Advertisement
Advertisement
Advertisement
Advertisement

७० वर्षीय दलबहादुरको डोको बुनेरै बित्यो जिन्दगी

  |      18:45:00   |  
फाइल तस्विर
फाइल तस्विर

फागुन १९, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका ७० वर्षीय दलबहादुर विकले आफू जान्ने भएदेखि अहिलेसम्मको उमेर डोको बुनेरै बिताउनुभयो । जीवनका अनेकौँ घामपानी भोगेका विक अहिले डाँडामाथिको घाम जस्तै कति बेला अस्ताउने हो पत्तै छैन तर उहाँको जाँगर र जोश भने १६–१७ वर्षे जवानको जस्तो देखिन्छ । 


घरको पिँढीमा बसेर नातिनातिनी खेलाउँदै छोराबुहारीको कमाइ खाने बेलामा १०–१२ ओटा डोकाको भारी बोकेर बजारमा ग्राहक खोज्दै हिँड्न बाध्य हुनुहुन्छ उहाँ । “के गर्नु हजुर १ छोराबुहारीले हेरेनन्, सम्पत्ति छैन, बसेर खान पुग्दैन, त्यसैले यो उमेरमा पनि डोको बुनेर बेच्न हिँडेको छु,” विक भन्नुहुन्छ । 


विकले एक वटा डोको रु २५० देखि ३५० सम्ममा बिक्री गर्नुहुन्छ । “अहिले पहिलेको जस्तो डोकाको बिक्री छैन, पहिला घरमै ग्राहकहरु खोज्न आउँथे, अहिले डोको बेच्न भारी नै बोकेर गाउँगाउँ चहार्नुपर्छ,” विकले बताउनुभयो । 


विकले आफ्नो हातमा सीप र काम गर्नसक्ने अवस्था रहुन्जेलसम्म ढोको बुनेर नै जीविका चलाउने बताउनुभयो । “अहिलेसम्म यसैबाट जीविका चलाएको छु, अब कति नै बाँचुला र रु बाँचुन्जेलसम्म जीउ सञ्चै भयो भने डोको बुनेर नै गुजारा चलाउँछु,” विकले भन्नुभयो । 


हातमा सीप छ, घामपानीमा निस्कन नपर्ने, बूढेसकालमा दिन बिताउने बाटो पनि यही डोको बुन्ने पेशा नै बनेको विकको भनाइ छ । डोको बुनेर आएको पैसाले दैनिक घर खर्च चलाउने र आफ्नी श्रीमतीको औषधि उपचारमा खर्च गर्ने उहाँको भनाइ छ । “छोराबुहारीले नहेरेपछि यही डोको बुनेर श्रीमती र म पालिएका छौँ,” विकले भन्नुभयो । 


बाध्यताले गर्दा जीवनको अन्तिम समयसम्म पनि डोको बुनेर बेच्नुपर्ने उहाँको अवस्था रहेको छ । ग्रामीण क्षेत्रमा डोको बुन्ने जनशक्ति नहुँदा बुनेका डोका भने गाउँगाउँसम्म पु¥याउन सक्ने हो भने बिक्रीको कुनै समस्या नभएको उहाँ बताउनुहुन्छ । - रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement