Advertisement
Advertisement
Advertisement
Advertisement

१० वर्षमा गर्भवती बनेकी बालिकाको कथा

  |      22:12:00   |  
वेब तस्विर
वेब तस्विर

गीता पाण्डेय ►

एजेन्सी . १० वर्षको उमेरमा गर्भवती बनेकी बालिका उनको विषयलाई लिएर बाहिर के कस्तो हंगामा मच्चिरहेको छ भन्ने बारेमा अनजान छिन् । ती बलिकालाई यो पनि थाहा छैन कि उनलाई के समस्या छ । 

जब हामी चन्दीगढ पुगेर उनको कथा जान्ने प्रयास गर्यौँ, उनी निकै हँसिली बालिका रहेको पायौँ । कसैले बोलायो भने उनी तुरुन्त मुस्कुराई हाल्थिन् । साथै, उनी लजालु पनि थिइन्, कसैसँग धेरै कुरा गर्दिन थिइन् ।

छ कक्षामा पढ्ने बालिकाको अंग्रेजी र गणित सबैभन्दा मनपर्ने विषय हो । उनलाई चित्रकला पनि उत्तिकै मनपर्छ । उनी निकै राम्रो चित्र पनि बनाउँछिन् । ‘छोटी आनन्दी’ र ‘शिन च्यान’ कार्टुन हेरेर उनको मन कहिल्यै भर्दैन । उनलाई चिकन, माछा र आइसक्रीम खाना मनपर्छ ।

यो त्यही बालिकाको प्रोफाइल हो, जसलाई उनकै आफन्तले कयौँ पटक बलात्कार गरेका थिए । जसको कारण अहिले उनी गर्भवती छिन् । ती आफन्तलाई पक्राउ गरेर हिरासतमा राखिएको छ भने मुद्दा अहिले पनि चलिरहेको छ ।

सर्वोच्च अदालतको निर्णय
बालिका गर्भवती भएपछि गर्भपतन गराउन अदालतमा परिवारले याचिका दायर गरेको थियो । तर, २८ जुलाईमा सर्वोच्च अदालतले गर्भ ३२ हप्ता भएको कारण त्यसलाई खारेज गरेको थियो ।

डाक्टरहरुको एउटा प्यानलले अदालतलाई यो चरणमा गर्भपतन गराउन बालिका र ‘स्वास्थ्य रहेको’ भ्रुणका लागि ‘निकै जोखिम’ भएको सल्लाह दिएको थियो । त्यही आधारमा अदालतले आफ्नो फैसला सुनाएको थियो ।

अदालतको यो आदेश परिवारका लागि भने निराशाजनक थियो । उनीहरुलाई ठूलो आशा थियो कि अदालतले गर्भपतनको आदेश दिनेछ ।

यसबाट १० वर्षकी यी बालिकाको मुद्दाले अहिले चन्दीगढमा मात्र नभएर पूरै भारतमा चर्चाको विषय बनेको छ । चन्दीगढ स्टेट लिगल सर्विसेज अथोरिटीका सदस्य सचिव महावीर सिंहले भने, ‘हामीले १४–१५ वर्षमा गर्भवती भएको कयौँ मामिला देखेका थियौँ तर १० वर्षकी बालिका गर्भवति भएको पहिलो पटक देखिरहेका छौँ ।’
भारतको कानून अनुसार गर्भवती भएको २० हप्तापछि गर्भपतन गर्ने अनुमति दिइँदैन । यद्यपि, पछिल्ला वर्षहरुमा २० हप्तापछि पनि गर्भपतनका लागि अनुमति मागिने गरिएको छ ।

गर्भवती भएको जानकारी दिइएन
यसरी गर्भपतनका लागि याचिका दायर गर्नेहरुमा धेरैजसो बलात्कारको शिकार भएका बालिकाहरुका परिवार हुन्छन् । किनभने धेरै जसो घटनामा बालिकाहरुको गर्भको बारेमा धेरैपछि थाहा हुन्छ किनभने बालिकाहरुलाई आफ्नो शरीरको स्थितिको बारेमा थाहा नै हुँदैन ।

१० वर्षकी यी बालिकाको मामिलामा पनि गर्भवति भएको कुरा धेरैपछि मात्र थाहा भएको थियो । पेटको तल्लो भागमा बालिकाले पीडा भएको कुरा बताएपछि आमाले उनलाई डाक्टरकोमा लगेकी थिइन् । त्यहाँ पुगेपछि मात्र उनी गर्भवती भएको थाहा भएको थियो।

परिवारकै एक सदस्यले भने, ‘बालिका निकै सोझो छिन् । उनलाई आफूसँग के भयो भन्ने थाहा नै छैन ।’ उनी ‘तन्दरुस्त र गोलमटोल’ पनि छिन्, सायद त्यही भएर उनको आमा–बुवालाई पनि उनी गर्भवती भएको थाहा भएन । त्यसमाथि पनि कसैले पनि सोच्न सक्दैन कि १० वर्षीया बालिका पनि गर्भवती हुन्छन् ।

यता, बालिकालाई अहिलेसम्म गर्भवती भएको जानकारी दिइएको छैन । उनीसँग कुरा गर्ने सबैले निकै सावधानी अपनाउने गर्छन् । ती बालिकालाई उनको पेटमा ठूलो ढुंगा रहेको बताइएको छ र त्यसैले उनको पेट ठूलो भएको झुठो जानकारी दिइएको छ ।

निकै राम्रो परिवार
अहिले उनको खानपिनमा ध्यान दिँदै अण्डा, दुध, फलफूल, माछामासुजस्ता खानाहरु खान दिइरहिएको छ । पहिलेभन्दा आफ्नो धेरै ख्याल राखिएकोमा बालिका पनि दंग छिन् । 

तर, पछिल्ला दिनहरुमा घरमा प्रहरी, समाजिक कार्यकर्ता र वलिलहरुको आवतजावत बढेको छ । घरबाहिर मिडियाको पनि उपस्थिति बाक्लै हुन्छ । कोही भन्छन्, ‘सायद अब उसलाई पनि थाहा भइसक्यो होला, उसँग के भइरहेको छ ।’

एक वरिष्ठ अधिकारीले भने ‘उनलाई असली समस्या थाहा नहोला, मामिलाको गम्भीरता थाहा नहोला तर मलाई लाग्छ उनले अब केही केही कुरा बुझ्न थालेकी छिन् ।’

उनको परिवार गरीब छ । एउटा कोठाको फ्ल्याटमा बस्छन् । बुवा सरकारी जागिरे छन् भने आमा घरहरुमा काम गर्छिन् ।

यस मामिलाको जाँच गर्ने महिला प्रहरी अधिकारी प्रतिभा कुमारी भन्छिन्, ‘बालिकाको परिवार निकै सोझा छन् । त्यही भएर उनीहरुलाई कहिल्यै थाहा नै भएन कि आफन्तलेनै आफ्नो छोरीसँग के गरिरहेका थिए ।’ 

‘अवश्य पनि बालिकाको आमाबाबु निकै तनावमा छन् । छोरीबारे कुरा गर्दा आमा नरोएको सायद कुनै मौका छैन । बुवा भने आफ्नो छोरीको हत्या भएको बताउँछन्,’ उनले थपिन् ।

पत्रकारबाट पीडा 
जब बलात्कृत बालिका गर्भवती भएको समाचार जब बाहिर आयो, पत्रकारहरु परिवारको पछाडि नै परेका छन् । यसबाट उनीहरुलाई थप पीडा भइरहेको छ ।
चाइल्ड वेलफेयर कमिटीका अध्यक्ष निल रोबटर्सले भने ‘जब बालिकाको पिता मलाई भेट्न आए, उनले भने कि सबैभन्दा ठूलो समस्या अहिले प्रेस भएको छ । उनका अनुसार घरको बाहिर जहिले पनि रिपोर्टर हुन्छन् । प्रेसले आफ्नो निजी जीवनमाथि खेलवाड गरेको पनि उनले आरोप लगाएका छन् ।’

मिडियामा समाचार आए पछि बालिकाले राम्रो स्वास्थ सुविधा तथा सरकारबाट क्षतिपूर्ती पनि पाउन सक्छिन् तर अवांछित प्रचारका कारण परिवारको दुःख बढेको छ । कयौँ पत्रकारहरु त बालबालिकाको क्षेत्रमा काम गर्ने भन्दै घरभित्र नै घुसेका थिए ।

कथित बलात्कारी आमाको भाई भएको कारण कयौँले उनलाई ‘तपाईंलाई यो पहिले नै थाहा थियो ?’, ‘यसमा आमाको सहमति त थिएन ?’ जस्त असंवेदनशील प्रश्नहरु सोधेका थिए ।

उनीहरु मध्ये एकले प्रश्न गरेका थिए, ‘सात महिनासम्म छोरी गर्भवति हुँदा पनि कसरी थाहा भएन ?’ यस्तो प्रश्नले परिवार थप पीडामा छन् ।

परिवारको पहिचान
ती बलिकाको पिता यतिबेला निकै रुष्ट छन् । फोनमा भएको छाटो कुराकानीमा उनले भने, ‘म चाहन्छु उसलाई कडाभन्दा कडा कारवाही होस् । उसलाई मृत्युदण्डको सजाय दिइनुपर्छ नभए आजीवन कारावासको सजाय भए पनि हुनुपर्छ । उसले आफ्नो अपराध स्वीकार गरेको छ । तर, हामीसँग एक पटक पनि माफी मागेको छैन ।’

फोन राख्नभन्दा अघि उनले सोधे, ‘तपाईंहरु किन मेरो छोरीको मुद्दा फैलाइ राख्नुभएको छ  ? प्रेसले त यसलाई आफ्नो धन्दा नै बनाएको छ ।’

उनको रिस जायज पनि थियो । कानुनले बलात्कार पीडितको पहिचान खुलाउनबाट प्रतिबन्धित गरेपनि प्रेसमा कथित आरोपीको नाम छापिएपछि धेरैले परिवारको पहिचान गर्न सफल भएका छन् ।

अब यस परिवारको छिमेकी र सँगै काम गर्नेहरुलाई यो मामिलाको जानकारी छ । सम्भव छ कि अब ती बालिकाको स्कूलका साथीहरुलाई पनि यसबारे जानकारी भइसकेको छ ।

घटनाको शुरुवातमा परिवारसँग भेटेका एक स्थानीय पत्रकारले भने, ‘बालिकाको आमाबुवालाई आफ्नो छोरीको भविष्यको चिन्ता छ । उनीहरुलाई यो चिन्ताले सताएको छ कि जब छोरी ठूली हुन्छिन्, उनी कस्तो दशाबाट गुज्रिनुपर्छ ।’ उनका अनुसार बालिकाको पिता आफ्नो छोरीको स्वास्थ्यलाई लिएर पनि निकै चिन्तित छन् ।

जन्म दिन साह्रै सानी

अहिलेसम्मको मेडिकल परिक्षणले उनको स्वास्थ्य ठीक रहेको देखाएको छ । यद्यपि, उनलाई हल्का एनेमियाको समस्या देखिएको छ ।

तर, चिन्ताको अन्य कारण पनि छ । बालिकाको जन्म हुँदा उनको मुटुमा प्वाल थियो । जसको उपचार डाक्टरहरुले सन् २०१३ मा गरेका थिए । डाक्टरहरुले यसले गर्भावस्थामा कुनै असर नगर्ने बताए पनि उनी बच्चालाई जन्म दिन निकै सानी छिन् ।

भारतमा प्रत्येक वर्ष बच्चालाई जन्म दिँदा ४५ हजार वयस्क महिलाहरुको निधन हुन्छ । २० वर्षभन्दा धेरै उमेर समूहको तुलनामा मृत्युदर १५ वर्षभन्दा कम उमेर समूहमाकोमा दुई गुणा बढी रहेको छ ।

डाक्टरका अनुसार उनको उम्र १० वर्ष भएको कारण यो खतरा झन् बढ्ने छ ।

अब के ?

जानकारका अनुसार सेप्टेम्बर महिनाको बीचमा बालिकाको प्रसव हुनेछ । डाक्टरहरुले सिजरियन डेलिभरी हुने बताएका छन् । यदी केही समस्या आए समयभन्दा अघि नै उनले बच्चा जन्माउनुपर्नेछ ।

बालिकाको परिवारले जन्मिने बच्चासँग आफ्नो कुनै सम्बन्ध नहुने बताइसकेको छ । त्यही भएर धर्मपिता नपाएसम्म बच्चा जन्मेपछि त्यसको हेरचार चाइल्ड वेलफेयर कमिटीले गर्नेछ ।

विज्ञका अनुसार १० वर्षकी बालिका यो घटनापछि मानसिक तनावबाट गुज्रिनुपर्ने छ  । जसले गर्दा केही वर्ष उनले मनोचिकित्सकबाट परामर्श लिनुपर्नेछ ।

एक बाल अधिकार कार्यकर्ता भन्छन्, ‘के १० वर्षकी बालिकाले बच्चालाई जन्म दिन सक्नेछिन् ? यो उसको लागि जानलेवा त साबित हुँदैन ? हामी अब यसको मात्र प्रार्थना गरिरहेका छौँ कि बालिकालाई केही हानी नहोस् ।’

- बिबिसीबाट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement