Advertisement
Advertisement
Advertisement
Advertisement

यौनिक अल्पसङ्ख्यकको पहिचान
आफ्नो लैंगिक फरकपनामा स्पष्ट नभएर धेरैले मानसिक समस्या भोग्नु परिरहेको छ ।

वेब तस्विर
वेब तस्विर

प्रतिभा पन्थी

भाद्र २८, काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको लैङ्गिक पहिचान अभिमुखीकरण तथा अभ्यास समाजका बहुसङ्ख्यक मानिसको भन्दा फरक हुन्छ । अर्थात उनीहरूमा महिला र पुरुषभन्दा अलग पहिचान हुन्छ । सामान्यतया ५ खाले पहिचान भएका व्यक्तिलाई लैङ्गिक अल्पसङ्ख्यकका रूपमा बुझिन्छ ।

 

क) लेस्बियन : महिला जसको आकर्षण महिलाप्रति हुन्छ । ख) गे : पुरुष जसको आकर्षण पुरुषप्रति हुन्छ । ग) बाइसेक्सुअल: पुरुष र महिला दुवैप्रति आकर्षण हुने व्यक्ति । घ) ट्रान्ससेक्सुअल : आफू जन्मेको भन्दा फरक शारीरिक लिङ्ग पहिचान गरेको व्यक्ति । ङ) इन्टरसेक्स :  जैविक लिङ्ग पुरुष र महिला दुवै विशेषता रहेको व्यक्ति ।

 

कुनै लैङ्गिक अल्पसङ्ख्यक जन्मदै त्यस सम्बन्धी विशेषता लिएर जन्मेका हुन्छन् । कोहीमा उमेर बढ्दै जाँदा स्वअनुभूति हुन्छ । शारीरिक, भावनात्मक परिवर्तनबाट पनि स्वपहिचान हुन्छ । विभिन्न अध्ययनले जन्मदाको लिङ्गको आधारमा मात्र व्यक्तिको लैङ्गिक पहिचान कायम नहुने र मस्तिष्कमा रहेको चरित्रले पनि यसमा प्रभाव पार्ने निष्कर्ष निकालेको देखिन्छ । यसर्थ यो प्राकृतिक कुरा हो । यसलाई त्यसै अनुसार स्वीकार गर्नुपर्छ भन्ने तर्क उपयुक्त छ ।

 

मानव अधिकारको विश्यव्यापी घोषणापत्रको प्रस्तावनामा ‘सबै मानव जाति मर्यादा र अधिकारका सम्बन्धमा स्वतन्त्र र समान हैसियतमा जन्मेका हुन्छन् र समान आत्मसम्मानका साथ बाँचेका हुन्छन्’ भनिएको छ । यो वाक्यांशले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको लैङ्गिक पहिचान गराउने सन्दर्भमा महत्त्वपूर्ण छ । तर धेरै देशमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई समाजमा सहज रूपमा स्थापित भई जीवनयापन गर्न मुस्किल परिरहेको देखिन्छ ।

 

लैंगिक अल्पसंख्यकमा पहिचानको समस्या छ । समाजमा जैविक लिङ्गका आधारमा मात्र लैङ्गिक पहिचान स्थापित गर्न सहज छ । समाजको रुढिवादी सोचाइ र कमजोर मूल्य प्रणालीका कारण लैंगिक अल्पसंख्यकलाई परिवार तथा समाजबाट विभेद हुने गरेको छ । सशक्तीकरण र मूलप्रवाहीकरणको अभावमा उनीहरूले राज्यका संरचना तथा व्यवस्थाबाट समान लाभ लिनसकेका छैनन् ।

 

यस्तै उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा लगायतमा समस्या सामना गरिरहेको देखिन्छ । आफ्नो लैङ्गिक फरकपनामा स्पष्ट नभएर व्यक्ति विशेष मानसिक समस्या पनि भोग्नु परिरहेको छ । समलिंगी विवाहका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नहुँदा विवाह तथा पारिवारिक सम्बन्धबारे अधिकारबाट बञ्चित हुनुपर्छ ।

 

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार सम्बन्धमा नेपालमा गरिएका सम्बोधन प्रगतिशील मानिन्छ । संविधानको धारा १२ मा लैङ्गिक पहिचान सहितको नागरिकता पाउने व्यवस्था छ । धारा १८ मा लिङ्गको आधारमा भेदभाव नगर्ने तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक भएका नागरिकको संरक्षण र सशक्तीकरण वा विकासमा सकारात्मक विभेद नीति अपनाउने भनिएको छ । धारा ४२ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई समावेशी सिद्धान्तका आधारमा सहभागिताको अवसर हुने भनिएको छ ।

 

विद्यालय शिक्षामा यो विषयमा जानकारी दिने गरिएको छ । विभिन्न राजनीतिक दलको घोषणापत्रमा यसबारे सम्बोधन गरिएको छ । राहदानीमा लैङ्गिक पहिचान अन्य उल्लेख गरिएको छ । सरकारी तथा गैरसरकारी संस्था यो विषयमा विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

 

लैंगिक तथा यौनिक अल्पसंख्यकबारे सामाजिक चेतनाको विस्तार तथा बुझाइमा सकारात्मकता ल्याउने प्रयासलाई निरन्तरता दिन जरुरी छ । व्यक्ति लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भनी पहिचान भएदेखि नै उसका भावना तथा आवश्यकता सम्बोधन गर्ने गर्नुपर्छ । सो समुदायका व्यक्तिले असुरक्षित पेसा अपनाउनुपर्ने बाध्यता छ । यसको व्यवस्थापनमा ध्यान जानुपर्छ ।

 

प्राकृतिक रूपमा मानवको पहिचान प्राप्त व्यक्तिलाई मानव अधिकार उपभोगमा संकुचन वा बञ्चित गर्नु हँुदैन । यसका लागि कानुनी र संस्थागत व्यवस्था गर्ने दायित्व राज्यको हो । हक उपभोगको सहज वातावरण पनि तयार गरिदिनुपर्छ । यसमा नागरिक समाज लगायतले सहकार्य गरे सामाजिक न्यायपूर्ण समृद्ध समाज निर्माण हुनसक्छ ।

लेखक सामाजिक विकास मन्त्रालय प्रदेश ५ की महिला विकास अधिकृत हुन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement