Advertisement
Advertisement
Advertisement
Advertisement

मूर्तिकारलाई कसरी आफ्नै कलाले विषाक्त बनायो

  |      17:48:00   |  
वेब तस्विर
वेब तस्विर

माघ ८, काठमाडौ । कलाकारहरूका लागि आफ्नो कला जीवन र मृत्युको सवाल मानिन्छ। गिलियन गेन्सरका लागि भने त्यो कुरा वास्तवमै साँचो भइदियो।पन्ध्र वर्षसम्म उनले एडमको मूर्ति बनाउन अथकरुपमा समुद्रमा पाइने सिपीहरूलाई बालुवाले सफा गर्ने र आकार मिलाउने कार्य गरिन्। एडमलाई इस्लाम, यहुदी र इसाई धर्ममा भगवानले बनाएको पहिलो मानिसको रुपमा मानिन्छ।यो कार्य गरिरहदा गेन्सर रोगप्रतिरोधी क्षमता कम हुने र शरीरमा नयाँ कोषिका नबन्ने एक प्रकारको रोगबाट ग्रसित भइन्।पृथ्वीमा मानव जीवन शुरु गरेको व्यक्तिको मूर्ति बनाइरहेकै कारण उनको जीवन खतरामा परेको भने उनलाई थाहै भएन।

 

 

प्राकृतिक सामग्री
क्यानडाको टोरन्टो निवासी गेन्सरले सन् १९९१ मा सिपी, सुकेको बिरुवा र जनावरका हड्डीहरू जस्ता प्राकृतिक सामग्री प्रयोग गरेर मूर्तिकला शुरु गरेकी थिइन्।सन् १९९८ मा यहुदी लोककथाहरूमा पहिलो महिला भनेर वर्णन गरिएकी लिलिथको मूर्ति अण्डाको बोक्रा पूरा गरेकी थिइन्।त्यसपछि उनले नीलो रङका सिपीहरू प्रयोग गरेर एडमको मूर्ति बनाउने सोचिन् । प्रशान्त महासागरबाट ल्याइएका ती सिपीहरू उनी टोरन्टोको चाइनाटाउनमा थोकमा किन्थिन् र आफूलाई चाहिएको आकारप्रकारको सिपी छान्थिन्।''म दिनको १२ घण्टासम्म सिपीलाई एडमको जीउमा मिलाउन बालुवाले सिपी सफा गर्थेँ,'' उनले टोरन्टो लाइफ पत्रिकालाई भनिन्।सिपीहरू गज्जबसँग मांसपेशी जस्तै देखिन्छन। मैले हजारौं सिपीहरू सफा गरे। साथीभाईलाई र परिवारलाई म हप्ताको दुईरतीन पटक यसको परिकार खुवाउथेँ।

 

 

शुरुवाती लक्षणहरू
एडममा काम गर्न थालेको केही महिनापछि नै गेन्सर बिरामी पर्न थालिन्।मलाई चौबिसै घण्टा रिस उठ्थ्यो। मलाई टाउको दुखिरहन्थ्यो र कहिलेकाँही त वाकवाकी नै लाग्थ्यो, उनले लेखिन्।''मैले रोग पहिचानका लागि सबै विशेषज्ञ चिकित्सकहरूलाई भेटेँ। उनीहरूले मलाई विषालु वस्तुसँग काम गर्नुहुन्छ भनेर सोध्थे र मैले जहिले पनि म प्राकृतिक वस्तुसँग मात्रै काम गर्छु भन्थेँ।''गेन्सरले मृत्युको मुखमा पुगेको महशूस गर्थिन तर एडमलाई पूरा गर्न चाहन्थिन् ।लक्षणहरू समयसँगै बढ्दै गए र केही समयपछि उनी दिनको केही घण्टा काम गरेपछि हलचल गर्नै नसक्ने भइन् । उनको हात दुख्थ्यो र उनी केही समाउनै नसक्ने हुन्थिन् ।आफूलाई के भइरहेको छ थाहै नभइ गेन्सरलाई मृत्युको आभास हुन थालेको थियो। बीबीसीसँग कुरा गर्दै उनले भनिन्,''म कमजोर थिएँ, मलाई सारै गाह्रो भएको थियो र म सोच्थेँ मर्नु अगाडि मैले यो कला पूरा गर्नैपर्छ ।''

 

 

कडा डिमेन्सिया
उनले बीबीसीलाई भनिन्स् ''अन्त्यतिर मलाई बुढेसकालमा देखिने बिर्सिने रोग डिमेन्सियाको जस्तो सबै लक्षण थियो। म कुनै एउटा सोचलाई कायम राख्न सक्दिन थिएँ। मलाई केही कुरा याद हुदैन्थ्यो। म सामानहरू उल्टोपुल्टो राख्थेँ।''''म सारै रिसाही भएँ, बेचैन भएँ, आशाविहीन भएँ र आत्महत्या गर्न चाहन्थेँ।''उनले लेखेकी छन्स् ''मानसिक अस्वस्थताको एउटा समयमा म सडकमा फोहोर बाल्दै हिँड्थेँ।''मैले मनोचिकित्सक पनि भेटेँ तर उनले पनि मलाई के भएको पत्ता पाउन सकेनन्। मैले सबैखाले औषधी खाएँ तर केही फाइदा भएन।''एक दिन उनले आफूले प्रयोग गरिरहेको हड्डी र सिपीले वातावरणबाट बिषालु पदार्थ सोस्ने थाहा पाइन्। बल्ल उनलाई आफ्नो अवस्था त्यस्तो हुनुको कारक तत्व थाहा भयो।सिपीहरू असाध्यै विषालु हुन सक्छन् किनभने तिनले प्रदूषित पानीमा रहेको विष सोसेर लिन्छन्

 

 

पीडादायक सन्देश
सन् २०१५ मा उनलाई कडा विष लागेको कुरा थाहा भयो।''मभित्र आर्सेनिकको मात्रा धेरै थियो र पछि शीशा पनि भेटियो,''उनले भनिन्। उनले दिनका दिन सफा गर्ने सिपीमा सङ्ग्रहित मसिना धूलोका कण यसको कारक थियो।सिपीले पानीमा भएका धातुका कणहरु सङ्ग्रहित गर्छ।गेन्सरले सफा गर्दा ती कणहरू उनको शरीरमा प्रवेश गर्‍यो र उनको शरीरमा बिस्तारै विष फैलँदै गयो।''मेरो शरीर हाम्रो पृथ्वीले के भोगिरहेछ भन्ने कुराको पीडादायक सन्देश हो।,'' उनले टोरन्टो लाइफमा लेखिन्।तर पनि उनी एडमलाई पूरा गर्न चाहन्थिन्।आफ्नो कलाकारिता कायम राख्न गेन्सर अब विशेष होशियार हुनुपर्छ।

 

 

मेरो सुन्दर मृत्युु

एडम सन् २०१५ मा पुरा भयो। यदि उनले त्यो पूरा नगरेकी भए उनको यात्रा बेकारको हुने थियो।गेन्सरका रोगहरूको लक्षण बाँकी छन्। उनी पुरै कान सुन्दिनन् र उनलाई निको नहुने गरि मानसिक समस्या देखिएको छ।उनलाई अलजाइमर्स वा पार्किन्सन्स रोग लाग्न सक्छ।''म पश्चातापको बाटो हिँड्न सक्दिन। हामी हिँडिरहनु पर्छ ।,'' उनले बीबीसीलाई भनिन्।उनले जतिखेर एडमलाई हेर्छिन, एउटा पीडा बल्झिन्छ ।''तर मलाई सन्तोष पनि हुन्छ किनभने एडम साह्रै राम्रो छ । यसरी नै म आशावादी बन्छु। मेलै उसलाई मिल्दो नाम दिएकी छु 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement