Advertisement
Advertisement
Advertisement
Advertisement

विन्टर मेकअप एन्ड केयर

  |      11:21:00   |  
वेब तस्विर
वेब तस्विर

►सिर्जना दुवाल श्रेष्ठ

पुस २६,काठमाडौं ।

स्किनका लागि:

जाडो सुरु हुनासाथ स्किन सुख्खा हुँदै जान्छ । यो समय स्किनको ग्लो कायम राख्न छालाको हेरचाहमा अरु बेलाभन्दा बढी ध्यान पुर्‍याउनुपर्छ । छालामा सुख्खापन देखिनासाथ दैनिक २–३ पटक मोइस्चराइजर लगाउनुपर्छ । यो मौसममा वातावरणमा तापक्रम कम भएर चिसो हावा चल्दा स्किनको तैलीय ग्रन्थिले चिल्लो पदार्थको उत्पादन कम गर्छ र छाला सुख्खा हुन्छ ।  बढी घाममा बस्दा, कोठामा हिटर प्रयोग गर्दा, चिसो हावामा बढी हिँडडुल गर्दा, एसीमा बस्दा मोइस्चर उडेर छालालाई सुख्खा बनाउँछ । यस्तो अवस्था धेरै दिन कायम रहे छालामा पातलो लाइन देखा पर्छ जसले पछि स्थायी रूप लिन्छ र स्किनको चमक हराउँछ । यस्तो प्रसाधन दिउँसो पनि लगाउनुपर्ने भएकाले डे क्रिममा एसपीएफयुक्त प्रसाधन प्रयोग गरी स्किन टोनअनुरूपको एसपीएफयुक्त फेस पाउडर लगाउनुपर्छ जसले गर्दा सूर्यको नकारात्मक किरणबाट जोगिन सकिन्छ ।  यो मौसममा स्किनमा तातोपानी, साबुन वा फेसवास प्रयोग गरे छालाको चिल्लो निस्किएर त्यसको नरमपन उड्छ अनि छाला सुख्खा हुने, मृतकोष देखापर्ने एवं फुट्ने समस्याले सताउन थाल्छ । जाडोमा स्पा लिँदा शरीरको सबै फोहोर हट्छ र स्किनमा जम्मा भएको अतिरिक्त तेल पनि बाहिर निस्कन्छ । समय–समयमा छालामा स्क्रब गर्नु राम्रो हुन्छ । यसले स्किनमा भएका मृतकोषिकाहरू निस्कन्छन् र छाला नरम भएर त्यसमा ग्लो देखापर्न थाल्छ । छालाको पोर खोल्ने भएकाले स्क्रब गरेपछि अनिवार्य फेसप्याक लगाउनुपर्छ । जाडोमा चिसो हावाले हातखुट्टाको छाला फुट्छ र सुख्खा हुन्छ । हातखुट्टालाई मनतातो पानीले सफा गरेर मोइस्चराइजर वा ह्यान्ड तथा फुट लोसन लगाउनुपर्छ । 

 

मेकअप:

स्किन मेन्टेन भएपछि मेकअपको प्लान गर्नुपर्छ । विन्टरमा मोइस्चराइजर अलि बढी लगाउनुपर्छ । मोइस्चराइजर लगाउनुअघि कन्सिलर लगाउन सकिन्छ । स्किन ओइली छ भने ओइल फ्रि मोइस्चराइजर अनि स्किन ड्राइ छ भने नर्मल मोइस्चराइजर प्रयोग गर्न सकिन्छ । यो मौसममा अल्कोहलरहित स्किन रिप्रेसर प्रयोग गरेपछि मोइस्चराइजर प्रयोग गर्नुपर्छ । मेकअप गर्दा अनुहारमा अन्डर आई डार्क सर्कल भए कन्सुलर प्रयोग गर्नुपर्छ ।  अनुहारमा चायाँ–पोतो भए एल्लो कन्सुलर प्रयोग गर्न सकिन्छ । नर्मल डेमा मेकअप गर्दा स्किन केयर मोइस्चराइजर, बीबी क्रिम आदि लगाउनु उपयुक्त हुन्छ । यदि पार्टीका लागि हेबी मेकअप गर्ने हो भने वाटर वेस अर्थात् ओइल बेस फाउन्डेसन प्रयोग गर्न सकिन्छ ।  आइब्रो करेक्सनमा लाइट ब्राउन, ग्रे, डार्क ब्राउन कलर प्रयोग गर्नु उपयुक्त हुन्छ । आइमेकअपका लागि क्रिमी आइस्याडोको लाइट साइन आइस्याडो प्रयोग गर्नुका साथै त्यसको रंगमा लाइट पिंक, गोल्डेन, ब्रन्ज, कपर, ब्राउन, लाइट पर्पल आदि विकल्प उपलब्ध हुन्छन् । आइलाइनरमा लिक्विड जेलमा स्केच लाइनर प्रयोग गरेर भोलुम मस्कारा लगाउनुपर्छ । आइब्रो हाइलाइट गरेर ब्ल्याक वा ब्राउन गाजल लगाउनुपर्छ । ब्लसमा क्रिमी वा म्याट प्रयोग गर्न सकिन्छ । यो मौसममा लाइट पिंक, पिच ब्लस प्रयोग गरेर ओंठमा लिपिस्टिक लगाई ग्लस प्रयोग गर्नुपर्छ । 

 

विन्टर सेडुअल

 

बिहान:

सोप फ्रि वा एलोवेरा, मह आदिको फेसवासले अनुहार धुनुपर्छ । त्यसपछि राम्रो स्किन टोनर एप्लाइ गर्नुपर्छ । स्किन टोनर लगाइसकेपछि हाइमोइस्चरयुक्त मोइस्चराइजर लगाउनुपर्छ । सनब्लकमा भएको मोइस्चराइजर विन्टर सिजनमा स्किनलाई आवश्यकताअनुरूप पर्याप्त नहुने भएकाले छुट्टै मोइस्चराइजर प्रयोग गर्नुपर्छ । मोइस्चराइजर लगाएपछि माथिबाट सनब्लक प्रयोग गर्नुपर्छ । ओंठको स्याहारका लागि राम्रो ब्रान्डको लिप वाम लगाउनुका साथै मोइस्चराइजरयुक्त लिपिस्टिक लगाउनुपर्छ ।

 

बेलुकी:

स्किनमा टाँसिएको फोहोर, मेकअप आदि उतार्न तथा छाला सफा गर्न प्रत्येक रात राम्रो क्लिन्जरले छाला सफा गर्नुपर्छ । क्लिन्जिङ गरेपछि टोनर र सुत्नुअघि नाइट क्रिम अनिवार्य लगाउनुपर्छ । यदि छाला फुटेको छ भने रातिका लागि ग्लिसरिन कागतीको मिक्स प्रयोग गर्दा छाला चाँडै रिकभर हुनुका साथै नरम पनि हुन्छ ।

 

विन्टर वडी केयर:

अल्कोहलयुक्त वा ड्राइ साबुनले शरीर धुँदा सुख्खापनले शरीर चिलाउने, छाला तन्किएजस्तो असहज महसुस हुने भएकाले मोइस्चराइजरयुक्त साबुन वा सोप फ्रि वडी वासले शरीर धुनुपर्छ । शरीर पुछ्नेबित्तिकै मोइस्चराइजरयुक्त वडी लोसन पूरै शरीरमा लगाउनुपर्छ । हातखुट्टामा बढी सुख्खापन हुने भएकाले वडी लोसनका साथै कोल्ड क्रिमसमेत प्रयोग गर्नुपर्छ । हातखुट्टा चिसो हुँदा पनि सुख्खापन देखापर्ने भएकाले शरीरका साथसाथै हातखुट्टालाई पनि न्यानो राख्नुपर्छ । अनुहारको सुन्दरता कायम राख्न हरेक हप्ता प्याक लगाउनुपर्छ । हरेक महिना आफ्नो छालाको प्रकृति तथा उमेरअनुरूप नियमित फेसियल गराउनुपर्छ । 
नारी खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement