Advertisement
Advertisement
Advertisement
Advertisement

'यू आर ओभरक्वालिफाईड'

  |      18:03:00   |  
'यू आर ओभरक्वालिफाईड'

प्रज्ञा दाहाल

भर्खरै सरकारले सम्पूर्ण बेरोजगारहरुलार्ई चारमहिने रोजगारी दिने र त्यो पनि नसक्नेलाई साठी दिने बेरोजगार भत्ता दिने निर्णय सार्वजनिक गरेको छ । सरकारले यो निर्णय सुनाइरहँदा समेत मिनेटैपिच्छे कयौं युवाहरुको रोजगारीको सपनामाथि तुषारापात भइरहेको तीतो यथार्थ हाम्रोसामु छ । हाम्रो जस्तो विकासोन्मूख देशमा मात्र नभएर विकसित मुलुकहरुमा समेत एउटा बालक जन्मिएदेखि नै उसैमा सँगालित सपना बुन्ने परिपाटी छ । फरक यत्ति हो कि पश्चिमा राष्ट्रका अभिभावक आफ्ना सपना आफ्ना सन्तति माथि लाद्दैनन् , तर हामी भने यहाँ सन्तानको जन्मदेखि नै उसको लिङ्गको आधारमा कथित स्वर्गको साँचो समेत सुम्पिन पछि पर्दैनौ । यसरी  बाँडिएका सपनाका डोरीले सन्तानको भविष्य उज्वल बनाउनुको साटो झनै बिथोलिरहेको त छैन ?
 

जीवनमा केही गर्छु, बन्छु भनेर पढेँ, तर जीवनरुपी परीक्षामा किताबी ज्ञानका आधारमा पास गर्न निकै कठिन रहेछ । मैले पढेका कुरा भान्छामा लगेर पोखूँ, पूजा कोठामा चढाउँ या सयन कक्षमा निर्वस्त्र उभ्याउँ ?
 

अझै सम्झन्छु, म सानो छँदादेखि नै सबै भन्दा धेरै सुनेको कुरा ‘नानी ठूलो भएर के बन्ने रु धेरै पढ्नुपर्छ, ठूलो मान्छे बन्नुपर्छ, बाबा ममी पाल्नुपर्छ । आदि इत्यादि।’ यही सुन्दासुन्दै र गम्दागम्दै बाल्यकाल र स्कूले जीवन व्यथित गरेको पत्तो समेत पाउँदैनन् कतिले । जब कलेज भर्ना भयो त्यो जोश र जाँगरलाई खाली खराब संगतको हुरी र माया पिरतीको डोरीले बाहेक अरु केहीले पनि रोक्न र छेक्न नसक्ने रहेछ । सधैं आफ्ना र परिवारका सपनाको करोंडौं जप लगाउँदै पढेकी मैले जीवनमा, यति पढेर, थेउरीको पाटो मात्र नभएर व्यवहारिकतामा पनि अब्बल भएरै पनि एक बेरोजगार भई बाँच्नु पर्ला भनेर चिताएकै थिइन् । सोच्छु के मानविकी संकाय लिएकै कारण मसँग आज एक शिक्षक हुनुभन्दा बाहेक अरु विकल्प नभएको हो त रु की बजारले खोजे जस्तो शैक्षिक पृष्ठभूमि भएता पनि अरु जति प्रतिस्पर्धात्मक हुन नसक्नु मेरै कमजोरी हो ? 
 
दैनिक पत्रिकामा छापिएका विज्ञापन पल्टाउँदा, आफ्नो सिभी जागिरले खोजेजस्तो गरी अपग्रेड गर्दा, लिखितमा आफू अगाडि आएको उत्साह बोक्दा अनि पटक–पटक अन्र्तवार्ता दिँदा–दिँदा अब त म अभ्यस्त पो भइसकेछु । यही क्रममा मैले बजारले खोजेको क्वालिफिकेशन बुझ्ने सौभाग्य पनि पाएँ । यति जाबो ६ महिनाको छोटो अन्तरालमै यति धेरै कुरा बुझ्न पाउँदा मलाई कुनै बोधित्व प्राप्त गरेको भन्दा सानो अनुभव थिएन । 
 
काका, मामा, फलाना ढिस्कानालाई कोट्याई कोट्याई, त्यति पनि नलागे साम्, दाम् , दण्ड, भेद प्रयोग गर्न जान्नेहरुको नै अन्र्तर्वाता फस्ट क्लास हुने रहेछ । मेरो अति प्रिय मित्रले भर्खरै नेपालकै एउटा उच्च छवि भएको सामाजिक संस्थामा लिखित परीक्षामा प्रथम नम्बरमा नाम निकालिन् र निकै खुसीसाथ त्यहाँ काम गर्ने सपना बुन्न व्यस्त भइन् । तर अन्र्तवार्ता राम्रो भएको भनी बधाई समेत पोस्ट्याइसकेका अन्र्तर्वाताकारहरुले कुन्नी के प्रपञ्च मिलाएर चौथौ नम्बरमा नाम निकालेकी एक जना जनजाति महिलालाई अगाडि सारेछन् । संविधानले नै समावेशीकरणको मूल मन्त्र अवधारण गरेको समयमा, दाताको आँखा छल्ने अनि आफ्नो भूँडी समेत भर्ने परिपाटीबाट ती अन्र्तर्वाताकार चैं के अछुतो रहन सक्थे र  ?
 
यो त एउटा उदाहारण मात्र हो , महिला भएकै कारण पुरुष बराबर अंक ल्याएर समेत डिस्क्वालिफाईड (असक्षम साबित) भएको भन्ने लाक्षी सान्त्वना पाएको पात्र पनि मै हुँ । र, कतिपय संस्थाले भने फलानो सर /म्यामको छोराछोरी, भाञ्जाभाञ्जी, नाती नातीना राख्ने निर्णय गोप्य मिटिङ्ग मार्फत गरेर, दाताका आँखा छल्न, सोझा बेरोजगारीलाई बलीको बोका बनाउने गरेका रहेछन् । यही क्रममा प्रश्न समेत आउट गराउने र पहिल्यै हाकिमको चाप्लुसी समेत गराइने रहेछ ।
 
कहीँ सुनेको अब त जागिर दिन समेत संस्थाको ह्यूमन रिसोर्स डिर्पाटमेन्ट९मानव संसाधन विभाग०ले हाम्रा फेसबूक, ट्विटर आदि सम्पूर्ण सामाजिक सञ्जालका प्रोफाइल पल्टाउछ रे । सोच्छु जमाना कस्तो आयो ?  फेसबूकमा नपोष्ट्याई गरेको निस्वार्थ समाज सेवाको लेखाजोखा कसले गर्छ  ? अनि सामान बाँड्दै गर्दा थुतुनो चुस्स पारेर, सामान पाउनेको मन खिस्स पारेर लिएको सेल्फी त घिनलाग्दो चरित्र लुकाउने माध्यम अनि दाताका आँखा छल्ने काइदा होइन र ? यति मात्र कहाँ हो र मानिसहरुले जागिर खानकै निमित्त नक्कली प्रमाणपत्र र नक्कली अनुभव समेत बनाउने गरेका यो शहरमा प्रशस्तै भेटिन्छ । आखिर यो सबै कुराको लेखाजोखा चाहि कसले राख्ने ?
 
कतिपटक यो सबैबाट वाक्कदिक्क भएर र आफू सँगैका साथीहरुको फेसबूकमा राखिएका फोटा हेरेर अनि सबैभन्दा माथि योग्यता हुँदा हुँदै पनि अयोग्य साबित हुनुपरेको पीडा बोकेर आइएल्स बुझ्न समेत गएँ । तर फेरि यसलाई दूर्भाग्य भनूँ या सौभाग्य, शैक्षिक योग्यताको प्रमाणपत्र हेरेर त्यहाँका एक हाकिमले ठाडै भने–‘तपाई त यत्रो एमफिल गरेको हुनुहुँदोरहेछ, साँच्चै पढ्नै भनेर आउनुभएको हो त ? बरु हामीलाई एक आइएल्स टिचरको खाँचो छ, पढाउन आउनुहोस् ।’ यो सुनेर मैले बुझ्नै सकिँन कि आइएल्स टिचरका लागि आएको अफर स्वीकार्दै खुसी होउँ या आफ्नो पूरा हुन नसकेको सपनामा प्रश्नचिन्ह खडा भएकोमा दुःखी होउँ ? सोच्छु यो जाबो एमफिललाई हाउगुजी किन बनाएका होलान् ? सही ज्ञान त अतूलनिय हुन्छ, यसलाई शैक्षिक स्तर र प्रमाणपत्रले भन्दा पनि मानिसले लिएको ज्ञानको आधारमा बुझिदिए कति काइदा हुन्थ्यो होला ।
 
अब फेरी विदेशिने सपनालाई बिट मार्दै मभित्र हलुका देशप्रेमको मूना पलाएको थियो, अनि कता–कता परिवारप्रतिको जिम्मेवारी पनि बोध हुन थालेको थियो । सोच्थेँ–जीवनमा कहिल्यै पनि रटेर पढिँन, तर एउटै पाठ पढें–‘मेरो बाबा आमाको सपना मैले पूरा गर्नुपर्छ’ । त्यसैले कहिल्यै पछाडि नफर्की खूब मेहेनत गरेर पढें । 
 
मेरो देशप्रेमले मलाई यो पटक लोक सेवा तयारी गराउने इन्स्टिट्यूटतर्फ पनि डोहोर्याउन बाँकी राखेन । यहाँ पनि मेरो शैक्षिक योग्यतालाई हाउगुजी बनाउँदै सँगै गएकी बीए पास साथीलाई राम्रो वास्ता नगरी मलाई भने बोलीपिच्छे ‘म्याम’को रटान लगाइयो । मलाई त्यो शब्दले कता कता गिज्याएको महशूस भयो, भारी मन लिँदै कक्षा कोठाभित्र पसें, अङ्गग्रेजीकै कक्षा रहेछ । अनि छिर्ने बित्तिकै अङ्गग्रेजी मास्टरले हानेको शब्द झट्टारो आजसम्म मेरो कानमा गुञ्जिरहेको छ । उहाँले सिधै भन्नुभयो–‘कतिपय यहाँ एमए र एमफिल गरेको छु भनी फूर्ति लाउनुहुन्छ, त्यो धाक बाहिरै राखेर आउनुहोस्, लोक सेवामा सोधिने प्रश्नले तपाइँको सेखी झार्नेछ ।’ त्यही कुरा राम्रो अर्थमा तपाईले सिकेका कुरा साथीभाईलाई पनि सिकाउनुहोला भनिदिएको भए कत्ति मज्जा आउनेथ्यो १ तर, उहाँले त पहिले नै विद्यार्थीलाई झट्टारो हानेर उल्टै निरुत्साहित गरिदिनुभयो । अनि फेरि मिलाएर बुझें–उहाँले यति तीतो भएर बोल्नुमा विद्यार्थीबाट आउने सम्भावित प्रश्नहरु पन्छयाउन रहेछ । शिक्षा बाँड्नेहरुले नै यसरी विद्यार्थीलाई निरुत्साहित गरिदिनुभयो भने शिक्षाको सही औचित्य के जिउँदो रहन्थ्यो र रु अनि फेरि गमेँ–म जस्तो २६/२७ वर्षे उमेरदारलाई त यो सानो कुरो यत्ति चोटिलो भयो भने यही कुरा साना नानीहरुले कसरी लिन्थे होला ?
 
यति मात्र नभएर हाम्रो समाजमा मानिसको शैक्षिक स्तरकै आधारमा उसको व्यक्तित्व एवं चरित्र निर्धारण गरिएको पाईन्छ । मेरी अर्की निकै असल मित्र जो मसँगै अध्ययनरत थिइन् । उनले कक्षामा आफ्नो अनुभव सुनाएकी थिइन् । बिवाह गर्ने उमेर भइसक्दा पनि, आफ्नो विवाह नभएकोमा हर्ष व्यक्त गर्दै उनले भनिन्–‘तिमीहरुले पो पढ्दापढ्दै विवाह गर्यौ, आज तिमीहरुको पीएचडी गर्ने सपनाको टुङ्गो नै रहेन, तर मेरो त अब बिवाह नहुने पक्का जस्तै भइसक्यो, म भने मेरो सपना पूरा गर्छु ।’ उनको यो वचन आज पनि मभित्र ताजा बनेर गुञ्जिरहन्छ । मलाई रोजगारीका लागि लिइने अन्र्तर्वातामा “यू आर ओभरक्वालिफाइड” भने जस्तै गरी उसलाई विवाहका लागि लिइने अन्र्तर्वातामा “यू आर ओभरक्वालिफाइड” भनेर छोडेका रहेछन् । 
 
आफूसरह पढेको, जीवन र जगतलाई बुझेको योग्य वर नपाएसम्म के विवाह गर्नु भन्ने उसको तर्क स्वभाविक पनि लाग्यो । क्वालिफिकेशनको धब्बा यहाँ समेत लाग्दो रहेछ । 
 
वैवाहिक जीवनमा पनि त व्यवहारिक क्वालिफकेशन हेरिने रहेछ, मलाई एकजना आन्टीले ‘वैवाहिक जीवन कस्तो चल्दैछ नानी ?’ भनेर सोध्नु भएको प्रश्नमा मेरो ठाडो उत्तर सम्झिएर आज पनि एक्लै हाँस्छु । ‘आण्टी यो विवाह भन्ने कुरा त निल्नु की ओकल्नु जस्तो हुने रहेछ, जीवनमा केही गर्छु, बन्छु भनेर पढेँ, तर जीवनरुपी परीक्षामा किताबी ज्ञानका आधारमा पास गर्न निकै कठिन रहेछ । मैले पढेका कुरा भान्छामा लगेर पोखूँ, पूजा कोठामा चढाउँ या सयन कक्षमा निर्वस्त्र उभ्याउँ रु’ यति भनेको दिनदेखि उहाँ मसँग प्रश्नोत्तर गर्न हच्किनुहुन्छ । आखिरमा प्रयोग गर्ने त मेरी आमाले दिएका अमूल्य दिव्योपदेश नै रहेछन्, सात वर्षको कलिलो उमेरदेखि पकाएका पक्वान न रहेछन्, शील स्वभाव र आफूलाई मारेर हाँस्ने सहनशीला सूशीला न रहेछन् । 
 
कसैको पैतालामुनि दबिन नचाहाने स्वतन्त्र पंक्षी आज बेरोजगार भएको छ । तर, के उसले बेरोजगार भएँ भनेर आफ्नो बुबाको घरमा जसरी श्रीमान्कोमा आनन्दको जीवन जिउन पाउला र ?
 
२१ औं शताब्दीमा आइसक्दा र पढेका कुरा व्यवहारमा उतार्न नसक्दा नै ओभरक्वालिफाइड भइने रहेछ । सधैं संकुचित भावना पाल्ने सासु र बुहारीको सम्बन्धमा पढेका कुरा लागू गर्न खोज्दा ओभरक्वालिफाइड भइने रहेछ । चलेको बहसमा घरका पुरुषभन्दा बलियो तर्क गरे ओभरक्वालिफाइड भइने रहेछ । छिमेकमा ‘यस्तो होइन, त्यस्तो’ भने अनि अरुको चियोचर्चा र यस्तै काममा समय खेर नफाले ओभरक्वालिफाइड भइने रहेछ । सिमान्तकृत समूहमा नपरे, झूटको खेती गर्न नजाने, नातावाद र कृपावादको ठूलो छाता नओढे, असल र स्वच्छ चरित्रलाई आडम्बरले नढाके ओभरक्वालिफाइड भइने रहेछ ।  
 
एक्सीलेन्ट्ली क्वालिफाइड हुन त शिक्षा र व्यवहार दुवैमा समानता चाहिने रहेछ, समयअनुसार परिवर्तनशील हुनुपर्ने रहेछ । अनि तर्कबिना सधैं हुन्छ, हस’को रटान लगाउने “यस म्यान” हुनुपर्ने रहेछ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement