Advertisement
Advertisement
Advertisement
Advertisement

सिन्धुलीदेखि पोर्चुगलसम्मको यात्रामा कहिल्यै नथाकेका कुमार श्रेष्ठको प्रेरणदायी जीवन
जहाँ बसे पनि मुलुककै माया लाग्ने रहेछ !

  |      17:22:00   |  
सिन्धुलीदेखि पोर्चुगलसम्मको यात्रामा कहिल्यै नथाकेका कुमार श्रेष्ठको प्रेरणदायी जीवन

कुमार श्रेष्ठ पोर्चुगलमा पुगेर होटल व्यवसाय गर्ने पहिलो नेपाली हुन् । उनले हाल अन्नपूर्ण रेष्टुरेन्ट लगायताका चार वटा होटल पोर्चुगलमा संचालनमा ल्याएका छन् । 

 

►शकुन्तला कटुवाल (पाठक) 

पुस १७, काठमाडौं । जन्मिएपछि हामी बाँच्छौं । तर, कस्तो जीवन बाँच्छौं भन्ने कुरा हाम्रो कलाको कुरा हो । कसैले गुणस्तरिय जीवन बाँच्दछन्, कसैले बेकारको जीवन बाँच्छ । एउटा भनाई छ, ‘जीवन कती लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन । तर, कस्तो जीवन बाँच्छौं, त्यसले खास अर्थ राख्छ । 

यहि भनाईलाई आत्मासाथ गर्दै कुमार श्रेष्ठ जीवनको अर्थ खोज्न थाले । सिन्धुली जिल्लाको ठूलो बनमा जन्मिएका श्रेष्ठ हाल पोर्चुगलमा उदाहरिणय जीवन बाँचिरहेका छन् । हरेक मानिसको आ–आफ्नै भोगाइ हुन्छ । उनको जीवनको कथा पनि यस्तै धेरै कुराले भरिएको छ । 

 

उनले ५ वर्षको उमेरमा आमा गुमाउनु परेको थियो । ५ वर्षको तोते बोलीमा आमा नहुँदा ७ जना दाजुभाई दिदिबहिनीले एउटा सामान्य  घरमा बिताउने समयचक्र कस्तो हुन्छ ? तपाई हामी अनुमान लगाउन बाहेक केहि गर्न सक्दैनौं । 

 

तिहारको बेला भएको त्यो अविस्मरणिय क्षणलाई उनले अहिले पनि भुल्न सकेका छैनन् । एक दिन देउसी भैलो  खेल्न साथिसँग गएर तीन दिन पछि घर फर्कदा बुबाले उनलाई घरमा निकै मज्जाले झपार्नुभयो । त्यहिबेला उनले हठात निर्णय लिए । देउसी भैलो खेलेर आर्जन गरेको १२ रुपैयाँ बोकेर उनी घरबाट निक्लिए । ८/९ वर्षको बालकले अनायासै गरेको निर्णय सही थियो वा गलत त्यो उनलाई पत्तै थिएन् । यसैक्रममा उनी काठमाडौं आइपुगे । उनले त्यो भन्दा अगाडी काठमाडौं ठूलो अवसरको देश हो भनेर सुनेका थिए । यहि बुझाइले काठमाडौं खाल्डोमा होमिएका कुमार श्रेष्ठको जीवन निकै पिडादायी भयो । कहिले उनको बास सडकमै हुन्थ्यो त कहिले ओत लाग्ने घरमा ।


शहरका गल्लीमा हिड्दै गर्दा कहाँ जाने कता ओत लाग्ने दोधार हुँदै अनिश्चित  मार्गतिर बरालिन्थे । पकेटमा भएको १२ रुपैयाँ काठमाडौं आइपुग्ने बितिकै सकिएपछि उनीसँग अन्य उपाय पनि केहि थिएन् । 

एउटा भनाई छ, ‘दुखीको कोहि नभए पनि दैव हुन्छन्’ भने झै एक दिन एक जना मोटर साइकलमा सवार व्यत्तिसँग उनको सम्पर्क भयो । उनी काठमाडौं गेस्ट हाउसका साहु रहेछन् । ति साहु श्रेष्ठका लागि भगवान भएर प्रकट भएका थिए ।  उनले श्रेष्ठलाई स्कुलसम्म जाने वातावरण मिलाई दिए । तर गेस्ट हाउस संचालकसँग उनी लामो समय बस्न पाएनन् किनकी गेस्ट हाउसका मालिक सपरिवार इग्ल्याण्ड प्रस्थान गरे । 


चुच्चे ढुंगो उहि टुंगो भने झै फेरि श्रेष्ठमाथि अर्काे विपत आइलाग्यो । समस्या पहिले जस्तै आइलागेपनि उनी काठमाडौंको वातावरणमा विस्तारै घुलमिल भइसकेका थिए ।  मनदेखि नै हिम्मत नहार्ने अठोट गरेका श्रेष्ठ ठमेलमा लेबर काम गर्न तयार भए । यसपछि उनको जीवनले बिस्तारै कोल्ट फेर्दै गयो । राजधानीमा  रहदा उनीले मिसेज घटोज भन्ने एक जना महिलाको सहयोगले होटेल याक एण्ड यतिमा काम गर्ने अवसर पाए । त्यहि कामले नै उनलाई जीवनको अर्थ खोज्न सिकायो । त्यो कामले नै उनको जीवनमा परिवर्तन ल्याइदियो।


होटेलको नोकरीले श्रेष्ठलाई १८ वर्षको उमेरमा  एभरेस्ट म.म सेन्टर सुरु गर्न प्रेरण दियो । म.म सेन्टरबाट मनग्य आम्दानी हुन थाले पछि उनलाई पुलिस प्रशासनको जागिरको महत्वकाक्षांले तान्यो र कोशिस गरे अपसोच उनको शरीरको उचाईका कारण पुलिस बन्ने उनको धोको पूरा हुन सकेन ।


सोचेकै जस्तो सबैको जीन्दगीमा कहाँ हुँदो रहेछ र उनको इच्छाले मागेको कुरा गुमाउनु पर्यो । चित्त ठोक्दै केहि समय बसे ।उनले सुरक्षा क्षेत्रमा प्रवेश पाउन  सकेनन् । आफुले सोचेको सपना पुरा नभएर विरक्तिएका श्रेष्ठलाई त्यसयता नेपाल नै बस्न मन लाग्न छाड्यो । त्यसैबेला विदेश जाने निर्णय गरे । ९ महिनाको छोरो छाडेर अनेकौं हण्डर उत्तरचढाव छिचोल्दै सन् १९९० मा उनी जर्मन पुगे । 


जीवन एक बग्ने खोला जस्तै हो भने झै उनको जीवनमा पनि उनी गाउँबाट शहर, शहरबाट जर्मनसम्म बग्दै आइपुगे । युरोपको खबरदारी जमाएको जर्मनमा उनी ४ जना साथिहरुको साथमा छिरेका थिए । कामको शिलशिलामा कहिले पाउ फ्याक्ट्रीमा कहिले खेतिमा काम गर्दै उनले आफुलाई विस्तारै सन्तुलनमा ल्याए । 

दिनभरी बिरुवा रोप्ने र पाउरोटि बिक्रि गर्ने कम्पनिको कामले थाकेर उनी बस्ने कोठासम्म आइपुग्दा कामले लखतरान भएर त्यतिकै खाना नखाई कति दिन भोकै सुत्थे । कामको शिलशिलामा छोटो समयमा उनले धेरै ठाउँमा अनुभव संगाले । 


सन् १९९३ ताका नेपालीलाई जर्मन फ्री भिसा थियो । सन् १९९३ मा तत्कालीन प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला जर्मन आए र कोइरालाले जर्मन आएका नेपालीलाइ देशमा कुनै संकट छैन्, नेपालीलाई फर्काइ दिए हुन्छ भन्ने सुचना जर्मन सरकारी अधिकारीलाई दिए लगत्तै जर्मनमा रहेका नेपालीलाई तुरुन्त देश पठाउने अभियान चल्न थाल्यो । जर्मनमा रहेका नेपाली कोही कता कोहि कता हिड्न थाले । भिसा नभएकाहरुलाई विस्तारै कम्पनिले पनि काम दिन छोड्यो । त्यसपछि उनी सँग पनि कुनै विकल्प रहेन ।

जर्मनी सुरक्षाकर्मीले जहाँ भेट्यो त्यहि बाटघर फर्काइदिने बजारमा हल्ला आउन  थालेपछि श्रेष्ठले पनि जर्मन छाड्ने निधो गरे । उनीसँगै काम गर्ने अधिकांश साथिहरु आ–आफ्ना चिनेजानेका व्यक्तिकामा तित्तरबित्तर भए तर उननको युरोपमा चिनेको र सहारा दिने मान्छे भेटिएनन् । तर उनलाई जर्मन छाड्नु थियो त्यसैले उनले एउटा देश त रोज्नु नै थियो, त्यसैले उनले पोर्चुगल रोजे । सन् १९९४ को अप्रिल महिनामा उनले पहिलो पटक पोर्चुगलमा पाइला टेके ।

 

पोर्चुगल आउँदा पनि समस्या एकै, दुख उस्तै नयाँ परिवेश, नौलो भाषा बिरानो संसार, उनका लागि फेरी चुनौति थपियो । तर जनि जीवन देखि हार खाएनन् संघर्ष नै जीवन हो भन्ने सास्वत यथार्थ बाट उनी बिचलित भएनन् । पोर्चुगल आएपछि झन्डै ६ महिनासम्म कोही नेपालीलाई देख्न पाएनन् र नेपाली छन भन्ने पनि सुनेनन् ।

 

धेरैपछि एक जना पाकिस्तानीमार्फत उनले एक जना नेपाली रेस्टुरेन्टमा काम गर्छन भन्ने सुने । उनको नाम नाम यगु थापा अर्थात शिव बहादुर थापा थियो । उनी सन् १९९३ मा भारती पासपोर्टबाट पोर्चुगल आइपुगेका रहेछन । अहिलेको रोसियो नजिकै घर बनाउने कन्स कन्स्ट्रक्सनमा पहिलो पटक भेट भएको उनले बताए । 


उनी अगाडी भन्छन्, –‘झन्डै एक वर्ष सम्म भाषाको ज्ञान नभएकोले कतै कामको मेलोमेसो मिलेन जर्मनमा कमाएको पैसा नै उनले पोर्चुगलमा खर्च गरे । समय बित्दै जादा घर निर्माण गर्ने एक कंपनिमा काम गर्न थाले ।’ एक वर्ष सम्म काम बिहिन हुनुको हुटहुटिले ब्याकुल उनी ढुंगा बोक्ने देखि रड रगड्ने तथा मेसिनरी सामानसँग खेल्दै ज्यानको जोखिम मोल्दै जब्बर काम गर्न जुटे । दुख धेरै झेल्न पर्ने भएतापनि कन्स्ट्रक्सनको काममा उनले आफुमा निखार ल्याए । फलस्वरुप केहि समय पछि आफ्नो नियन्त्रणमा १८ जना सम्म काम लाउने व्यवस्थापन जिम्मेवारी पाउन सफल भए । 


कठिन काम भए पनि उनीले यो कामबाट राम्रो कमाई गरे । विस्तारै पैसा साथमा भयो तर परिवार साथमा भएन । जीवन स्थापीत हुनका लागि उनीसँग उनको लालाबाला हुनु थियो । यो सम्भव त्यतिखेर मात्र थियो जब उनीसँग पोर्चुगलको वैधानिक पेपर हात लाग्नु थियो । यहि प्राप्तिका लागी उनका केहि चिनेका पोर्चुगल साथिले पोर्चुगलकै महिलासँग बिहे गर्न समेत सल्लाह दिन भ्याए । तर उनी यसमा बहकिएनन् तसर्थ अन्य कानुनी विकल्पको खोजी गरे तर समाधानको चुरो पत्तै  लागेन ।


९ महिनाको छोरो छोड्दाको पिडाले उनी घरिघरि आकुल ब्याकुल नभएका होइनन् । एक मनले सबै त्यागेर घर फर्कन पनि चाहेका थिए । उनले कहि सुनेका थिए, जीवनको यात्रामा बिचमा पुगेर पुन फर्किनु पनि त्यतिकै समय लाग्छ भनेर त्यसैले सम्हालिए । अगे्रजीमा एउटा भनाई छ, इमान्दारी मार्ग पछ्याए गलत मार्गबाट जे पनि हुन सक्छ तर असल मार्गले ढिलो चाडो गन्तव्यमा पुर्याउँछ  भन्ने उनले बुझे। 


बैधानिक कागज प्राप्तिका लागि उनले आफ्ना कान सदैब चनाखो पारीरहेका थिए । यसैबिचमा त्यति बेलाको पोर्चुगिज एक दैनिकी पत्रिकामा आप्रबासिका लागि नयाँ नियम आयो भन्ने सुने । र उनलाई पोर्चुगलको बैधानिकता पनि मिल्यो । सन् १९९५ मा नेपालमा आफ्नो परिवार भेटघाट गरी पोर्चुगल फर्के र आफ्नो पुरानै काम गर्न थाले ।

कामले खारिएका श्रेष्ठ अब व्यापार व्यवसायमा प्रत्यक्ष आफ्नो सहभागिता खोज्न सक्ने भइसकेका थिए । सन् १९९६ तिर विस्तारै नेपालीको आगमन भयो । सन् १९९६ मा पोर्चुगलमा आई रेसिडेन्सी बनाएका कुमारले परिवार मिलन प्रक्रियाबाट श्रीमती सरीता श्रेष्ठलाई सन् २००० मा पोर्चुगलमा ल्याउन सफल भए ।  यसरी पोर्चुगल प्रवेश गर्ने पहिलो महिला सरीता श्रेष्ठलाई मानिन्छ । श्रीमती श्रेष्ठका अनुसार नेपाली महिलाहरुको पोर्चुगलमा प्रवेश त्यसैताकाबाट सुरु भएको हो । श्रीमती श्रेष्ठपछि विस्तारै पोर्चुगलमा रहेका विवाहित नेपाली पुरुषहरुले आफ्ना श्रीमतीहरु बोलाउन थाले । श्रेष्ठका अनुसार वर्तमान कन्सुलर मकर बहादुर हमाल लगायत अन्य १३ जना सन् १९९६ को अन्तसम्म एकआपसमा भेट गदर्थे । त्यसपछि मकर बहादुर हमालसँगै रहेर उनले पहिलो एभरेस्ट नामको रेस्टुरेन्ट संचालनमा ल्याए । 

 

रेस्टुरेन्टले सोचेको भन्दा अधिक मुनाफा दियो ।  संचालन गरेपछि उनले आफ्नो निजी रेस्टुरेन्ट व्यवसाय शुरु गरे र रेस्टुरेन्ट बाट उल्लेख्य सफलता हात पारे । व्यवसायसँगै दमले थलिएका आफ्ना बुबालाई युरोपमा उपचारका लागी बोलाउने प्रकृयाका लागी कागजपत्र अन्तिम अवस्थामा पुगेको थियो तर उनले बुबालाई युरोप बोलाएर बचाउन सकेनन् । बुबाको मृत्युको पिडा खप्न नसकी उनीसँग भएका व्यापार विक्रि गरी बिरक्तिदै बेल्जियम अस्ट्रिया हानीए तर जीन्दगीमा जती चोट खाए पनि बाँच्न पर्ने यथार्थमा असन्तुलीत आफ्नो जीवनलाई ट्रयाकमा पुन ल्याए ।

 

दश वर्षको दौडानमा उनको व्यवसाय यति चुलियो कि उनले लिस्बन्ममा ३ ओटा इन्डियन रेस्टुरेन्ट संचालनमा ल्याए । आज उनी आफ्नो मनले मागको हरेक कुरा पुरा गर्ने आर्थिक हैसियतमा पुगेका छन् । 

 

एक छोरा र एक छोरी हुर्काइ सकेका श्रेष्ठलाई अब भने जीवनमा त्यति ठुलो सपना केहि छैन । रक्तचापले थलिएका श्रेष्ठलाई अब एउटै चिन्ता देशको छ । कतै आफ्नै देशको राजधानीलाई अर्के देश ठान्ने दिन अबको पुस्तालाई नहोस । आफ्नै देशमा सडकमा जीन्दगी कटाउनुपर्ने दिन विस्तारै टर्दै गएको उनलाई हेर्ने रहर छ । उनी भन्छन, ‘मेरो कर्म थलो विदेश बनेपनि म नेपाली हुनुमा गर्ब गर्छु । देशमा संविधान लागु भयो भने नेपालमा नै केहि व्यवसाय गरेर बाँकी जीवन बिताउन चाहन्छु । रहरले कोहि पनि विदेश हुदैनन्, आफु जन्मेको हुर्केको धर्ती सबैको लागी स्वर्ग नै हुन्छ । त्यसैले राज्यमा शान्ति बहाली हुन्छ भने आफ्नै देशमा अझै केहि गर्न सकिन्छ ।’ उनी भन्छन्, – ‘हाम्रो पुस्ताले जे जस्तो दुख कष्ट झेल्नुपरे पनि अब आउने पुस्ताले आफ्नै देशमा रमाएर बस्ने वातावरण राज्यमा बन्न सकोस । ’ 


उनमा देशकै लागी चिन्ता भेटिन्छ पोर्चुगलमा दुई दशकभन्दा लामो समय सम्म बसोबास गर्दै आएका श्रेष्ठ पोर्चुगलका सामाजीक गतिविधीमा गहिरो सहभागिता प्रकट गरेका छन् । नेवा पुजका संरक्षक तथा कला परिषदका अध्यक्ष श्रेष्ठ भन्छन्, – ‘बिशुद्ध सामाजीक कार्यमा मलाई सदैब चाख छ तर समाज सेवाको नाममा राजनिती र समाज सेवाको लागी राजनितीको म विरोधी हुँ । प्रवासमा नेपाली कला र संस्कृतीको जगेर्ना गर्ने गतिविधी सर्हानीय छ । 

 

श्रेष्ठकै नेतृत्वमा कला परिषद् मार्फत सन् २००९ मा तथा २०१० मा निरन्तर नेपाली ट्यालेन्ट हन्ट जस्ता लोकप्रिय कार्यक्रम गर्न सफल भए । अब बाँकी जीवन नेपाली समाजका खातिर खर्च गर्ने उनले प्रण गरेका छन् । श्रेष्ठ भन्छन्, – ‘जीन्दगीमा कति इच्छा आकांक्षाहरु जन्मे होलान कति पुरा भए कति पुरा भएनन् । अब मेरो जीन्दगीसँग ठुलो केहि महत्वकांक्षा छैन । बस नेपाल र नेपालीका लागी सकेको गर्न सक्नु नै मेरो सन्तुष्टि हुनेछ ।’ पोर्चुगलमा नेपाली समाजको इतिहास रच्ने अग्रज कुमार श्रेष्ठ पोर्चुगलमा रहेका नेपालीका सुखःदुखमा साथ दिने आशा र भरोसाका व्यक्ति हुन् । 

 

हाल कुमार श्रेष्ठ जस्तै २५ हजार भन्दा धेरै नेपाली पोर्चुगल पुगेका छन् । श्रेष्ठले आफूले सकेजति सबै नेपालीललाई सहयोग गर्छन् । र सबैलाई व्यवसाय गर्न प्रेरणा दिन्छन् । 

 

अन्त्यमा पोर्चुगल आउनेहरुका लागि उनी यसो भन्छन्, – ‘संघर्ष गर्न चाहाने र सक्नेले पोर्चुगलमा सुन्दर भविष्य कोर्न सक्छ  ।  यहाँ हरहिसाबले जीवन सहज नै हुन्छ ।’

 

उनले पोर्चुगल पुगेका नेपालीलाई  सक्दो सहयोग गरेका छन् । अहिलेपनि उनी नेपाली बसोबास गर्ने विभिन्न ठाउँमा समय मिलाएर पुग्ने गर्छन् । 

(शकुन्तला कटुवाल (पाठक) नेप्लिज वुमनका लागि पोर्चुगलबाट लेख्छिन् )


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement