Advertisement
Advertisement
Advertisement
Advertisement

न्यूनदृष्टियुक्त भोला र भावुकका सफलताका पाना

  |      18:00:00   |  
न्यूनदृष्टियुक्त भोला र भावुकका सफलताका पाना

जेठ १६, नेपालगञ्ज । मानिसको बाहिरी आँखा जति सुन्दर र मनमोहक सुन्छ, त्योभन्दा अझ धेरै मनको आँखा प्रभावकारी हुन्छ । बाहिरी आँखाले नदेख्नेलाई सबैखाले अवसर उपलब्ध गराउनाका साथै माया पनि गरियो दृष्टिविहीन र न्यूनदृष्टि भएकाहरु प्नि सामान्य मानिस जस्तै सबल र सक्षम हुन सक्छन् भन्ने प्रमाणित भइसकेको छ ।

 

यसका ज्वलन्त उदाहरण हुन् ३७ वर्षीय दृष्टिविहीन भोला त्रिपाठी । स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका उहाँले २०६२ सालदेखि नेपालगञ्जस्थित मङ्गलप्रसाद माविमा शिक्षकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । सो विद्यालयमा अध्ययनरत ४० भन्दा बढी दृष्टिविहीन र न्यूनदृष्टि भएका  बालबालिकाका साथै किशोरकिशोरीलाई भोलाले पढाइरहनुभएको छ । 

 

बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखरमा जन्मनुभएका उहाँ जन्मजात दृष्टिविहीन हुनुहुन्छ । “दृष्टि नभएको बोध हुने उमेरदेखि नै यो शोकलाई मैलै शक्तिमा बदल्ने अटोठ गरेको थिए । पछि नेपालगञ्ज आएर शिक्षा विषयमा स्नातक गरेर आफू जस्तै दृष्टिविहीन र न्यून दृष्टिभएका  बालबालिकालाई बे्रललिपिबाट अध्ययन गराइरहेको   छु”, भोलाले विगत सम्झँदै भन्नुभयो । 

 

भोलाकी धर्मपत्नी शिक्षिका सुस्मिता थापा न्यूनदृष्टि भएको व्यक्ति हुनुहुनुहुन्छ । सुस्मिताले बाँकेको लक्ष्मी माविमा सामान्य विद्यार्थीहरुलाई अध्यापन गराइरहनुभएको छ ।

 

यसैगरी नेपालगञ्ज–११ का भावुक थापा पनि भोला जस्तै नेपाली समाजका लागि एक उदाहरणीय व्यक्तित्व बन्नुभएको छ । एक्काइस वर्षको उमेरमै २०५१ सालमा ह्याण्डबल खेल्ने क्रममा कञ्चटमा बलले लागेर दृष्टि गुमेको घटना  भावुकका लागि ठूलो पीडादायी बन्न पुगेको छ । परिवारको साथ र सहयोग पाएपछि नियतिसँग सम्झौता गरेर अघि बढ्ने प्रण भावुकले गर्नुभयो र अहिले उहाँ पनि शिक्षण पेशामै हुनुहुन्छ । “शुरुआतमा गुमेको दृष्टि फर्कन्छ कि भनेर धेरै प्रयास परिवारबाट भयो । सम्पत्ति पनि धेरै खर्च भयो, जीवनदेखि निराशा पनि त्यत्तिकै थियो  तर दृष्टिविहीन र अपाङ्गता भएका विश्वका अन्य व्यक्तिहरुका सफलताका, सङ्घर्षका कथा सुनेपछि आफूले पनि केही गर्नुपर्छ भनेर नियतिसँग सम्झौता गरेर अघि बढेका हूँ”, ४८ वर्षीय भावुकले विगत स्मरण गर्दै भन्नुभयो ।  

 

स्नातकसम्म अध्ययन गर्नुभएका उहाँ नेपालगञ्जस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा २०५६ देखि शिक्षण पेशामा संलग्न हुनुहुन्छ । भावुकले विद्यालयका तीन र चार कक्षाका विद्यार्थीलाई प्रायः सबै विषय पढाउने गर्नुभएको छ । सामान्य अवस्थाकी उहाँकी धर्मपत्नी मीना थापा कुनै पेशामा भने संलग्न हुनुहुन्न । 

 

दृष्टिविहीन शिक्षक भोला र भावुक शिक्षण पेशामा मात्र सीमित हुनुहुन्न । अन्य दृष्टिविहीन, न्यूनदृष्टि भएका र अपाङ्गता भएकाहरुको भविष्य राम्रो बनाउने अभियानमा समेत उहाँहरू संलग्न हुनुहुन्छ । भोला नेपाल नेत्रहीन सङ्घको कोषाध्यक्ष र भावुक सचिवको जिम्मेवारीमा हुनुहुन्छ । बाँके जिल्लाका करीब ६०० दृष्टिविहीन र न्यूनदृष्टि भएका बालबालिका, किशोरकिशोरी, युवा र ज्येष्ठ नागरिकको जीवन सरल र सहज बनाउने लक्ष्य, उद्देश्य उहाँहरुसँग छ । 

 

जिल्लाका दृष्टिविहीन, न्यूनदृष्टिविहीनहरुलाई शिक्षा, सीप विकास तालीम र रोजगार दिलाउने र उनीहरुको अधिकारका लागि सङ्घर्ष गर्दै आएका भोला र भावुकको अभियानमा अन्य पक्षको सहयोग र सहकार्य पनि त्यत्तिकै आवश्यक पनि छ । ‘अपाङ्गता भएकाहरुले प्नि हामी जस्तै भावना, इच्छा, आकाङ्क्षा र चाहना बोकेका हुन्छन् भन्ने सन्देश नेपाली समाजमा पु¥याउनु र सबैलाई उच्च सम्मान गर्न सिकाउनु नै हाम्रो अभियानको उद्देश्य र लक्ष्य हो’, भोलाको भनाइ छ ।

 

‘बाहिरी आँखाले नदेखे पनि दृष्टिविहीन र न्यूनदृष्टिविहीनहरुसँग भित्री क्षमता धेरै हुन्छ । उनीहरुले अवसर पाए कुनै कुरामा पनि पछि पर्दैनन् । दृष्टिविहीनहरु पनि शिक्षकदेखि अधिकृतसम्मको पदमा काम गरिरहेका छन् । उनीहरुलाई क्षमताअनुसारको रोजगारी दिनुपर्छ र अवसर पाए दृष्टिविहीनले पनि धेरै ठूलाठूला काम गर्न सक्छन्’, थापाको ठम्याइ छ । 
- रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement