Advertisement
Advertisement
Advertisement
Advertisement

साउनभर हरियो, पहेंलो र रातो रंगको चर्चा

  |      15:24:00   |  
वेब तस्विर
वेब तस्विर

साउन २३, काठमाडौं । साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ रहेको पाइन्छ। हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । ‘यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन स्थापित हुंदैगएको छ । रंगीचंगी चुरापोते र कपडासँगै साउन महिनामा हातभरी मेहन्दी लगाउने चलन पनि छ । यसै विश्वासका साथ पनि नेपाली विवाहित तथा अविवाहित महिलाहरूको लागि साउन महिना विशेष रहेको बुझ्न सकिन्छ ।

 

ज्योतिस शास्त्र अनुसार साउनमा हरियो रंग बुधबाट प्रभावित हुने गर्छ । त्यसैले बुधबाट प्रभावित हुने हरियो चुराले हाम्रो भावना नियन्त्रण गर्ने काम गर्छ भन्ने विश्वास पनि रहि आएको छ ।  यससंगै श्रृङ्गार सामग्री व्यापारीहरूको लागि पनि यो महिना विशेष लाभदायी मानिन्छ ।

 

यो साउन महिनाभर गाउँ शहरका महिलाहरूका हात मेहन्दी र हरियो,पहेंलो रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । हरियो, रातो, पहेंलो चुरा, पोते, हातमा मेहन्दी, र शरिरमा लुगा पनि हरियो नै देख्न पाइन्छ ।

 

नेपाली महिलाहरूले यो महिनालार्इ निकै नै उत्साहका साथ मनाउने गर्छन् । यो महिना भरी हरीयो रंगले विशेष महत्व राख्दछ । आफन्तलाई भेट्न जांदा महिलाहरुले एक अर्कालाई हरियो चुरा टिका लगायत श्रृंगारका सामग्री उपहार साटासाट गर्छन् साथै एक अर्कामा माया साटासाट गर्ने माध्यम पनि बनेको छ यो महिना । 

 

आजभोली भने हातमा मेहन्दी लगाउनु र चुरा लगाउनु फेसन पनि बन्दै गएको छ। धार्मिक विश्वास नभर्इ कतिले फेसनको रूपमा पनि यो महिनालार्इ भड्किलो पार्दै गएका छन् । 

 

साउन महिनामा खासगरी हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पूजा आराधना र बर्त बस्ने परम्परा छ । खासगरी महिलाहरु शुद्ध शाकाहारी खाना खाने अथवा यो महिनाको सोमवार ब्रत बस्ने गर्दछन् । आजभोली त महिला माात्र हैन पुरुषहरु पनि साउनको महिमा गाउने अनि ब्रत बस्ने गरेको यदकदा सुन्न सकिन्छ । 

 

पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको धार्मिक विश्वास छ । त्यसैले पनि महिलाहरुले यसलाई बढी महत्वको साथ धार्मिक र सांस्कृतिक रुपमा यो महिनालाई बढी महत्व दिएको पाइन्छ । र यो महिना व्रत बस्नाले अविवाहित नारीहरूले महादेव जस्तो पति पाउनुका साथै विवाहित महालाहरूको पतिको आयू लम्बिने पनि र्धािमक विश्वास रहेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement