Advertisement
Advertisement
Advertisement
Advertisement

लेखकहरुका दिन खुल्दैछन् : सर्जक रामप्रसाद खरेल

  |      11:00:00   |  
सञ्चारकर्मी तथा सर्जक रामप्रसाद खरेल
सञ्चारकर्मी तथा सर्जक रामप्रसाद खरेल

साउन ६, काठमाडौं । रामप्रसाद खरेल प्रदेश नम्बर एकको इटहरीमा वसेर साहित्य तथा पत्रकारिताको क्षेत्रमा क्रियाशिल छन् । रे पुस्तकवाट विशेष चर्चामा आएका उनि पछिल्लो समयमा कविताहरु मार्फत पनि चर्चामा छन् । काठमाण्डौका ठूला मिडियाहरुले नदेखेपनि पूर्वका प्रायजसो सवैखाले मिडियामा उनलाई सुन्न,पढ्न र देख्न पाइरहिन्छ । ओशो सन्यासी तीनै सञ्चारकर्मी तथा सर्जक रामप्रसाद खरेलसँग नेप्लीजवुमन डटकमा लागि उनको लेखनीको इतिहास, वर्तमान र भविष्यका वारेमा कुरा गरेपछि सरस्वती कटुवालले यो लेख तयार पारेकी हुन्।

 

“केवाट प्रेरणा पाउँनु भयो लेख्नलाई ?” शुरुवातमै धन्यवाद भन्छु यो वार्ताका लागि । यो प्रश्न मलाई हरेकजसो कुराकानीका वेला सोधिन्छ र मैले भन्दैपनि आएको छु । म सानो छदाको कुरा हो गाउँघरमा स्वास्थानीको व्रत लिएको देख्थे । एक महिनासम्म स्वस्थानीको व्रत हुन्थ्यो गाउँका अधिकाशं घरहरुमा । हाम्रो घरमा पनि आमा, दिदीहरुले स्वस्थानीको व्रत लिनुहुन्थ्यो । कथा दिनमा दुइचोटी वाचन हुन्थ्यो दिउँसो १२ वजे एकचोटी तुलसका मोठमा र राती कोठामा । दिउँसो आमाले पुजा गर्नुहुन्थ्यो अनि वुवाले स्वस्थानीको कथा पढ्नु हुन्थ्यो । व्रतको साङ्गेका दिन रातभर जाग्रम हुन्थ्यो । गाउँका मानिसहरु भेला भएर नाचगान गर्थे । रातभरमा स्वस्थानीको कथा पुरै भनिन्थ्यो । मलाई कथा मन पर्थ्यो । महादेव र सतीदेवीको कथाले अहिलेपनि मलाई खुव प्रभाव पारेको छ । यही पुस्तक हो मलाई लेखनमा पहिलो प्रेरणा दिने कुरा । त्योवेला मलाई के लाग्थ्योभने ओहो लेखक भनेको निकै ठूलो मान्छे हो रहेछ । वाल मस्तिष्क मलाईपनि लेखक वन्ने धुन आयो । लेखक हुँदा राम्रो सवैले पुज्ने मान्छे होइन्छ भन्ने कुराको छाप वसेछ । 

 

अर्को कुरा आमाले हरेक रात ओछ्यानमा सुनाउँने गाउँखाने कथा तथा लोककथाहरु हुन् मलाई लेखनमा प्रेरणा दिने कुरा । आमाले हरेक दिन एउटा न एउटा लोककथाहरु सुनाउनु हुन्थ्यो । सुनकेसरी रानीको कथा, तिलकेको कथा, वुढी बाख्रकीको कथा आदि । यस्ता लोककथाहरुले मलाई लेखनमा थप उर्जा भरेछ मैले थाहा नै नपाई । मलाई लाग्थ्यो आमा निकै राम्रो कथा वाचक हो । वहाँ राम्रो कथाकार हो । ती लोककथा हुन भन्ने कुरा त मलाई पछि मात्र थाहा भयो ।

 

यसरी मलाई स्वस्थानीको कथा र आमाले भन्ने लोककथाहरुले भित्रभित्र प्रभाव जमाएछन् । जुन प्रभाव म ठुलो हुदै गएपछि वाहिर आउन थाल्यो मेरो लेखनीमार्फत । मैले स्कुल पढ्दा देखि नै लेख्न थालेको हुँ अलिअलि । कविता र नाटक लेख्थे म स्कुले जीवनमा । म कक्षा दशमा पढ्दा नै मैले लेखेको एउटा पूर्णाङ्की नाटक मञ्चन गरिएको थियो मेरो लेखन तथा निर्देशनमा । त्यसमा मेरो अभिनय पनि थियो । पछि एसएलसी पास भएपछि पनि केही समय नाटकको क्षेत्रमा सक्रिय भए साथिहरुसगँ मिलेर । मैले लेखेका केही पूर्णाङ्की तथा एकाङ्की नाटकहरु मञ्चन भए । गाउँमा हामीले ५६ सालमा मञ्चन गरेको नाटक ‘लुटिएको प्रजातन्त्र’ ले निकै चर्चा पायो । नभन्दै हामीले नाटकमा भनेजस्तै ६३ सालमा आएर प्रजातन्त्र र राजतन्त्र सकियो । त्योवेला सगै नाटक गर्ने साथिहरु कोही पनि छैनन् अहिले कला, साहित्यको क्षेत्रमा । म चै केही लेखिरहेको छु । तर रंगमञ्चको क्षेत्रमा निरन्तर रहन सकिन् । इटहरी आएपछि पनि रंगमञ्चमा रुची थियो तर त्यस्तो संगत पाईन् । अहिले रंगमञ्च पनि पुरै सुस्ताएको छ । 

 

म किन लेखक भए भन्न सक्तिन तर लेखनले मलाई समाजमा चिनायो । मेरा लेखहरु, निबन्धहरु पढेर रुपान्तरण भयौँ भन्नेहरु पनि छन् । यसले खुशी दिन्छ । मप्रति मानिसहरुको चासो वढ्यो । लेखनभन्दा पहिले मैले थुप्रै फ्यानहरु चै मेरो रेडियो कार्यक्रम मार्फत कमाएको थिए । मेरो किताव तिनै फ्यानहरुले वढी किने र पढे । नयाँले पनि किने र पढ्े । ती थप मेरा फ्यान भए । रेडियो मेरो मुल कर्म हो । साहित्य लेखन साहयक जस्तो छ अहिले तर भविष्यमा पूरै लेखनमा नै जम्ने सोच छ । सायद म चालिस कटेपछि घरव्यवहार चलाउँन अरु काम गर्दिन् । पुरै समय लेखनमा लगाउँछु । 

 

लेखेरै बाँच्ने माहोल विस्तारै वन्दैछ नेपालमा पनि । लेखेरै बाँच्न सकियो भने चै साच्चै लेखक भएको महसुस हुन्छ होला । अहिले पनि अलिअलि रोयल्टी प्राप्त भएको छ । मेरा पुस्तकको बिक्री ठिकै छ । कम्तिमा पनि बर्षमा एउटा पुस्तक दश हजार प्रति विक्यो भने दश ओटा पुस्तक प्रकाशन गर्न सकियो भने बर्षमा एक लाख पुस्तक बिक्री हुन्छ । यसमा कुनै पुस्तकका संस्करणहरु नयाँ हुन्छन् कुनैका पुराना । आफ्ना सवै किताव गरेर बर्षमा लाख प्रति बिक्री भयो भने मज्जाले परिवार चलाउँन पुग्छ । अखवारी लेखन पनि गर्न सकिन्छ ।

 

जसरी सरकारी जागिर खाने मान्छे तलवले बाच्छ, किसान आफ्नो उत्पादनले बाच्छ, व्यापारी आफ्नो व्यापारले बाच्छ त्यसरी नै लेखक पनि आफ्नो लेखनले बाच्न सक्नुपर्छ । यदि लेखेर बाच्न सकिएन भने त्यो लेखन रहर मात्रै हुन्छ । नेपालमा चै के हो भने लेखक अर्कै पेशामा हुन्छ । कोही शिक्षक, कोही सरकारी जागिरे, कोही व्यापारी, कोही के । तीनै मान्छे लेखक, साहित्यकार पनि हुन्छन् । त्यसैले उसले लेखनलाई आर्थिक आयआर्जनमा जोडेर हेर्दैन् वरु अन्य पेशावाट कमाएको पैसा लेखनमा लगानी होइन् खर्च गर्छ । हाम्रो देश पूर्ण साक्षर पनि भइनसकेको देश हो । त्यसैले कम पुस्तक विक्छन् । विस्तारै पुस्तक विक्री वढ्दै जान्छ । जसरी दश बर्ष पहिले भन्दा अहिले वढेको छ । पुस्तक किनेर पढ्ने प्रचलन वा पठन संस्कृति पनि विस्तारै वढ्दैछ । पढ्ने संख्या वढन आर्थिक उन्नती पनि सगँसगै हुनुपर्दो रहेछ ।

 

हाम्रो तीतो सत्य के हो भने कलेज पढुनजेल आमावावुले दिएको सिमित पैसाले पुर्याउँनु पर्छ । पढाइ सकिन नपाउँदै कमाउँन कि विदेश जानुपर्छ कि वेरोजगार भएर वस्नुपर्छ । वा थोरै पारिश्रमिकमा काम गर्ने वाध्यता हुन्छ । हामीसँग समय पनि कम हुन्छ आर्थिक कम्जोरीका कारण । आर्थिक, सामाजिक र शैक्षिक विकास सगँसगै विस्तारै लेखकहरुका पनि दिन खुल्दै जान्छन् । लेखकले उज्जल दिनको लागि लेखनमा सक्रिय हुँदै थामिन सक्नुपर्छ । रहर र लहडमा भन्दा जिम्मेवारी वोध र व्यवसायिक हिसावमा लेख्नुपर्छ । ताकी लेखन नै पेशा वन्न सकोस् ।

 

एउटा शक्तिशाली र वहुप्रतिभाशाली लेखकका लागि के मात्र लेख्ने भन्ने हुदैन् । साहित्य र गैर साहित्य दुवैमा कलम चलाउँन सक्छ । साहित्यमा पनि वहुविधामा कलम चलाउँन सक्छ । कुन विधा राम्रो भन्ने हुँदैन् । यो हरेक मान्छेको फरक रुचीमा भर पर्छ । मेरो लेखनको वर्तमान ठिकै छ । साधनाले विस्तारै माझिदै जान्छ । मेरो परिवारमा कोही लेखक छैनन् । मेरो परिवारको इतिहास ज्योतिष, धामी र व्यापारीहरुको इतिहास हो । यसले म परिवारिक रुपमा लेखनको पृष्ठभूमीवाट आएको होइन् । मेरो परिवारको लेखनीको इतिहास मवाटै शुरु भएको हो । लेखनमा म हर्षित वा निराश दुवै छैन् । म मात्र लेखिरहेको छु अहिले । तर आधरभूमी ठिक तयार गरेको छु भन्नेमा कुनै शंका छैन् । म हतार नगरी आन्नदले विस्तारै काम गर्ने मान्छे हो । कही पुगिहाल्ने हतारो छैन् मलाई । मेरो भविष्य लेखनमै हुन्छ । अबका पाच बर्ष वा चालिस पुगुञ्जेलसम्म चै म परिवार पाल्न लेखन भन्दा मुल काम अरु नै गर्छु । हामी आर्थिक अवस्था कम्जोर भएकाहरुलाई लेखनमा मज्जाले उभिन त्यति सहजै पनि छैन् । तर आत्मविश्वासका साथ लेख्ने हो भने गाह्रो पनि रहेनछ ।

 

कुन मिडियाले चासो दियो दिएन त्यो महत्वपूर्ण कुरा होइन् । पाठकले कति चासोको साथ आफूलाई हेरिरहेका छन् भन्ने चै लेखकका लागि सवभन्दा वढी महत्पूर्ण हुन्छ । अब मिडियाले पनि चासो दिए भने सुनमाथि सुगन्ध हुन्छ । मेरो हकमा भन्ने हो भने पूर्वका सवै ९० प्रतिशत भन्दा वढी मिडियाले मलाई कभरेज गरेकै छन् । पुर्वका सवै टिभि, अधिकाशं रेडियो, अनलाईन, पत्रिका आदि सवैले । काठमाडौंका मिडियाले चासो नदिएका होइनन् होला उनिहरु मसम्म आइपुग्न नसकेका हुन् । मेरो मात्र होइन काठमाडांैमै वसेर लेख्ने वा काठमाडौसँग सम्पर्क भइरहनेलाई जति मजस्तो वाहिर वसेर लेख्नेलाई काठमाडौंका मिडियाले कभरेज गर्न सक्तैनन् । यो उनिहरुको क्षमताको कुरा हो । म पनि मलाई लेखिदेउ, देखाइदेउ भनेर  काठमाडौं गएको छैन् । उनिहरु मसँग आइपुगेका छैनन् । तपाँइले भनेजस्तो हामीलाई वास्तै नगरेका हुन भने त्यो उनिहरुको समस्या हो मेरो होइन् । राम्रो मिडियाले जहिलेपनि फ्रेस म्याटर खोज्नुपर्छ । फ्रेस म्याटरमा उनिहरु चुक्छन् भने त्यो उनिहरुको व्यवसायिक समस्या हो । 

 

मेरो बारेमा थाहा नै पाउँनु पर्छ भन्ने जरुरी छैन् र सवैको बारेमा थाहा पाएर सम्भव पनि छैन् होला । तर पूर्वका मिडियाहरुले के गरिरहेका छन् भन्ने कुरा चै काठमाडांैले विचार चै गर्नुपर्छ जसरी काठमाडांैलाई पुरा देशले विचार गरिरहेको हुन्छ । म काठमाडांैका मिडियामा नजानु वा जान नसक्नुमा भौगोलिक दुरी पनि हो । यसलाई भौगोलिक पहुँच पनि भन्न सकिन्छ । बर्षमा एक पटक काठमाडांै गइन्छ त्यो पनि अफिसको कति काम वोकेर । त्यसमा पारिवारिक भेटघाट । मिडिया धाउँने समय पनि हुँदैन् । म जान सकेको भएपनि राम्रो नै हुन्थ्यो । आखिर लेखकलाई मिडिया चाहिन्छ, मिडियालाई पनि लेखक चाहिन्छ । कसैले कसैलाई इग्नोर किन गर्नु ? कभरेज नहुदैमा एउटाले अर्कोलाई इग्नोर गर्यो भन्ने अर्थमा वुझन हुँदैन् । विस्तार ठूला मिडिया हाउँसहरुको पनि मजस्ता चुपचाप लेखिरहनेहरुप्रति ध्यान जाला । खोज्दै जादा कतै हामीलाई पनि भेट्लान् । 

 

माया त आफ्ना सवै सृजनाको हुन्छ । तर सवै सृजना उतिकै बाँच्दैनन् । रे वाट म निकै चिनिए । पछिल्लो समय अक्षरमा मान्छे कविता संग्रह भित्रको मेरा बा शिर्षकको कविताले निकैको मन जित्यो । मेरो रेडियो कार्यक्रमका आफ्नै फ्यानहरु पनि छन् ।

 

म कसैको बारेमा पनि नकारात्मक टिप्पणी गर्न चाहन्न् । कहिलेकाही चै वाध्य भएर विरोध गर्नै पर्ने पनि हुन्छ । मलाई पूरै मन पर्ने वा मन नपर्ने कोही लेखक, कवी छैनन् । कसैका पनि सवै रचना उतिकै प्रभावशाली र राम्रा हुन् सक्तैनन् । एउटै कविका पनि कुनै कविता मन पर्छन् कुनै पर्दैनन् । कसकोभन्दा मेरो राम्रो वा नराम्रो भन्ने  होइन् । सृजना भनेकै अरुको भन्दा फरक हुनु हो । सृजना तुलनात्मक नहोला । वा सृजना तुलना नगरे पनि हुन्छ । 

 

तपाईको प्रश्न निकै गम्भिर छ कि किन लेख्नु हुन्छ ? तपाइले लेखेकै कारण के भयो समाजमा ? यस्ता गम्भिर प्रश्नको जवाफ सतही रुपमा दिनु ठिक नहोला । मलाई त के लाग्छभने यी प्रश्नको जवाफ दिने मेरो समय नै भएको छैन् । केही बर्ष अझै साधना गरौ अनि भनौला । के दिव्यज्ञान आउँछ । अहिले साधनाको प्रथम तहमा छु । माथि उक्लिनु धेरै बाँकी छ । लेख्न थालेको वीस बर्ष भयो भनेर हुँदैन् । आफ्नो लेखनको समाजमा कहिलेदेखि वहस शुरु भयो भन्नेमा हेक्का राख्नु पर्छ । स्कुले जिवनमा सवैले केही न केही लेखेकै हुन्छन् । मेरो लेखनका बारेमा समाजमा मजाले वहस नै हुन थालेको छैन् । तीन करोड नेपालीमा भर्खर दुइचार हजारले मलाई पढेका छन् । केही लाखले मेरो आवज सुनेका छन् रेडियो मार्फत । लेखनको परिणाम आउँन लामो समय पर्खनै पर्छ । यो पानी उमाले जस्तो तत्काल परिणाम देखिहाल्ने साधना होइन् । लामो समय साधना गर्न नसक्ने लामो समय बाँच्ने लेखक पनि हुन सक्तैन् । हामीले  एउटा पुस्तक चर्चित भयो भन्दैमा, एउटा दुइटा कविता चर्चित भयो भन्दैमा हौसिहाल्नु हुन्छ जस्तो लाग्दैन् मलाई । कति समय टिक्छ भन्ने हो ।

 

लेखनमा मान, सम्मान, पुरस्कारको पनि आफ्नै महत्व हुन्छ । तर यीनै कुरामा फोकस भएर लेख्नेहरु चै खासै लेखक हुन्छन् जस्तो लाग्दैन् । लेखन भनेको पनि साधना हो ध्यान जस्तै । साधक विस्तारै लोभ र मोहवाट मुक्त हुँदै जान्छ । सामन्य मानिसभन्दा  अलिक माथि उठेर लेख्न सकियो भने त्यसको उचाई पनि त्यस्तै हुन्छ नि होइन् र ?

 

म लामो यात्रामा निस्केको यात्री हुँ । अहिले भर्खर प्रस्थान विन्दुमा छु । लक्ष्यमा पुगेपछि त्यो खुशी मैले वाँड्ने भनेकै मेरा प्रिय पाठकहरुसँगै हो । तपाईहरुको साथ, हौसला र प्रेम चाहिएको छ यो वेला मलाई । सदैव तपाईहरुसँग मैले माग्ने पनि यही नै हो । जसरी मेरो यात्राको प्रस्थान विन्दुमा तपाँइहरु हुनुहुन्छ त्यसरी नै अन्तिम विन्दुमा (लक्ष्यको विन्दुमा) पनि तपाइहरु नै हो हुने । 
 

लेखनको लामो यात्रा त्यती सहज छैन् रपनि म अथकित पाइलाहरु लिएर अघि वढने साहस गरेँ । जो हिडिरहन्छु................................।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement