Advertisement
Advertisement
Advertisement
Advertisement

श्रीमानलाई डिभोर्स दिएर चरेश धन्दामा

  |      12:26:00   |  
श्रीमानलाई डिभोर्स दिएर चरेश धन्दामा

काठमाडौं : कुशल नृत्याङ्गना कान्छीमाया घलेले सांस्कृतिक महोत्सवमा नृत्य प्रदर्शन गर्दा वाहवाह पाउँथिन्। त्यसबाट पाएको रकमले उनको आवश्यक्तालाई पूरा गरेन। त्यसपछि उनले अर्को पेशा रोजिन। हङ्गकङमा चरेश तस्करी। 

 

बुधवार दिउसो बैदेशिक हुलाक भन्सार कार्यालय सुन्धाराबाट १५ केजी ५ सय ग्राम चरेश हङकङ पार्शल गर्न लाग्दा कान्छीमाया पक्राउ परेकी छन्। उनले श्रीमानसँग सम्बन्ध विच्छेद गरेपछि आर्थिक समस्या सुल्झाउन चरेश तस्करी सुरु गरेको प्रहरीसँगको बयानमा बताएकी छन्।  

 

नुवाकोट, चिसाङ गाउँपालिका—८बाट काठमाडौं आएकी उनी बालाजुको डेरामा बसेर चरेश कारोबार चलाइरहेको प्रहरीले बताएको छ। परिवारमा बेमेल वा सम्बन्ध विच्छेद गरेका महिलाहरु लागू औषध कारोबारमा संलग्न देखिएका छन्। २९ वर्षिया घले पछिल्लो महिला हुन्।  

 

लागू औषध नियन्त्रण व्युरोका प्रहरी निरिक्षक सुरेन्द्र चन्दका अनुसार दुई महिनाअघि चरेश तस्करीमा संलग्न भएको अभियोगमा मेरिना तिवारीलाई पक्राउ गरिएको थियो। ‘श्रीमानसँग सम्बन्ध विच्छेद गरेपछि तस्करीमा संलग्न हुने गरेको पाइयो। कोही भरिया बन्ने त कोही व्यावसायिक नै देखिए,’ प्रहरी निरिक्षक चन्दले भने। 

 

पछिल्लो तीन महिनायता लागू औषध कारोबारमा पाँचजना महिलालाई पक्राउ गरेको छ। जसमध्ये दुई जना महिला सम्बन्ध विच्छेद पछि लागू औषध कारोबारमा संलग्न भएको पाइएको छ। 
 

पहाडी जिल्लामा अफिमको खेती हुने गरेको छ। पश्चिमका बझाङ, रुकुम, सल्यान, जाजरकोट, जिल्लामा खेती हुने गरेको प्रहरी दावी छ। त्यस्तै, बाग्लुङ, गुल्मी, सिन्धुली, मकवानपुर, धादिङ र पूर्वका भोजपुर, धनकुटा, उदयपुर लगायतका जिल्लामा पनि अफिमको ओसारपसार गरेको हुने गरेको सूचना आएपछि प्रहरी परिचालन गरिएको छ। 

 

व्युरो प्रमुख डिआइजी दिनेश अमात्यले अभावमा जिन्दगी बिताइरहेका महिलाहरु छिटै अरुलाई विश्वास गर्दा अपराधमा फस्न पुगेको बताउँछन। उनले भने, ‘प्रलोभनमा फसाउन सजिलो हुने भएकोले माध्यमका रुपमा पनि महिलालाई प्रयोग गर्छन।’ पहाडी जिल्लाबाट तराईमा र सीमापारि ओसार्न महिलालाई प्रयोग गरेको पाइएको छ। अन्नपूर्ण पोष्ट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement