको छ । 

 

बस्नेत नेतृत्वको छानबिन समितिले केही विषयमा ध्यान दिनुपर्छ । मृतक निर्मला पन्तको डीएनए जबर्जस्ती करणी गर्ने अपराधीसंँग मात्र मिल्ने हुन्छ । त्यसैले डीएनए परीक्षणमा मात्र सीमित हुनुभएन । अनावश्यक व्यक्तिको डीएनए परीक्षण गराएर समय खेर फाल्नु हुँदैन ।

 

यो घटना र अनुसन्धान तहकिकातसँंग सम्बन्धित प्रहरी र आशंका गरिएका सबैको कल डिटेल लिनुपर्छ । फेसबुक, मेसेन्जर, भाइबर, फोन सम्पर्क आदि सामाजिक सञ्जाल समेतका अभिलेखका आधारमा अपराधको सूत्र पहिल्याउन सकिन्छ । ती सम्बन्धित प्रहरी, निजका परिवार र अन्य सम्बन्धित समेतको कल डिटेल लिनुपर्छ । 

 

रातभर पानी परेकामा पानीको छेउमा निर्मलाको शव फेला पर्नु, उनका ब्याग र किताब नभिज्नु, प्रहरीले मृतक निर्मलाको सुरुवाल फुकालेर धोइदिनु, गुप्तांगमा पानी छ्यापिदिनु, शव जलाउन हतार गर्नु, वस्त्र जलाइदिनु आदि कार्यबाट सुरुका अनुसन्धान अधिकारीको क्रियाकलाप सन्देहात्मक भएको छ । जलाउन मुचुल्का बस्ने मामा भन्ने तीर्थराज लगायत दबाब दिनेहरूसंँगको सूत्र पहिल्याउनुपर्छ । घटनास्थल, नभिजेको ब्याग र किताब आदि अनुसन्धानका विकृतिलाई एक–एक गरी केलाएर एकअर्काका सूत्रको आधारमा बयान लिनुपर्छ । 

 

उपसचिव वीरेन्द्र केसीले शक्तिशाली अपराधीबाट जुनसुकै समयमा आफ्नो हत्या गर्नसक्ने प्रबल सम्भावना रहेको भन्ने सम्बन्धमा समेत बुझिनुपर्छ । अपराध अनुसन्धान गर्न गएको टोलीले प्रमाण संकलन गर्ने, प्रमाण बचाएर राख्ने कुरामा सतर्क हुन कसैले सिकाउनुपर्ने थिएन । यो घटनामा सुरुदेखि गल्तीमाथि गल्ती हुँदै आएको छ । अपराधी पत्ता लगाउने कार्यमा किन उल्टो दिशातिर खोलो बगेको हो ? सबैसंँग पोलिग्राफी पद्धतिबाट पूर्ण अनुसन्धान तहकिकातको आधारमा बयान लिनुपर्छ ।

 

बतासे रूपमा पोलिग्राफी प्रयोग गरेर बयान लिन हतार गरिनु हुँदैन । कल डिटेल र अन्य सामाजिक सञ्जालको सम्पर्क अभिलेख लिएपछि उनीहरूसँंग सोध्ने प्रश्न गम्भीरतापूर्वक तयार गर्नुपर्छ । जस्तो प्रश्न सोध्यो, उस्तै जवाफ आउँछ । एक–अर्कासंँग सम्पर्क किन गरियो भन्नेतर्फ विचार पुर्‍याउनुपर्छ ।

 

पोलिग्राफी प्रयोग गर्दा जबर्जस्ती करणी गरेको हो–होइन भन्नेमात्र कोरा प्रश्नले अपराधीको नजिक पुग्न सकिँदैन । प्रश्न बनाउँदा सामान्य जबर्जस्ती करणी गरेको हो–होइन मात्र भन्ने सूचक खालको प्रश्नले छानबिन असफल हुन सक्नेतर्फ ध्यान दिनुपर्छ । बस्नेत समिति आफूहरूको विज्ञ क्षमता पूर्ण प्रयोग गरेर राष्ट्रिय लाज बचाउन सफल हुन सकोस् ।

 

लेखक विशेष अदालतका पूर्वअध्यक्ष हुन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement