Advertisement
Advertisement
Advertisement
Advertisement

सिनियर डाक्टरको दुर्व्यवहारुपछि डाक्टर पायलले गरिन् आत्महत्या

  |      18:40:00   |  
सिनियर डाक्टरको दुर्व्यवहारुपछि डाक्टर पायलले गरिन् आत्महत्या

जेठ १५, काठमाडौं । मुम्बईको एक सरकारी अस्पतालमा विशेषज्ञ तह अध्ययनरत डाक्टर पायल तडवीले आत्महत्या गरेकी छिन्। डा पायलको परिवारले सिनियरले गरेको दुव्र्यवहार सहन नसकेर पायलले आत्महत्या गरेको आरोप लगाएका छन्।

 

उनको आत्महत्यापछि प्रशरीले तीन जना डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ परेका डाक्टरसँग यो विषयमा अनुसन्धानको काम भइरहेको मुम्बई प्रहरीले जनाएको छ।

 

डा पायलले मे २२ तारिखमा आत्महत्या गरेकी थिइन्। उनकी आमा आबेदा तडबीले पक्राउ परेका तीन जना डाक्टरले छोरीलाई केही महिनादेखि दुःख दिँदै आइरहेको बताएकी छिन्।

 

मेडिकल कलेजका तीनजना वरिष्ठ आवासीय डाक्टरले उनीविरुद्ध जातीय विभेदका शब्दको प्रयोगको गरेको आरोप लागेको छ। जातीय विभेदलाई लिएर उनलाई दुर्व्यवहार गरेका थिए। परिवारले उनीहरुको दुर्व्यरवहारका कारण आजित भएर पायलले आत्महत्या गरेको दावी गरेका छन्।

 

मुम्बई प्रहरीले यो विषयमा नियन्त्रणमा लिएका तीन डाक्टरलाई अत्याचार विरोधी, र्‍यागिङ विरोध र सूचना प्रविधि ऐन अनुसार मुद्धा दर्ता गरेको छ।

 

प्रहरी नियन्त्रणमा रहेका डाक्टरहरुले भने अरोपको खन्डन गरेका छन्। उनीहरुले आवासिय चिकित्सकहरुको संस्थामार्फत यो विषयमा निष्पक्ष जाँच गर्न माग गरेका छन्।

 

उत्तरी महाराष्ट्रको जल गाउँकी पायल ताडावी टोपीवाला मेडिकल कलेजमा गाइनोकोलोजिष्ट अर्थात प्रसूति तथा स्त्री रोग विशेषज्ञ विषय पढिरहेकी थिइन्। आफ्नो पढाई पूरा गरिसकेपछि उनले आदिवासी क्षेत्रमा काम गर्ने सोच बनाएकी थिइन्।

 

उनले पश्चिम महाराष्ट्रको मीराजसांगली मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गरेकी थिइन्।

 

उनी पिछडिएकी वर्गकी भएका कारण उनले आरक्षण कोटामा भर्ना भएकी थिइन्।

 

कलेजका डिन डा रमेश भरमालका अनुसार घटनाको भोलिपल्ट नै एन्टी रैङ्गिग समितिले नियमानुसार अनुसन्धान सुरु गरिसकेको छ। समितिले २५ जनाको बयान समेत लिइसकेको छ।

 

पायलकी आमा आबेदा ताडावीले बीवाईएल नायर अस्पतालका डिनलाई यस सम्बन्धी लिखित उजुरी समेत दिएकी थिइन्। ‘म यसअघि नै उजुरी दिनेवाला थिएँ तर पायलले मलाई रोकेकी थिइन्, उसलाई डर थियो उनीहरुविरुद्ध उजुरी दियो भने आफूप्रति झन धेरै दुर्व्यवहार हुन्छ, जसका कारण मैले आफूलाई रोकेकी थिएँ’ उनले उजुरीमा लेखेकी छिन्।

 

गरीब र पिछडिएको परिवारबाट आएकी पायलले मेडिकल शिक्षामा सफलता हासिल गरिरहेकी थिइन्। आफ्नी छोरीप्रति गर्व महसुस भइरहेको आबेदाले बताएकी छिन्।

 

वरिष्ठ महिला डाक्टरहरुले बिरामीका अगाडि पायलको बेइज्जत गर्ने गरेको बताएकी छिन्। उनले भनिन्, ‘यसका कारण मेरी छोरीमाथि मानसिक दबाब परिरहेको थियो।’ आफ्नो मानसिक स्वास्थ्यलाई लिएर पायल चिन्तित भएको आबेदाले बताएकी छिन्। यतिमात्र नभएर पायलले आफ्नो विभाग समेत परिर्वतन गर्ने सोच बनाएकी थिइन्।

 

पायलका साथ काम गरिरहेका अन्य डाक्टरहरुले सोसल मिडियामा रिसले भरिएका गुनासा व्यक्त गर्नुका साथै अभियुक्त डाक्टरहरुविरुद्ध कडा कारवाहीको माग गरेका छन्।

- बिबिसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement