Advertisement
Advertisement
Advertisement
Advertisement

बलात्कारीको मनोबल
बलात्कारीलाई दण्ड–सजाय दिलाउन कति मुस्किल पर्नेरहेछ भन्ने उदाहरण निर्मला पन्तको घटना बनेको छ ।

वेब तस्विर
वेब तस्विर

मधु राई

भाद्र २९, काठमाडौं ।  सञ्चार माध्यममा बलात्कारका समाचार बाक्लिएका छन् । यसले हाम्रो समाज बालिका, किशोरी मात्र नभएर वृद्धाका लागिसमेत असुरक्षित रहेछ भन्ने भान दिलाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई महिनादिन बित्दासमेत पहिचान गर्नसकेको छैन ।

 

यसले प्रहरी प्रशासनको न्यायिक संयन्त्र कतिसम्म फितलो रहेछ, उदाङ्गिएको छ । त्यस घटनाका दोषीलाई कारबाहीको माग गर्दै आन्दोलन चलिरहँदा कञ्चनपुरमै बलात्कार भएका घटना पनि सार्वजनिक भइरहेकै छन् ।

 

कञ्चनपुरको घटना ढाकछोपमा प्रहरी प्रशासन लागेको देखिएको छ । त्यही कारण व्यक्तिको जीउज्यान र समाज सुरक्षाको जिम्मेवारी बोकेको प्रहरी प्रशासन रक्षक होइन, भक्षकका रूपमा चौतर्फी आलोचित बनेको छ । कञ्चनपुरमा प्रहरीले नक्कली अभियुक्त खडा गर्दै अभियोग स्वीकार्न दबाब दियो । न्यायका लागि प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले गोली चलायो । त्यस क्रममा एकजना प्रदर्शनकारीले ज्यानै गयो ।

 

यो विषयलाई लिएर राजधानीबासीलाई समेत आन्दोलित बनायो । समृद्धि र विकासको सपना बाँड्दै आएको संघीय सरकार बलात्कारजस्तो जघन्य अपराधलाई ढाकछोप गर्ने प्रहरी प्रशासनको भर पर्दै लाचार बन्नु विडम्बनापूर्ण छ । बलात्कारका घटनामा दोषीलाई संरक्षण गर्न प्रहरी प्रशासन स्वयं र जनप्रतिनिधि लाग्ने गर्नाले पीडित पक्ष थप अन्यायमा पर्छन् । यसले बलात्कारीको मनोबल बढाउँछ ।

 

प्रहरीको पछिल्लो तथ्यांक अनुसार मुलुकमा दैनिक तीनजना बलात्कृत भएका छन् । हाम्रा छोरीचेली ६० प्रतिशत आफन्तबाट, २० प्रतिशत छिमेकी र २० प्रतिशत बाहिरी व्यक्तिबाट बलात्कृत हुने गरेको पाइन्छ । कतिपय बलात्कारीले दण्ड–सजायसमेत भोगिरहेको समाचार जनसमक्ष आउने गरेका छन् । तर कतिपय घटनामा प्रहरी चुकेको पाइन्छ । कोही बलात्कारी फरारको सूचीमा देखिन्छन् । यसबारे सञ्चार माध्यमले अनुगमन, अनुसन्धनात्मक रिपोर्टिङ गर्नुपर्छ ।

 

नेपाली समाजमा बलात्कारजस्तो जघन्य अपराध किन बढिरहेको छ रु यस्ता घटना न्यूनीकरण गर्न नागरिक, प्रहरी प्रशासन, राजनीतिकर्मी तथा शिक्षासेवीको कस्तो भूमिका हुनुपर्ने हो भन्ने विषय सञ्चार माध्यमले उठाउनुपर्छ । बलात्कारी फरार भए वा ढिलो–चाँडो दण्ड–सजाय पाए पनि बलात्कृतहरूले के कस्तो न्याय पाए, उनीहरूले बाँकी जीवन निर्वाह कसरी गरिरहेका छन् भन्ने विषयमा समाचार विरलै आउने गरेका छन् । बलात्कृतले भोग्दै आएका शारीरिक र मानसिक पीडा कम गर्न वा मनोबल बढाउन नागरिक समाज अघि सरेको देखिंँदैन ।

 

बलात्कारमुक्त समाज निर्माणका लागि राजनीतिकर्मीले के कस्तो भूमिका निर्वाह गर्ने भन्नेबारे राष्ट्रिय बहस हुनसकेको छैन । यस्ता घटनाको बढोत्तरी हुनुमा सबै पक्ष जिम्मेवार छन् । बलात्कार सम्बन्धी घटना सार्वजनिक भइसकेपछि पीडितलाई न्याय र पीडकलाई दण्ड–सजाय दिने काम सरकारको हो । घटना मिलापत्र गर्न स्वयं प्रहरी प्रशासन लागेका दृष्टान्त छन् । बलात्कारीलाई दण्ड–सजाय दिलाउन र बलात्कृतले न्याय पाउन कति मुस्किल पर्नेरहेछ भन्ने उदाहरण निर्मला पन्तको घटना बनेको छ ।

 

सरकारले समृद्धि र विकासको मूल फुटाउने उद्घोष गरेको छ । जनतालाई शान्ति र सुशासनको अनुभूति नदिलाई समृद्धि र विकासको कुरा गर्नु जनतालाई भुल्याउनु मात्र हो । बलात्कार जस्तो जघन्य अपराधका दोषीलाई जनसमक्ष ल्याउन जनप्रतिनिधिहरूले दबाब दिनुपर्ने हो, तर त्यस्तो देखिएन ।

 

जनप्रतिनिधिहरूको संवेदनशीलता र सहयोगी व्यवहारले बलात्कारमुक्त समाज निर्माण गर्न सकिन्छ । आफू निर्वाचित समाजमा शान्ति र सुशासन कायम गर्ने पहिलो कर्तव्य जनप्रतिनिधिको हो । उनीहरूले आफ्नो टोल वा वडामा शान्ति र सुशासन कायम गरी बलात्कारजस्तो जघन्य अपराध न्यूनीकरण निम्ति सरोकारवालासँग समन्वय र सहकार्य गर्न सक्छन् । टोल, वडा र नगरलाई महिलामैत्री बनाउने कार्यक्रम ल्याउन सक्छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement