साउन ४, काठमाडौं । काठमाडौंको बत्तिसपुतली सडकमा भुइँकटहर बेचेरै केशव मल्ल दैनिक नौं हजार कमाइ गर्छन् ।
नवलपरासीस्थित परासी बजारका स्थायी बासिन्दा मल्ललाई उपत्यकामा प्रवेश गर्दा ठेलामा भुँकटहर बेचेर यति राम्रो कमाइ होला भन्ने थिएन । आफ्नै देशमा थोरै लगानीमा आकर्षक व्यवसाय गर्न सकिन्छ भन्ने उदाहरण बनेका मल्ल जस्ता व्यवसायीे पछिल्लो समय निकै बढ्दै गएको पाइन्छ ।
श्रीमती र एउटा छोरा सहित काठमाडौंको सिफलमा डेरा गरि बस्ने मल्ल दैनिक ११ बजेदेखि ७ बजेसम्म दुई सय भुँइकटहर बिक्रि गर्छन् । उनी वर्षभरी नै फलफूल बेचेर यसरी नै गुजारा टार्छन् ।
आर्थिक स्थिती सामान्य भएपनि व्यवसायबाट महिनामा लाख भन्दा बढी कमाइ गर्नेलाई सरकारले अझै व्यवस्थित ठाउँ उपलब्ध गराउन सके देशलाई आर्थिक टेवा पुग्ने मल्ल बताउँछन् ।