Advertisement
Advertisement
Advertisement
Advertisement

सिर्जना भइन् 'बिजिनेश वुमन अफ दि इयर २०१८’

  |      00:00:00   |  
सिर्जना भइन् 'बिजिनेश वुमन अफ दि इयर २०१८’

भदौ १०, काठमाडौं । काठमाण्डौ । नेपाली सेयर बजारकी अग्रज महिला लगानीकर्ता सिर्जना सुवेदी वुमन विथ भिजनले आयोजना गरेको 'बिजिनेश वुमन अफ दि -इयर २०१८' को प्रतिस्पर्धामा टाइटल जित्न सफल भएकी छिन् । 

 

लामो समयदेखि सेयर बजारमा लागेकी र अन्य महिलाहरुका लागि समेत प्रेरणाको स्रोतको रुपमा रहेकी उनले 'बिजिनेश वुमन अफ दि -इयर २०१८ को टाइटलमाथि कब्जा जमाएकी हुन् । 

 

केही समयअघि उनले सेयरमा लगानी गर्ने आफ्नो प्यासनको बिषयमा खुलासा गर्दै बिजशालामार्फत सेयर बजारमा लगानी गर्ने क्रममा आफूले मंगलसूत्र समेत बिक्री गर्न बाँकी नराखेको बताएकी थिइन् । उनको स्टोरी निकै चर्चित र नयाँ पुस्ताका लागि प्रेरक समेत बनेको थियो । 

 

उनीसँगै सो टाइटलका लागि १० महिला प्रतिस्पर्धामा रहेका थिए । पब्लिकले दिएको भोट र जुरीको निर्णयको आधारमा विजेता छनौट गरिएको थियो । 

 

विजिनेश वुमन अफ दि इयरको टाइटल जितेपछि सिर्जनाले खुशी व्यक्त गरेकी छिन्। उनले आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिंदै यो सफलताले आफूलाई आगामी दिनमा सेयर बजारमा अझ धेरै क्रियाशील हुन प्रेरणा मिलेको उनको प्रतिक्रिया छ । 

 

सुवेदी सेयर बजारको विकास र बिस्तारको पक्षमा क्रियाशील नेपाल इन्भेष्टर्स फोरमकी कार्यसमिति सदस्य पनि हुन् । 

 

फोरमले पनि आफ्नो सदस्यको सफलताप्रति खुशी व्यक्त गरेको छ । फोरमले भोट गरेर सिर्जनालाई सफल बनाइदिने सबै भोटर, निर्णायक, आयोजकलाई समेत धन्यवाद ज्ञापन गरेको छ । शनिबार सुवर्ण शम्सेर मार्गस्थित रोयल एम्पायर बुटीक होटलमा एक भव्य समारोहका बीच टाइटल विजेताहरुको घोषणा गरिएको थियो । 

 

वुमन विथ भिजनले १० वटा समूहका लागि १० जनाको दरले १०० महिलाहरुलाई मनोनयन गरेको थियो । सय सफल महिलामध्येबाट सिर्जनासहित १० महिलाले विभिन्न टाइटल जितेका हुन् । 

 

विभिन्न दश क्षेत्रका आफ्नो कर्मले सफल भएका र सफलताको पहिचान बनाइसकेका उत्कृष्ट महिलाहरुलाई मनोनयन गरि भोटिङ र जुरीको निर्णय पश्चात सय मध्यबाट वर्षका दश उत्कृष्ट महिलाहरु घोषित गरिएको आयोजकको भनाई छ ।

 

पछिल्लो समय नेपाली महिलाहरुमा बढ्दै गएको सहास, सफलता र राष्ट्रिय स्तरमा उनिहरुले देखाएको जिम्मेवारीको कदर अर्थात सम्मान गर्नै पर्ने महसुस गर्दै वुमन विथ भिजनले सन २०१६ देखि वुमन अफ द इयरले महिलाहरुलाई प्रोत्साहन गर्न थालेको वुमन विथ भिजनका शाश्वत राज शर्माले बताएका छन् । 

 

वुमन विथ भिजनले पोलीटिसीयन अफ द इयर, विज्नेस वुमन अफ द इयर, इन्टरपेनर अफ द इयर, कर्पोरेट वुमन अफ द इयर, युथ आइकन अफ द इयर, प्रोफेस्नल अफ द इयर, मिडिया पर्सन अफ द इयर, आर्ट एण्ड मुभी पर्सन अफ द इयर, ग्ल्यामर आइकन अफ द इयर, पिपुल फेभ्रेट अफ द इयर जस्ता हरेक विधाबाट एक एक महिलालाई विजेता घोषित गरेको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement