Advertisement
Advertisement
Advertisement
Advertisement

म अब यौनकर्मी बन्दिन

  |      14:57:00   |  
वेब तस्विर
वेब तस्विर

–इन्द्रसरा खड्का

असार २७, काठमाडौं । म अहिले २८ वर्षकी भए । मैले २०६५ सालमा उदयपुर घाईघाटको केटासँग बिहे गरे । २० वर्ष नपुग्दै दुईटा छोरी जन्मे । अहिले जेठी छोरी ९ वर्ष र कान्छो छोरी ८ वर्ष पुगे ।

 

म सानै छँदा आमाको मृत्य भयो । बुवाले अर्को बिहे गरे । सँगैका साथीहरू स्कुल जान्थे । मैले घरको काम गर्नुपर्दथ्यो । सबै साथीहरू स्कुल गएको देख्दा मलाई पनि उनीहरूसँगै स्कुल जान, खेल्न मन लाग्थ्यो । तर खोई भाग्यमै थिएन होला, त्यो अवसर जुटेन मलाई ।

 

त्यतिबेलाका रहरहरू सबै मनमै बिलाए । सबै रहर त अहिले पनि पुरा भएका त कहाँ हुन् र १ तर पनि बचपनमा खान, लाउन, हिँड्न, डुल्न, रमाउन मन लागेका बेला नपाएका कुराले अहिले पनि मन अमिलो बनाउँछ ।

 

घरमा सौतेनी आमाको प्रवेश भएपछि बुवा पनि सौतेना नै भए । उहाँको व्यवहार पनि बद्लियो । उहाँ पहिले जस्तो रहनुभएन । सौतेनी आमाले पेटभर खाना नदिएका दृश्यले समेत आफ्नै बुवालाई छोएन । पेटभर खान पाएको दिन त बिरलै थिए ।

 

सौतेनी आमा र बुवाको यस्तो व्यवहारले मैले बाल्यकालदेखि नै विभिन्न दुःख कष्ट भोग्नुप¥यो । पढ्ने लेख्ने ईच्छा हुँदा पनि आमाबुवाले स्कुल नपठाएपछि म फुपूको घरमा गएर बसे । र त्यहीँबाटै ९ कक्षासम्म पढेँ ।

 

मेरै भाग्य भनौं फुपूको घरमा पनि बस्ने राम्रो वातावरण बनेन । त्यहाँको वातावरणले मलाई त्यहाँ पनि बस्न मन लागेन । ९ कक्षा पढ्दापढ्दै मैले फुपूको गाउँकोे केटासँग बिहे गरे । बिहे गरेको २ वर्षमै दुईटा छोरी जन्मे । पहिलो छोरी जन्मिदासम्म त श्रीमानले राम्रै गर्थे । दोस्रो सन्तान पनि छोरी नै जन्मेपछि छोरा नजन्माएको भन्दै श्रीमानले जाँड रक्सी खाने र सधैंजसो कुटपिट गर्न थाले ।

 

‘सुत्केरी भएको ४ दिनमै श्रीमानले कुट्दाको पीडा सम्झदा अहिले पनि मन पोल्छ । र आफैसँग सोध्छु के मैले माया गरेको मान्छे त्यही नै थियो त ?’ पहिले त्यति धेरै माया गर्ने श्रीमानले छोरा नजन्मेको भन्दै अनेक यातना दिन थालेपछिका दिनहरू सम्झदा त लाग्छ मान्छे यतिसम्म त कसरी निर्दयी हुनसक्छ भनेर ।

 

कहिले चक्कु देखाएर काट्न खोज्ने । कहिले रक्सी खाएर आधिरातमा आउने अनि छोरीलाई मार्न खोज्ने । तिनै श्रीमानले एकदिन अर्को श्रीमती ल्याएपछि त झन् बाँच्न मनै लागेन । दुईटै छोरीसहित आत्मदाह गरौं जस्तो लाग्थ्यो । तर ज्यान फाल्न सकिदो रहेनछ । छोरीकै कारण बाँच्न पर्ने भो ।

 

साना दुई छोरी लगेर कता जानु । जाने ठाउँ पनि त थिएन । डेढ बर्षसम्म सौता झेलेर सँगै बसेँ । हिजोका दिनमा तिमी बिनाको जीवन सम्भव छैन । तिमी बिना बाँच्न सक्दिन भन्ने श्रीमानले सौता भित्र्याएर तन, मन र धनसहित उसैको भएपछि कति रोएँ भन्ने कुरा कि मलाई थाहा छ, कि मेरो आत्मालाई । तर पनि श्रीमानको व्यवहार बद्लिएन । यातनाको श्रृंखला रोकिएन ।

 

श्रीमानले दिएको पीडा सहन नसकी घरबाट माईती जान्छु भन्दै भागेर काठमाडौं पसे । बिरानो शहरमा चिनेको मान्छे कोही नभएपछि मेरो कथा व्यथा बुझ्ने र माया गर्ने अरु त को हुन्थे र ?एकजना गाउँकै बहिनी थिइन् । उनीसँगै बसेँ । म आफू एक्लै मात्र थिइन । छोरीहरू पनि खाने भइसकेका थिए । मैले उनीहरूलाई पाल्नकै लागि काम खोज्नुपर्ने भो ।

 

९ कक्षा मात्रै पढेकी मसँग शैक्षिक योग्यताका प्रमाणपत्र पनि थिएनन् । सोचेजस्तो राम्रो जागिर पाउने कुरै भएन । हातमुख जोर्नकै लागि काठमाडौंका कति गल्ली धाएँ, त्यसको लेखाजोखा छैन । तर पनि अहँ, मैले काम पाउन सकिन ।

 

भोक लाग्थ्यो हातमा पैसा हुँदैनथ्यो । कति दिन त मैले भोकभोकै कटाए । छोरीहरूले भोक लाग्यो भनेका बेला पानी दिन्थे । त्यी क्षणहरू सम्झदा त अहिले पनि भक्कानो फुट्ला जस्तो हुन्छ । भोको पेटमा मान्छे जस्तोसुकै काम गर्न बाध्य हुँदोरहेछ । अन्ततः कतै काम नपाएपछि रेष्टुरेन्टमा काम पाएँ । त्यो काम गर्न म राजी भएँ ।

 

अघिपछि अनेक कुरा काट्नेहरू प्रशस्तै भेटिन्छन् । तर भोको पेटका विषयमा कसैलाई मतलव नहुँदोरहेछ । मान्छेको बाध्यता कसैले नबुझ्ने रहेछ । जसले भोग्छ, उसैलाई मात्रै थाहा हुन्छ ।

 

रेष्टुरेन्टमा काम गर्न थालेपछि मेरो दैनिकी फेरियो । कामको प्रकृति फेरियो । अनुहार र व्यवहार भएका, नभएका, धनी गरिव, सबैथरीका मान्छेसँग भेट र कुराकानी हुन थाल्यो । चिन्दै नचिनेका केटाहरूसँगै मैले रक्सी खाएर कुरा गरिदिनुपर्ने भो । उनीहरूका कुरा सुनिदिनुपर्ने भो । त्यतिमात्रै होइन, मैले उनीहरूसँग नाच्न र खुसी बनाउनका लागि अनेक नखरा गर्नुपर्ने भो । मैले गरे । किनकी त्यति नगर्दा मसँगका तीन पेट भरिदैनथे । उनीहरूको शरीर ढाकिदैनथ्यो ।

 

रेष्टुरेन्टमा आउने पुरुष ग्राहकसँग खाइदिने, रमाइदिने कुराले मात्र उनीहरूका चाहाना पुरा हुँदैनथे । विस्तारै ग्राहकको चाहानालाई म मेरो बाध्यतासँग साट्न पुगेँ । उनीहरूलाई खुसी बनाउन र मेरा आवश्यकता पुरा गर्न म धेरै जनासँग सुत्न पुगेँ ।

 

म जुन दिन पैसाको लागि पर पुरषसँग सुत्थे । मसँग पैसा हुन्थ्यो र मेरो डेरामा मिठोमसिनो पाक्थ्यो । छोरीहरूलाई कापी कलम र नयाँ लुगाहरू किन्थेँ । निकै रमाउँथे छोरीहरू । उनीहरूको खुसी देख्दा आफ्नो मन भने भित्रभित्रै पोल्थ्यो । तर पनि छोरीहरूको अनुहारको खुसीमा मैले आफ्नो शरीर बेच्दै गएँ ।

 

बाध्यताले अँगालेको यौन व्यवसायलाई मैले मूल पेशा कहिल्यै बनाइन । यौनकर्मीलाई छि छि र दूर दूर गर्ने मान्छेहरू उनीहरूका बाध्यता र विवशतासँग भने नजिक हुन चाहादैनन् रहेछन् । खाली हात र भोको पेटको इज्जत गर्नु मान्छेको धर्म भइदिएको भए आफू र छोरीको सामान्य पेट पाल्नकै लागि म कहाँ अरुसँग सुत्थेँ र ? कसले बुझिदिने यस्तो कुरा ?

 

तर पनि मलाई आफ्नो कामप्रति चित्त बुझेन । यौन बेचेर आएको पैसाले जति सन्तुष्टि दियो, त्यो धन्दा धेरै पीडा पनि दियो । किनकी मलाई त्यो काम मन पर्थेन र पर्दैन पनि । त्यसकारण मैले अब पैसाको लागि यौन नबेच्ने मनसाय बनाए । छोरीहरू पनि ठूला भइसकेका कारण एकछिन पख् है भन्दा बुझ्छन् । आज छैन अलि साधारण खाऔं भन्दा मान्छन् । पैसा छैन सस्तो लुगा किनौं भन्दा हुन्छ भन्छन् । त्यसकारण पनि मलाई यौनकर्मी हुन मन लागेन ।

 

यो काम छोडे अहिले । दुनियाँका केटाहरूलाई खुसी पारेँ । तर मेरो खुसीका लागि कसैले केही गरेनन् । यतिसम्म कि म जोसँग सुत्न जान्थेँ, उसँग आफ्ना पीडा पोख्न मन लाग्थ्यो । तर कसले सुन्ने मेरो कथा रु मसँग रमाउन मात्रै आएका उनीहरूलाई मेरो पीडाले मन खल्लो बनाउनु थिएन । मेरो कुरा सुन्न मन लगाएनन् कसैले ।

 

अहिले म अरुको घरमा काम गरेर मासिक ७ हजार कमाउँछु । यो पैसाले तीनटा पेट पाल्न, कोठा भाडा तिर्न, छोरीहरूको पठनपाठनमा खर्च गर्न, खान लाउन निकै मुस्किल परिरहेको छ । तर के गर्नु अब म यौनकर्मी बन्दिन । चाहान्न र सक्दिन पनि ।

 

  तर मेरा छोरीहरूको आगामी शिक्षा र हाम्रो लालन पालनका बारेमा कसले सोचिदिने ? अलमल्ल पर्छु क्षणक्षणमा । दिक्क लाग्छ आफैलाई । अनि शून्य हुन्छु आफैभित्र । र भन्न मन लाग्छ बिहे गरेर सन्तान जन्माई श्रीमती र सन्तान जन्माउनेले कर्तव्य पालना गर्नु पर्छ कि पर्दैन ? म कुनै दिन यौनकर्मी थिएँ भन्ने कुरा सुन्दा त्यो मेरो कथित श्रीमानलाई के लाग्दो होला ? के मेरो कारण मेरो श्रीमतीले त्यस्तो हालत व्यवहोर्नु पर्यो ।

 

छोरीहरूले दुःख पाए भन्ने कुराको महशुस गर्छ त्यसले ? अनि त्यतिबेला यो समाजले गलत कसलाई भन्छः मलाई या मेरो छोरीको बाउलाई ? अनि यो समाजको भूमिकाचाहिँ के त ? सुत्केरी भएको चार दिनमा म कुटिदा, छोरीकी आमामाथि सौता भित्रिदा, सौता र श्रीमानको दिनरातको कुटाई सहनुपर्दा यो समाज कहाँ थियो ? कसले जवाफ दिन्छ मलाई ?

                                      महिला खबरमा प्रकाशित


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement