Advertisement
Advertisement
Advertisement
Advertisement

वाटरप्रुफ मेकअप अनि वेवी कट हेयर स्टाइल फेसनमा

  |      20:04:00   |  
वाटरप्रुफ मेकअप अनि वेवी कट हेयर स्टाइल फेसनमा

► ग्रिष्मा के.सी. (गौरी)

भदौ ५, काठमाडौं । विगत लामो  समयदेखि राजधानीका विभिन्न तीन स्थानमा लक्ष्मी हेयर एण्ड व्युटी स्टुडियो संचालन गर्दै आइरहेका लक्ष्मी ठाकुर सौन्दर्य कलाका लोकप्रिय व्यवसायी हुन् । सौन्दर्य कलाको ज्ञान भएका ठाकुरको नेपाली आधुनीक शैलीको हेयर स्टाइल र मेकअपलाई आजको अवस्थामा  ल्याइपुर्याउनुमा उनको पनि निकै ठूलो हात छ । कोटेश्वरको भाटभटेनी, लाजिम्पाट र पुलचोकमा संचालित तीन स्टुडियो मार्फत विभिन्न देशी तथा विदेशी हेयर स्टाइल तथा मेकअप शैली प्रदान गर्ने खुबि भएका लक्ष्मी ठाकुर सौन्दर्य कलामा दरिएका व्यक्ति हुन भन्दा फरक पर्देन् । समयको माग अनुसार ग्रहाकलाई सुविधा सम्पन्न स्टुडियोमा सेवा प्रदान गर्ने पहिलो लक्ष्य लिएका लक्ष्मी ठाकुरले नेपालका सेलिव्रेटीदेखि सामान्य सौन्दर्य पारखीहरुको व्युटी टेक्नो कलामार्फत विश्वास जितिसकेका छन् । हरेक सिजनका हेयर स्टाइल तथा मेकअप आइडियामा दख्खल राख्ने ठाकुरसँग  ग्रिष्माले नेप्लिज वुमनका लागि गरेको कुराकानी । 

 

अहिले कस्तो मेअकप शैलीको माग बढी छ ?
अहिले वर्षा मौसम भएकाले गर्दा पानीले छिटो नबगाउने खालको मेकअपको माग बढी हुन्छ ।  तीज पनि नजिकिँदै छ, यसकारण, वाटर प्रुफ तथा कलरफुल नै चल्छ । महिला पुरुष दुवैले वषेशगरी  वाटरप्रुभ मेकअप बढि रुचाउँछन् । जस्मा लाईट किसिमको मेकअपतर्फ महिलाहरु अधिक आकर्षित छन् ।

 

तपाईको विचारमा यो मौसममा कस्तो स्टाइलको मेकअप र हेयर उपयुक्त हुन्छ ?
बर्षमा सबैले सजिलोसँग गरिने र सामान्य मेकअप शैली मन पराउँछन् । त्यसकारण यो समयमा समान्य तवरले गरिने मेकअप नै उपयुक्त हुन्छ ।

 

आजभोली महिलाका लागि कस्ता हेयर स्टाईल ट्रेन्डमा छन् ?
विशेष मौसमी हेयर स्ठाइलमा केन्द्रित भएर गरिने हेयर स्टाइल ट्रेन्डमा हुन्छन् । यो मौसममा वर्षा सँगै गर्मी पनि बढ्ने भएकाले कामकाजी महिलादेखी गृहणी लगायत अधिकांश महिलाको रोजाइमा पर्ने हेयर स्टाइल यी नै हुन् ।

 

विषेशगरी ४० प्लस महिलाका कुन हेयर स्टाइल आकर्षक हुन्छ ? 
४० प्लस महिलाका लागि सट अर्थात छोटो हेयरकट गर्नु राम्रो हो । यो स्टाइल अर्थात (वेवी कट)  ले उनीहरुलाई उनीहरुको आफ्नो उमेरभन्दा कम उमेरकोे देखाउन मद्धत गर्छ । अहिलेको आधुनिक मानवहरु सौखिन र स्टालिस्ट हुँदै गइरहेको भएर पनि होला आकर्षक र आफूलाई सधै भर्खरको देखाइराख्ने स्टाइलमा बढी केन्द्रित हुने भएकाले माग पनि यी नै स्टालको बढी हुन्छ ।

 

वर्षाको बेला कलरफुल मेकअप ट्रेन्ड कतिको उपयुक्त हुन्छ ? 
भर्खरै बितेको साउनमा महिलाहरु प्रायः ब्रत बसे त्यो बेला उनीहरु लुगासँग म्याच हुने सिम्पल मेकअपमा नै बसे । सामान्य मेकअप शैली नै लोकप्रिय छ र उपयोगी पनि । दुँनियाभरका महिलाहरु खास भन्ने हो भने सामान्य तथा कुल रंगको मेकअपशैलीलाई प्राथमिकता दिन्छन् र यो स्टाइल नै उपयुक्त हुन्छ । झ्वाट्ट हेर्दा भड्किलो पनि नदेखिने र आफूलाई क्यारी गर्न पनि सहज हुने यो स्टाइलमा सामान्य हिसाबले हरीयो, रातो, पहेंलो पिंक र सेतो रंगमा खेलर मेकअप गर्नु उपयुक्त हुन्छ । यो मेकअपमा मोस्चराइजर, सन प्रोटेक्सन क्रिम तथा सिम्पल र गुणस्तिरीय कस्मेटिक प्रयोग गर्नु स्वास्थ्यका हिसाबले फलदायी हुन्छ । 

 

लुक अनुसारको हेयर स्टाइल र मेकअपमाले मानिसको सौन्दर्यमा कतिको प्रभाव पार्छ? 
लुक अनुसार गरिएको हेयर स्टाइले व्यक्तिको पर्सनालीटि झल्काउँछ । यदि लुकसँग म्याचहुने हेयर स्टाईल र मेकअप भएन भने मानिसको सौन्दर्यमा केहि कुरा नपुगेको हो कि भन्ने महसुस हुन्छ । कि त कताकता स्टाईलको आधुनिक शैलीको ज्ञान नभएको हो कि भन्ने झल्को दिन्छ । यतिसम्मकी यदि हामीले सामान्य मेकअप तथा हेयर टे«न्डको बारेमा सचेत नहुने हो भने सानो समुहमा बस्न पनि आफूलाई अप्ठेरो महसुस हुने स्थित नआउला भन्न सकिन्न । यसकारण, हरेक मानिसले आफ्नो व्यक्तित्वका बारेमा सामान्य भएपनि जानकारी हुनु आवश्यक छ । 

 

अन्त्यमा ?
आममानिस हेयर स्टाइल तथा मेकअपमा निकै नै परिवर्तन हुँदै गइरहेको छ । पहिले भन्दा आजभोली हेयर स्टाइल तथा मेकअप गर्नु भनेको नक्कल हैन बरु व्यक्तित्व र स्वास्थ्यका हिसाबले पनि उपयोगी हो भन्ने मानिसहरुको संख्या दैनिकजसो बढ्दै छ । यो कुरा लक्ष्मी हेयर एण्ड व्युटी स्टिुडियोमा आउने सेवाग्राहीहरुको संख्याले मलाई महसुस गर्ने मौक दिएको छ । यहि नै कमाइ हो । यस्लाई अझै आधुनिक हिसावले निरन्तरता दिने कुरामा म दृढ छु । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement