Advertisement
Advertisement
Advertisement
Advertisement

एटिएमजस्तै सेनेटरी प्याड मेशिन : विद्यालयमा एटिएमबाट पैसा झिकेजस्तै सेनेटरी प्याड झिक्ने व्यवस्था

  |      18:13:00   |  
Symbolic Image
Symbolic Image

असार ४, स्याङ्जा । फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ माध्यमिक  विद्यालयमा एटिएमबाट पैसा झिकेजस्तै गरी सेनेटरी प्याड झिक्न सकिन्छ । विद्यालयका छात्राले आफूलाई आवश्यकता परेका समयमा विद्यालयमा जडान गरिएको सेनेटरी प्याड मेशिनमा एटिएमबाट कार्ड छिराएर पैसा झिके जसैगरी स्मार्ट कार्ड छिराएर  प्याड निकालेर प्रयोग गर्न पाएपछि छात्रामा खुशीयाली छाएको छ । 

कक्षा १० की अङ्किता खड्काले विद्यालयमा भेन्डिङ मेशिन राखेपछि धेरै सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेशिन हुनुभन्दा पहिले कक्षाकोठामा पढ्दापढ्दै रजस्वला भएमा पढाइ नै छाडेर घर जानुपर्ने बाध्यता थियो । अहिले त्यो समस्या छैन ।”सोही विद्यालयकी कक्षा ९ की प्रतीक्षा शर्माले रजस्वला हँुदा विद्यालयमा डराइडराइ आउनुपर्ने र बिदा मागेर कक्षा बीचमै छाडेर घर जानुपर्ने बाध्यता  मेशिन आएपछि अन्त्य भएको बताउनुभयो । विद्यालयकी शिक्षिका जमुना काफ्लेले मेशिन प्रयोगमा आएसँगै छात्राको सिकाइमा धेरै सहजता पाइएको अनुभव सुनाउनुभयो । पहिले पहिले छात्राले लुकाउने गरेका कुरा यन्त्रको प्रयोगसँगै खुलेर राख्न थालिएको र  यसले नतिजामा समेत राम्रो प्रभाव पारेकोे शिक्षिकाको भनाइ थियो । 

कक्षा ६ देखि माथिका छात्रालाई लक्ष्य गरी गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको संयुक्त सहकार्यमा रु ८८ हजारको लागतमा महिनावारी स्वच्छता व्यवस्थापनका लागि विद्यालयलाई भेन्डिङ मेशिन उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । रजस्वला भएकै कारण कक्षा छाड्ने विद्यार्थीले अब यो समस्याबाट छुट्कारा पाउने गाउँपालिका उपाध्यक्ष देवी थापाले विश्वास व्यक्त गर्नुभयो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement