Advertisement
Advertisement
Advertisement
Advertisement

स–साना नानीहरुमा आँखासम्बन्धी जटिल समस्या

  |      11:18:00   |  
वेब तस्विर
वेब तस्विर

असार १०, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा स–साना उमेरका बालबालिकामा आँखासम्बन्धी जटिल समस्या भेटिएको छ । नगरपालिकाको सहकार्यमा महाकरुणा समाज नेपालले सञ्चालन गरेको बुद्ध आँखा केन्द्रले पछिल्लो एक महीनाको अवधिमा गरेको विद्यालय केन्द्रित आँखा परीक्षणमा यस्तो समस्या पाइएको हो । 

बुद्ध आँखा जाँच केन्द्रले एक महीनाको अवधिमा जाँच गरेका एक हजार ७४६ मध्ये एक हजार १४९ विद्यालयमा अध्ययन गरिरहेका छात्रछात्रा रहेका छन् । गत जेठ ४ गते स्थापना भएर सेवा शुरु गरेको केन्द्रले स–साना नानीहरुमा अल्छी आँखा हुने, एउटा आँखा कम देख्ने, आँखा डेढो हुने, आँखामा मासु पलाउने र केहीमा त जन्मँदै मोतियाविन्दुसमेत पाइएको जनाएको छ । यसबाहेक आँखा सुकेर दृष्टिविहीन भएको, आँखाको नानीमा खत भएर दृष्टि गुमाएका र सुक्खा आँखाको समस्या बाक्लै भेटिएको केन्द्रका अध्यक्ष डा नवराज गौतमले जानकारी दिनुभयो । सबैभन्दा बढी आँखा सुक्खा हुने समस्या पाइएको केन्द्रले जनाएको छ । सानो उमेरमा आँखाको देखभाल र आवश्यक उपचारबारे उदासीनता अपनाइँदा पछि जटिल समस्या बन्दै गएको डा गौतमको भनाइ छ । 

नगरपालिकाको सहकार्यमा सञ्चालित केन्द्रले नगर क्षेत्रभित्रका सबै विद्यालयका छात्रछात्रा र नगरको वडा समितिले सिफारिस गरेका बिरामीलाई निःशुल्क आँखा परीक्षण गर्दै आएको छ । केन्द्रलाई उच्चस्तरीय विशेषज्ञ सेवा प्रदान गर्ने आँखा उपचारको मुख्य केन्द्रको रूपमा विकास गरिने केन्द्रले प्रतिबद्धता जनाएको छ ।
 
यसैबीच नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले केन्द्रलाई आँखासम्बन्धी अध्ययन अनुसन्धानको भरपर्दो केन्द्र बनाउन सहयोग जारी राखिने जनाउनुभएको छ । गत जेठ ४ गते बुद्ध पूर्णिमाका अवसरमा नगरपालिकाको सहकार्यमा केन्द्र सञ्चालनमा आएको हो ।
रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement