Advertisement
Advertisement
Advertisement
Advertisement

साफ महिला फुटबल शिल्ड सार्वजनिक

  |      23:02:00   |  
साफ महिला फुटबल शिल्ड सार्वजनिक

फागुन २७, विराटनगर । पाँचौँ महिला साफ च्याम्पियनशिप फूटबल प्रतियोगिताको शिल्ड आज यहाँ सार्वजनिक गरिएको छ । अखिल नेपाल फूटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शिल्ड सार्वजनिक गर्नुका साथै सहभागी टोलीका प्रशिक्षक र कप्तानसँग साक्षात्कारसमेत गराइएको छ । 

 

सो अवसरमा बङ्गलादेशका प्रशिक्षक गोलम रावानीले नेपाली टोली शक्तिशाली रहेको बताउँदै आफ्नो देश फाइनलमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भारतीय टोलीका प्रशिक्षक मामुल रवि र कप्तान फुसलता देवीले प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने भन्दै फाइनलमा अन्य कुन देशको टोलीसँग प्रतिस्पर्धा हुने हो त्यो अहिले भन्न नसकिने बताउनुभयो । 

 

यसैगरी माल्दिभ्सका प्रशिक्षक मोहम्मद अकिव र कप्तान फदुवा जहिदले आफ्नो देश सेमिफाइनसम्म निश्चित रुपमा पुग्ने धारणा व्यक्त गर्नुभयो । श्रीलङ्का महिला टोली प्रशिक्षक तिलक रोहन र कप्तान इरानवी कुमुदुलावाले युवा खेलाडी सहभागी आप्mनो देशको टोली सेमिफाइनल पुग्ने ग्यारेण्टी व्यक्त गर्नुभयो । 

 

यसैगरी भूटानका प्रशिक्षक र कप्तानले भविष्यलाई ध्यानमा प्रतिस्पर्धा गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा नेपाली खेलाडीहरु शक्तिशाली रहेको विचार व्यक्त गर्नुभयो । नेपाली टोलीका प्रशिक्षक हरि खड्का र निरु थापाले प्रतिस्पर्धामा नेपाली टोलीले प्रथम स्थान हासिल गर्ने बताउँदै नेपालमा प्रतियोगिता भएकाले टोलीको मनोबल उच्च रहेको धारणा व्यक्त गर्नुभयो । 

 

सो अवसरमा एन्फाका प्रवक्ता किरण राई र आयुश खड्काले प्रतियोगिता विराटनगरमा गर्न पाउँदा खुशी व्यक्त गर्दै नेपाली खेलाडीको तयारी उच्चस्तरको रहेकाले प्रथम स्थान हासिल गर्ने धारणा व्यक्त गर्नुभयो । यही फागुन २८ गतेदेशि शुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल र भूटानबीच अपराह्न हुने भएको छ । प्रतियोगितामा नेपाललगायत भारत, बङ्गलादेश, भूटान, श्रीलङ्का र माल्दिभ्सको राष्ट्रियस्तरको महिला फुटबल टोलीको सहभागिता रहेको छ । - रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement