Advertisement
Advertisement
Advertisement
Advertisement

समयसँगै बद्लिदै छ फेसन : डिजाइनर राधा

  |      16:49:00   |  
समयसँगै बद्लिदै छ फेसन : डिजाइनर राधा

भदौ १४, काठमाडौं । विसं २०६८ सालदेखि राजधानीको न्युरोड विशाल बजारस्थित इगल आईज फेसन हाउस गुणस्तरिय, फेसनेवल तथा लोकप्रिय पहिरन पाइने उत्कृष्टमध्ये एक हो । जहाँ नेपाली फेसन पारखीहरु आँखा चिम्लिएर डिजाइनर राधिकाका पहिरनलाई मन पराउँछन् । जसरी विश्वमा फेसनका पहिरनले ठूलो हिस्सा ओगटेको छ, नेपालमा पनि फेसनको दायरा निकै फराकिलो छ र अझै आधुनिक मानिसहरुले यस्लाई फराकिलो बनाउँदै गइरहेका छन् । फेसनका पहिरनमा सचेत बन्दै गइरहेको नयाँ पुस्ता पहिरनलाई प्राथमिकता दिन्छ । यसैगरी इगल आइज फेसन हाउस जस्ता ठाउँहरुले परम्परागत तथा आधुनिक फेसनेवल डिजाइनलाई तयार गरिदिएकाले नेपाली फेसन माथी उठ्दै गएको हो भन्दा फरक पर्दैन् । नजिकिँदै गरेको नेपाली हिन्दु नारीहरुको महान चाड तिजलाई लक्षित गरि ग्रिष्मा केसीले डिजाइनर राधिका ढकाल (सापकोटा)सँग नेप्लिज वुमनका लागि गरेको कुराकानी 

 

कुन डिजाइनका पहिरनहरुमा फेशन पारखी आकर्षित छन् ? 
फेशन पारखीहरुको उमेर अनुसार फरक फरक आफुलाई मनपर्ने वा आफ्नो टाइपको फेशनेवल डिजाइनहरुमा आकर्षण बढि छन् ।

 

तिजमा विशेष कस्ताखालको पहिरनको माग हुन्छ ?
आजभोली धेरैजसो बनारसी, सिल्क सारीहरुको मागनै बढि भईरहेको छ । त्यसमा पनि अफिसियल अर्थात कामकाजी महिलाहरु हल्का सिफनका सारीहरु मनपराउँछन भने गाउन, बेल्ट, पाईन्टमा सारी, सल फिक्स गर्ने पहिरनको माग ह्वात्त बढेको छ । 

 

 

महिलाहरु चाडबाडमा कुन रंगमा सजिँदा आकर्षक देखिन्छन् ? 
बिशेषगरी चाडबाडमा महिलाहरु आफुलाई सजिलो हुने सिम्पल, हल्का बोडर भएको सिल्क तथा सिफनका सारीहरु आफ्नो स्किनटोनसँग म्याच गर्ने जुनसुकै कलरहरुमा पनि आकर्षक देखिन्छन् ।

 

महिलाहरुमा पहिरनले के महत्व राख्दछ ? 
पहिरन भनेको एउटा ऐना हो । यसले व्यक्तिको आवरण झल्काउँछ पहिरनले कुनै पनि व्यक्तिको व्यक्तित्व झलकाउने काम गर्छ । शारीर ढाक्ने काम पहिरनले नै गर्ने भएकाले यस्को महत्व आफैमा गहन र अत्यावश्यक पनि छ । 

 

कुन उमेरकाले कस्तो पहिरन लगाउने ?
खासगरी पहिरनमा हामी उमेर भन्दा पनि महिलाको फिगर, स्किनटोनको बारेमा ध्यान दिन्छौं । त्यसैअनुसार टिनएजरकालागि वन पिस, टु पिस, लेहंगा, पछाडी चेनवाला अगाडी थोरै कट भएको सुहाउँछ भने युवती सम्पल साडी , लेहंगा फिगर तथा स्किनटोन म्याचगर्ने खालका पहिरनहरुमा बढि आकर्षक देखिन्छन् ।

 

सारीचोलीमा भन्दा नि आजकलका महिलाहरु अन्य पहिरनमा सजिन चाहान्छन् किनहोला ? 
सारीचोलीमा महिलाहरु आकर्षक देखिने भएपनि लगाउँदा, हिड्दा बस्दा यसले अलिकति अपठेरोनै हुन्छ । त्यसकारण पनि अहिले महिलाहरुले छिटो र सजिलो हुने हल्का खालका पहिरनहरु रुचाएका हुन भन्ने लाग्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement