Advertisement
Advertisement
Advertisement
Advertisement

शेयर बजारबाट करोडपति बनेकी सम्झना

  |      16:29:00   |  
शेयर बजारबाट करोडपति बनेकी सम्झना

-भक्तराज रसाइली
काठमाण्डौै । मुलुककै अर्थतन्त्रको ऐना मानिने नेपालको सेयर बजार विस्तारै विस्तारित, समावेशी र अत्याधुनिक बन्दै गएको छ । सेयर बजारलाई मिलेनियरहरुको क्रीडास्थल संज्ञा दिने पनि छन् । सेयर बजारमा प्रवेश गरेको छोटो समयमै बुद्धिमतापूर्वक लगानी गर्नेहरुले अपत्यारिलो गतिमा पैसा  कमाएर  थुप्रै उदाहरण पेश गर्ने समेत नेपालका बजारमा छन् । 

 

पछिल्लो समय सेयर बजार घटेर चौपट भइरहेको बेला र यस्तो बजारमा गरिएको लगानी डूब्छ भनी दुष्प्रचार भइरहेको बेला यही बजारमा सीप हुनेले करोडौं कमाएर देखाएका छन् । विवेकपूर्वक लगानी गरे सेयर बजारले मानिसको आर्थिक हैसियत दिन दुईगुणा रात चौगुणा बढाइदिएको छ । यस्तै, एक पात्र हुन् सम्झाता सिलवाल(अर्याल) ।

 

नेपालको पूँजी बजारमा महिलाको उपस्थिति सम्माननीय र बिशेष आकर्षण क्षेत्र बनिरहेको छ । नेपाली सेयर बजारमा महिलाहरु पनि पुरुषसरह सेयरबाट करोडपति हुने अभिलाषाका साथ होमिने थालेका छन् । बिहान बेलुकी घरको काम सकेर दिउँसोको समयलाई सदुपयोग गर्दै सेयर ब्रोकरका अफिसमा महिला उपस्थिति बाक्लिँदै गएको देखिन्छ । यही भीडमा एक सफल महिला सेयर लगानीकर्ताको रुपमा स्थापित छिन् सम्झना । 

 

गोर्खाको नारेश्वर स्थायी घर भएकी अर्याल २०६५ सालभन्दा केहीअघि सेयर बजारमा प्रवेश गरेकी हुन् । सेयर बजारमा प्रवेश गरेको १० वर्षमै उनले यहाँबाट मनग्गे पैसा कमाएकी छिन् । 

 

०६५ सालदेखि प्राथमिक बजारमार्फत उनले सेयर बजारमा पाइला हालेकी हुन् ।  दोस्रो बजारमा भने उनको प्रवेश बैंक अफ काठमाण्डौ र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर खरीद गरी भएको हो । 

 

२०६९ सालबाट श्रीमानले सम्हालिआएको पोर्टफोलियो समेत सम्हालेर दोश्रो बजार प्रवेश गरेकी हुन् । त्यसपछि उनले कहिल्यै पछाडि फर्कनु परेन । 

 

उनले बजार प्रवेश गरेको छोटो समयमै मनग्गे पैसा कमाएर जग्गा, घर तथा सुनका गरगहना समेत जोड्न भ्याइसकेकी छिन् । बजार प्रवेश गरेर डूब्नेहरु मात्र देखिरहेका लगानीकर्ताका लागि मिलाएर सेयरमा लगानी गर्दा त्यसले उभो लगाउँछ भन्ने उदाहरणीय पात्र समेत हुन् ४२ वर्षीया अर्याल ।  

 

नेप्से ३१५ हुँदा ताका सेयर बजार प्रवेश गरेकी हुन् । श्रीमानको कार्गो व्यवसाय र आफ्नो सेयर बजारबाट गुजारा चलाउने उनी ३ छोरीकी आमा पनि हुन् । ३ छोरीमध्ये जेठी छोरीको विवाह खर्च र अष्ट्रेलिया जाने खर्च पनि सेयरको कमाइबाट जोहो गरिन् । माइली छोरी सीए र कान्छी छोरीलाई ९ कक्षा पढाउँदै छिन्, पढाई खर्च समेत उनले सेयरबाटै गरेको कमाईले धानिरहेकी छिन् ।

 

उनले सेयरबाट गरेको कमाईले कलंकीको दहचोकमा घडेरी, बालाजु(वनस्थली)मा घर मात्र ठड्याएकी छैनन् प्रत्येक महिना घर चलाउन आवश्यक २ लाख रुपैयाँको जोहो समेत सेयर बजारबाटै गर्छिन् । 

 

उनले लगानी गरेका करिब २ लाख कित्ता सेयरमध्ये ८० प्रतिशत विभिन्न वाणिज्य बैंक, बित्तीय संस्था, बिमा तथा माइक्रो फाइनान्स कम्पनीका संस्थापक सेयर छन् । ‘ब्रोकर नं. ३ की सिन्धु रेग्मीको प्रेरणाले म सेयर बजारमा आएकी हुँ।’–उनले भनिन् । 

 

सेयर बजार बिज्ञ रबिन्द्र भट्टराईसँग १५ दिने कक्षा लिएर उनी सुझबुझका साथ बजारमा प्रवेश गरेकी थिइन् । सेयर बजारमा खरीदबिक्री गर्न माहिर उनी बाँचुञ्जेल यही क्षेत्रमा सक्रिय रहने बताउँछिन् ।

बाँकी कथा पढ्न यहाँ क्लिक गर्नुहोस् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement