Advertisement
Advertisement
Advertisement
Advertisement

रक्षाबन्धनमा बहिनीलाई दिने यस्ता छन् ८ उत्तम उपहार !

  |      14:04:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र ८, काठमाण्डौं । यो पटकको रक्षाबन्धन भदौ १० गते परेको छ । हिन्दू धर्मावलम्बीहरुले जनै फेर्ने यो दिनलाई मधेशमा दाजुभाई दिदीबहिनीबीचको पवित्र पर्वकोरुपमा समेत धूमधामका साथ मनाइन्छ । तराई क्षेत्रमा प्रचलित राखी बाँध्ने चलन देशका अन्य क्षेत्रमा समेत फैलिइसकेको छ । यहीकारण रक्षाबन्धनलाई दाजुभाई दिदीबहिनीहरुको तिहारजस्तै महत्वपूर्ण चाँडको रुपमा मनाउन थालिएको छ । 

 

भारतबाट तराई भित्रिएको र त्यहाँबाट देशैभर फैलिरहेको रक्षाबन्धनमा दाजुभाईले दिदीबहिनीलाई सकेको उपहार दिने चलन समेत छ । यो पर्वमा धेरै दाजुभाई दिदीबहिनीलाई के उपहार दिने होला भनेर कन्फ्यूज समेत हुने गरेका छन् । 

 

तपाई पनि राखीपर्व विशेष रुपमा मनाउनुहुन्छ र आफ्ना दिदीबहिनीलाई के उपहार दिने भन्ने द्विविधामा हुनुहुन्छ भने हामी तपाईलाई यस्तै ८ उपहार अप्सनको बिषयमा बताउन गइरहेका छौ । जुन उपहार पाएर तपाईका दिदीबहिनी खुशी त हुन्छन् नै यसका लागि तपाईले धेरै बजेट पनि छुट्याउनु पर्दैन । यो गिफ्टको सूचिमा कपडा, ह्याण्डब्यागदेखि गहनासम्म सामेल छन् । 

 

घडी
दिदीबहिनीका लागि उपहारको सबैभन्दा उत्तम विकल्प नाडी घडी हुनसक्छ । २ हजार र त्योभन्दा अझै कम बजेटमा समेत राम्रो घडी किन्न सकिन्छ । यति मात्र होइन ४ हजारसम्मको बजेटमा त तपाईले ब्राण्डेड घडी नै पनि गिफ्ट गर्न सक्नुहुन्छ । यसका लागि तपाईले विभिन्न इकमर्स अनलाइनबाट समेत भिजिट र अर्डर गर्न सक्नुहुन्छ । घडीका बिक्री केन्द्रहरुमा गएर समेत मन परेको मोडल खरीद गर्न सकिन्छ । 

 

मेकअप किट
केटीहरुका लागि मेकअप किट समेत उपहारको रुपमा राम्रो विकल्प हो । यदि तपाईका दिदीबहिनी मेकअपमा बढी ध्यान दिन्छन् भने उनीहरुलाई राम्रो खालको मेकअप किट गिफ्ट गर्नुहोस् । यसमा समेत धेरै खर्च लाग्दैन । 

 

ब्लुटुथ एयरफोन
आजको समयमा ब्लुटुथ एयरफोन समेत निकै धेरै चलनमा छ । तपाईले आफ्नी दिदी वा बहिनीलाई यो पनि गिफ्ट गर्न सक्नुहुन्छ । यदि तपाई ब्लुटुथ एयरफोनको मूल्य धेरै पर्ला भनेर सोचिरहनुभएको छ भने तपाई गलत हुनुहुन्छ । राम्रो खालको ब्लुटुथ एयरफोनलाई समेत बढीमा ३५०० रुपैयाँसम्म मात्र पर्छ ।

 

ह्याण्डब्याग
केटीहरुका लागि ह्याण्डब्याग निकै मनपर्ने गिफ्ट हो । किनभने यस्तो ब्यागमा उनीहरु आफ्ना लागि आवश्यक सबै चिज राखेर हिँड्नसक्छन् र यस्तो ब्याग निकै फेसनेबल पनि हुन्छ । त्यसकारण तपाई पनि ह्याण्डब्यागलाई गिफ्टको रुपमा चुन्न सक्नुहुन्छ । ३ हजारसम्मको मूल्यमा राम्रो ह्याण्डब्याग खरीद गर्न सकिन्छ । यो भन्दा कम मूल्यमा समेत पाउन सक्नुहुन्छ । 

 

कपडा
तपाईको दिमागमा अन्य कुनै पनि खालका गिफ्ट सम्झनामा आएन भने तपाईका लागि कपडा राम्रो विकल्प हो । तपाईले आफ्ना चेलीबेटीलाई उनीहरुको मनपर्ने कपडा जस्तैः जिन्स, प्लाजो, कुर्ती, सूट, साडी आदि गिफ्ट गर्न सक्नुहुन्छ । तपाईले यस्ता गिफ्ट कपडा स्टोर, सपिङ सेन्टर वा अनलाइनबाट समेत खरीद गर्न सक्नुहुन्छ । कपडामा तपाईले धेरैवटा अप्सन समेत पाउनुहुन्छ । तपाईले आफ्नो बजेट अनुसार कपडा खरीद गर्न सक्नुहुन्छ ।

 

फूटवेयर
फूटवेयर समेत यस्तो मौकामा गिफ्ट दिनका लागि राम्रो विकल्प हुनसक्छ । क्याजुएल, पार्टीवेयर, हाइहिल्स, फ्ल्याट९हिल्स नभएको० जस्ता कैयन अप्सन तपाईले ३ हजारको हाराहारीमा पाउन सक्नुहुन्छ । तपाईले आफ्ना चेलीबेटीको छनौट र उनीहरुको सुविधालाई समेत ध्यानमा राखेर फूटवेयर गिफ्ट गर्न सक्नुहुन्छ । 

 

गहना
यदि तपाईले आफ्ना दिदीबहिनीलाई गहना नै गिफ्ट गर्न चाहनुहुन्छ भने यो पनि संभव हुन्छ । तपाईले ४ हजार जति बजेटमा समेत सुनको सानो केही बनाएर दिन सक्नुहुन्छ । गोल्डको क्वाइन समेत यो बजेटमा दिन सकिन्छ । गोल्डको जलप लगाएको गहना समेत खरीद गरेर दिन सकिन्छ । कतिपयले आर्टिफिसियल गहना समेत किनेर दिन्छन् । हेर्दा सुनजस्तै लाग्ने गहना समेत सस्तोमै पाउन सकिन्छ । 

 

हेयर स्ट्रेटनर
तपाईले आफ्ना दिदीबहिनीलाई हेयर स्ट्रेटनर समेत गिफ्ट गर्न सक्नुहुन्छ । यसका लागि धेरै ठूलो खर्च समेत हुँदैन । ३ हजार वा त्यो भन्दा कम बजेटमा समेत राम्रो हेयर स्ट्रेटनर पाउन सकिन्छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement