Advertisement
Advertisement
Advertisement
Advertisement

अन्तरराष्ट्रिय शान्ति पुरस्कार मेनहर्टलाई

  |      14:22:00   |  
वेब तस्विर
वेब तस्विर

असार १९ काठमाडौं । डा डिल्लीरमण रेग्मी प्रतिष्ठानले इतिहास, संस्कृति तथा पुरातत्वविद् हरेराम जोशीलाई डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार तथा नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिष्टियन मेनहर्टलाई अन्तराष्ट्रिय शान्ति पुरस्कार डा. डिल्लीरमण रेग्मी पुरस्कार–२०७४ आज  प्रदान गरेको छ ।रेग्मी राष्ट्रिय शान्ति पुरस्कारको राशि रु १ लाखसहित सम्मानपत्र छ भने रेग्मी अन्तराष्ट्रिय शान्ति पुरस्कारमा गौतम बुद्धको मूर्तिसहित सम्मानपत्र छन् । 

 


प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा ती पुरस्कार वितरण गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पोखरेलले हरेक क्षेत्रमा अध्ययन तथा अनुसन्धानविना राष्ट्र अघि बढ्न नसक्ने बताउँदे किताब पढ्ने संस्कृति बढाउन सरकारले १० बुंँदे मार्गचित्र ल्याएको जानकारी दिनुभयो । मन्त्री पोखरेलले गत वर्ष एसइई परीक्षाफलमा मानवीय तथा प्राविधिक त्रुटि भएकाले गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले माथेमा आयोगको प्रतिवेदनको मूल मर्मलाई जोगाएर सरकारले शिक्षा क्षेत्रको समस्या समाधान खोजेको बताउनुभयो । 

 


मन्त्रालयका सचिव खड्गराज बरालले प्रतिष्ठानले शान्ति र शिक्षा क्षेत्रमा गरेको योगदान अविष्मरणीय रहेको बताउनुभयो । पुरस्कृत व्यक्तित्व जोशीले गौतमबुद्ध र महात्मा गान्धीका अनुयायी तथा शान्तिका पक्षपाती डा डिल्लीरमण रेग्मीको योगदान देशले सधैँ सम्झिरहने बताउनुभयो । अर्का पुरस्कृत व्यक्तित्व मेनहर्टले राजनीतिका साथै इतिहासमा पनि रुचि राख्ने डा. रेग्मीले बुद्ध तथा गान्धीको सन्देश फैलाउन महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

 


डा डिल्लीरमण रेग्मी–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिका अध्यक्ष डा तुलसीप्रसाद भट्टराईले डा रेग्मीको इच्छाबमोजिम स्थापना भएको दर्शन, राजनीतिशास्त्र तथा इतिहासका पुस्तक रहेको पुस्तकालयबाट सर्वसाधारण नागरिक तथा विद्यार्थी लाभान्वित हुने बताउनुभयो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement