Advertisement
Advertisement
Advertisement
Advertisement

साउनमा कसरी सजाउने मेहंदीले हात ?

  |      13:35:00   |  
वेब तस्विर
वेब तस्विर

 साउन ८, काठमाडौं । हरियाली साउनको महिना यो महिनाभरी हिन्दु महिलाहरुले हातभरी मेहन्दी, हरियो चुरा, पोते तथा सारी लगाई सजिने प्रचलन बढ्दो छ । पछिल्लो समय यस्तो पहिरन फेसन नै बनिसकेको छ ।यसले गर्दा विवाहित महिलाले आफ्नो श्रीमानको आयु लामो हुन्छ भन्ने विश्वाससमेत गर्छन् । तर, मेहदीलाई अझै आकर्षक देखाउन हामी निम्न उपायहरु अपनाउन सक्छौं ।

कसरी बनाउने मेहन्दीलाई गाढा :
 मेहन्दी लगाउनु भन्दा पहिला मेहंदी लगाउने भागमा तेलले मालिस गर्ने । यो तेल हामी बजारमै पाउन सक्छौं । अनि तेलले मालिस गरेको भागमा मेहंदी लगाउने ।

 लगाइएको मेहदी सुक्न थाल्दा चिनी र कागतीको रसको मिश्रणलाई कपडाको सहायताले बिस्तारै मेहन्दी माथि लगाउने
 ।
 मेहन्दी सुकेपछि बिस्तारै त्यसलाई उप्काएर फाल्नुपर्छ । त्यसपछि हातमा तोरीको तेल लगाएर हल्का मसाज गर्दा गाढा गरी बस्न सहयोग पुग्छ । यसले छोटो समयमा रङ उडेर जाने सम्भावना पनि कम हुन्छ ।

 औँलामा मेहंदी लगाउँदा  थोरै तर ब्यालेन्स मिलाएर लगाउनुपर्छ । मेहंदीसँगै सुहाउने रङको नेलपोलिस लगाउँदा अझ राम्रो देखिन्छ । अभै आकर्षक देखाउन हरियो नेलपोलिसमा पहेँलो बुट्टा भर्न सकिन्छ ।

विशेष गरी मेहदी छनोटमा पनि ध्यान पुर्याउनु आवश्यक हुन्छ ।  म्याद गुज्रेका मेहदी पनि बजारमा बिक्री बितरण गरिरहेको पाइन्छ । यसबाटहामीले जोगिनुपर्छ । केमिकलयुक्त मेहंदी पनि बजारमा पाइन्छन्  । यस्तो मेहदीको छनोट गर्नुहुँदैन । जसले विभिन्न हानि पुर्याउन सक्छ ।

 हातमा मेहदी लगाई सके पछि त्यसलाई पूरै सुक्न दिनुपर्छ । त्यसपछि मात्र बिस्तारै झार्नुपर्छ । त्यसपछि तेल लगाउन सकिन्छ । तेल लगाउँदा मेहदी गाढा बस्छ । मेहंदी लगाएको दिन सकभर पानीमा खेल्नुहुँदैन । 

अहिले कतिपय मेहंदी बजारमा पाइन्छन । मेहंदीमा  राजस्थानी, इन्डियन, अरेबियन, ब्राइडल आदि डिजाइन बढी प्रचलनमा छन् । राजस्थानी र इन्डियन डिजाइन पनि धेरैला मन पर्छ । मेहंदीमा विभिन्न डिजाइन जस्तै : थुँगा फूल, केरी र लहराजस्ता  धेरैको हातमा देखिन्छ । यसमा हामीले आफुलाई मन पर्ने डिजाइन रोज्न सक्छौं 

कसरी लगाउने मेहंदी ? 
खासगरी यो महिनामा महिलाले मेहंदी लगाउन रुचाउने भए पनि त्यसको शृंगारमा भने खासै ध्यान
 पुर्याएको देखिन्न । मेहंदी लगाउँदा कहिल्यै पनि पुरै हात छोप्ने गरी लगाउनु हुँदैन । यसरी लगाउँदा नराम्रो  देखिन्छ । हातको एक साइडमा मात्र मेहदी लगाउँदा राम्रो हुन्छ । यसरी लगाउँदा हात सफा र सुन्दर देखिन्छ ।

कतिखेर नलगाउने ?
 खासगरी मेहंदीको त्यति धेरै साइड इफेक्ट त हुँदैन । तर पनि कसैलाई छाला सम्बन्धी एलर्जी भने हुन  सक्छ । यस्ता मानिसले 
मेहंदीको प्रयोग नगर्दा राम्रो हुन्छ ।

 हातमा कुनै घाउ–चोट छ भने पनि ध्यान पुर्याउनु पर्छ । यस्तो अवस्थामा मेहदी नलगाउँदा ठिक हुन्छ । किनकि, यस्तोमा मेहंदी लगाउँदा संक्रमण हुने  सम्भावना बढि हुन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement