Advertisement
Advertisement
Advertisement
Advertisement

शिशुको पालनपोषणमा सात लाख सहयोग

  |      11:19:00   |  
Symbolic Image
Symbolic Image

असार १२, गलेश्वर । जापानको नागोयामा उपचारको क्रममा मृत्यु भएकी रघुगङ्गा गाउँपालिका–३ पिप्लेकी प्रमिला दर्जीको नवजात शिशुको पालनपोषण र शिक्षादीक्षाका लागि मोना जापानले करीब रु सात लाख आर्थिक सहयोग गरेको छ ।

मोना जापानले सङ्कलन गरेको रु ६ लाख ७७ हजार ७८८ शिशु प्रसिद्धी दर्जीको नाममा गरिमा विकास बैंकको केन्द्रीय कार्यालयमा रहेको खातामा जम्मा गरिएको मोना जापानका महासचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो । “पालनपोषणदेखि शिक्षादीक्षामा खर्च गर्ने गरी मुद्दती खातामा राखिएको छ, आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दछौँ”, श्रेष्ठले भन्नुभयोे । रोजगारको सिलसिलामा जापान पुगेकी दर्जी ब्रेनट्युमर रोगबाट ग्रसित हुनुहुन्थ्यो । दर्जीको मृत्युपछि एक महीनाको शिशुलाई नेपालमा ल्याइएको थियो ।
 
उपचार तथा अन्त्येष्टिसम्म मोना जापान र क्षेत्रीय समिति नागोयाबाट आर्थिक तथा आवश्यक कानूनी प्रक्रियामा समेत सहयोग गरिएको थियो । मोना जापानका अध्यक्ष दीपक केसीले अस्पतालको श्ययामै एक म्याग्देली चेलीलाई गुमाउनुको पीडालाई नजिकबाट हेरेको बताउँदै सहयोगलाई बालिकाको शिक्षादीक्षा र पालानपोषणमै खर्च गरिने बताउनुभयो । “जन्मदिने आमालाई गुमाएकी बालिकालाई आर्थिक अभाव हुन नदिने गरी सहयोग जुटाएका छौँ”, केसीले भन्नुभयो ।
 
केसीले सङ्कलन गरिएको आर्थिक सहयोगलाई मोना जापानको प्रतिनिधिसहित आफन्तको नाममा बैंकमा राखिएको बताउँदै भविष्यमा थप कार्यविधि बनाएर बालिकाको हितमै खर्च गर्ने जानकारी दिनुभयो । बैंकमा मोना जापानको तर्फबाट चित्रबहादुर केसी, शिशुको तर्फबाट मामा र अर्का आफन्त गरी तीन जनाको नाममा खाता सञ्चालन गरिएको छ ।  यस अगाडि मोना जापान क्षेत्रीय कार्यसमिति नागोयाले रु ८९ हजार सहयोग हस्तान्तरण गरिसकेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement