Advertisement
Advertisement
Advertisement
Advertisement

साइकलसहित तीन महिला सगरमाथा चढ्ने

  |      11:19:00   |  
महिला खबरबाट साभार तस्विर
महिला खबरबाट साभार तस्विर

साउन १०,  काठमाडौं ।  ‘सोंचलाई परिवतर्न गरौँ, नारी कोमल हुन्छिन् कमजोर हुँदैनन्,’ भन्ने नाराकासाथ साइकलसहित तीन महिलाले सगरमाथा आरोहण गर्ने भएका छन् ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुले सो कुरा जानकारी गराएका हुन् । सगरमाथा आरोहण गर्ने तयारीमा रहेका महिलाहरुमा ३६ वर्षीया सर्मिला थापा, २२ वर्षीया सुष्मा कुमाल र २५ वर्षीया उषा खनाल रहेका छन् । उनीहरुले सन् २०१९ को अप्रिल महिनामा साइकलसहित सगरमाथा आरोहण गर्नेछन् ।

आरोहणको तयारीमा रहेकी सर्मिला थापाले आरोहणका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राट्रिय रुपमा आर्थिक सहयोगहरु संकलन गर्ने बताइन् । उनले भनिन्, ‘हामीलाई सगरमाथा आरोहण गर्नका लागि प्रतिव्यक्ति ३२ लाख रुपैयाँ लाग्ने अनुमान गरेका छौं । त्यो हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा संकलन गर्नेछौ ।’

थापाले साइकलसहित सगरमाथा आरोहण गर्नाले प्रदुषणबारे सचेतना जगाउने, पर्यटन क्षेत्रको प्रचारप्रसारमा समेत सहयोग पुग्ने अपेक्षा राखेको बताइन् । उनले भनिन्, ‘काठमाडौं यति प्रदुषित छ । त्यसकारण साइकलबाट शारिरीक व्यायमका साथै वातावरणका लागि समेत फाइदा पुग्छ ।’

आरोहणको तयारीमा रहेका सुष्मा र उषाले साइकलसहित सगरमाथा आरोहणले महिलाहरु कमजोर हुँदैनन् भन्ने सचेतना हुने बताइन् । उनीहरुले भने, ‘महिलाहरु कमजोर छैनन् । हामीपनि साइकलसहित सगरमाथा आरोहण गर्न सक्छौ ।’

सगरमाथा आरोहण गर्नुपूर्व उनीहरुले सात सय मिटरको हिमाल आरोहण गर्नेछन् । साइकल चढेर सगरमाथाको चुचुरोमा पुग्न असम्भव भएकोले सगरमाथाको फेदिबाट साइकलका सबै अंगहरु व्यागमा बोक्ने र चुचुरोमा पुगिसकेपछि जोडेर साइकलसहित चुचुरोमा पुगेको सन्देश दिने उनीहरुले बताए 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement