Advertisement
Advertisement
Advertisement
Advertisement

बोक्सीको आरोपबाट पिडित आमाछोरीलाई सामाजिक बहिस्कार

  |      13:47:00   |  
वेब तस्विर
वेब तस्विर

►हरिराम उप्रेती
साउन २१, गोरखा — बोक्सी आरोप लगाउँदै धार्चेका स्थानीयले आमाछोरीलाई सामाजिक वहिष्कार गरेका छन् । दुव्र्यवहार गर्ने स्थानीयका विरुद्ध जिल्ला प्रहरीमा निवेदन दिएपछि उनीहरू झनै असुरक्षित भएका छन् । सुरक्षा माग्दै आमाछोरी प्रहरीमा आएका छन् ।

 

आरोपी पक्राउ गर्न सादा पोसाकमा गाउँ पुगेका प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि धार्चेमा तनाव छ । ‘शनिबार त्यहाँ पुगेको टोलीमाथि उनीहरू जाइलागे । त्यसपछि आरोपीलाई पक्राउ गर्न सकिएन,’ एसपी विमल बस्नेतले भने, ‘ढिलोचाँडो नियन्त्रणमा लिएरै छाड्छौं ।’ मान्बु चौकीबाट सादा पोसाकका प्रहरी परिचालन गरिएको थियो । रित्तै फर्केपछि थप बलसहित अर्को टोली खटाउने तयारी भइरहेको एसपी बस्नेतले बताए । उजुरी दिएका आमाछोरीलाई आरोपीले धम्क्याउन छाडेका छैनन् ।

 

यसरी भयो घटना 
गत मंसिरमा गाउँकै ५२ वर्षीय भीम गुरुङ बिरामी परेका थिए । रगत बान्ता गर्न थालेपछि धामीझाँक्रीले बोक्सी लागेको र ती छिमेककै आमाछोरी रहेको बताए । उपचारार्थ चितवनसम्म पुगे पनि गुरुङ निको भएनन् । साउन १० मा उनको मृत्यु भयो । भोलिपल्ट अन्तिम संस्कारका लागि चिहानडाँडा लगिएको शवलाई धामीले ‘पेटमा बोक्सीले खुवाएका भ्यागुता, सर्प, माछा र छेपारो हुन्छन्, चिरेर हेर्नुपर्छ’ भनेका थिए । मलामी गएका केहीले गुरुङको सदगतअघि पेट चिरेर हेरेका थिए ।

 

स्थानीयका अनुसार चैत २४ गते राति धामीले बोक्सी बकाउने भन्दै मध्यरात आमाछोरीलाई झिकाएर कालो कुखुरा काटे । रगतको टीका लगाइदिँदै दुव्र्यवहार गरे । धामीले आरोप लगाएपछि छरछिमेकबाट अपमानको सिकार भएका आमाछोरी ज्यानकै असुरक्षा भएपछि गत जेठ पहिलो साता मान्बु प्रहरीचौकी पुगेका थिए ।

 

चौकीले सामान्य घटना भन्दै मिलापत्र गरेर पठाएको खुलेको छ । मिलापत्रपछि पनि अपमानका घटना रोकिएनन् । गुरुङको मृत्यु भएपछि आमाछोरी सदरमुकाम पुगेर न्यायका लागि जिल्ला प्रहरी कार्यालय पुगे । धामीले आरोप लगाएपछि आमाछोरीसहित पीडित परिवारलाई स्थानीयले सामाजिक भेला र संस्कारका काममा बोलाउन छाडेका थिए । मृत्यु भएकाका घरमा पठाएको सिदा फिर्ता गरिदिने र छोएको नखानेजस्ता गतिविधि चलाएका थिए ।

 

जाहेरी आउनेबित्तिकै आरोपी फरार हुन सक्ने भन्दै प्रहरीले घटना सार्वजनिक नगर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेको थियो । टोली परिचालन गरे पनि स्थानीयले अवरोध गरी आरोपी पक्राउ गर्न नदिएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको छ । जाहेरीमा उल्लेख भएको ‘गुरुङको अन्तिम संस्कारअघि पेट चिरेको’ घटना अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ । शनिबारै मुख्य आरोपी फरार भइसकेको हुन सक्ने प्रहरीको शंका छ । ‘अब आरुघाट चौकीबाट थप टोली त्यहाँ जान्छ,’ एसपी बस्नेतले भने, ‘मुख्य आरोपीलाई जसरी भए पनि पक्राउ गर्ने कोसिसमा छौं ।’

 

कसरी फर्कनु घर ?
आमाछोरीले सदरमुकाम आएर उजुरी दिएका थिए । सामाजिक बहिष्कारमा परेर अपमान खेपिरहेका उनीहरूलाई आरोपितले उल्टै धम्क्याइरहेका छन् । ‘त्यहाँ आमालाई पनि असुरक्षा भएको खबर छ । अब घर पनि कसरी जाने होला,’ छोरीले भनिन् । प्रहरीमा किन पुगेको भन्दै पीडक पक्षले धम्क्याएको उनले बताइन् । घटनास्थल गोरखा सदरमुकामबाट उत्तरतर्फ पर्छ । गाडीमा सोतीसम्म ६ घण्टाको यात्रापछि एक दिन पैदल हिंडेपछि मात्रै पुगिने उक्त गाउँमा सुरक्षाको उचित प्रबन्ध गरेर मात्रै जाने तयारी प्रहरीले गरेको छ ।

कान्तिपुर दैनिकमा प्रकाशित खबर 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement